काठमाडौं, असोज २६ । विश्वकप छनोट खेल्नका लागि नेपाली यु–१९ क्रिकेट टोली मंगलबार मलेसिया जाने भएको छ । टोली दिउँसो साढे १२ बजे मलेसिया प्रस्थान गर्ने नेपाल क्रिकेट संघ क्यानले जनाएको छ । छनोट खेल अक्टोबर १५ देखि क्वालालम्पुरमा हुनेछ । प्रतियोगितामा भाग लिन जानुपुर्व नेपाली क्रिकेट टिमले भारतको नयाँ दिल्लीमा दुई साता अभ्यास गरेको थियो ।
त्यहाँ नेपालले स्थानीय ५ वटा टिमसँग अभ्यास गरेको थियो । छनोटमा नेपाल, आयरल्याण्ड, पपुवा न्युगिनी, युगाण्डा र अमेरिकाले पर्तिस्पर्धा गर्नेछन् । प्रतियोगिताको विजेता टिमले अर्को बर्ष बंगलादेशमा हुने आइसिसी यु–१९ विश्वकपमा भाग लिन पाउने छ । १९ वर्षमुनिको विश्वकपमा आइसिसीका १० पूर्ण सदस्य राष्ट्र अस्ट्रेलिया, बंगलादेश, इंग्ल्याण्ड, भारत, न्युजिल्याण्ड, पाकिस्तान, दक्षिण अफ्रिका, श्रीलंका, वेष्ट इन्डिज र जिम्बाबे सहभागी हुनेछन् ।
यस्तै प्रतियोगितामा सहभागिताका लागि अफगानिस्तान, नामिबिया, क्यानडा, फिजी र स्कटल्याण्डले स्थान पक्का गरी सकेका छन् । अब मलेसियामा हुने छनौट प्रतियोगितामा विजेता बन्ने टोलीले प्रतियोगिताका लागि स्थान बनाउने छ ।
नेपालले आफ्नो पहिलो खेलमा बिहीबार पपुवा न्यु गिनीसँग खेल्नेछ भने त्यसको भोलिपल्ट युगान्डासँग खेल्नेछ । यस अघि नेपाली टोली मलेसियामा भएको १९ वर्ष मुनिको आइसिसी प्रिमियर लिगको उपविजेता बनेको थियो ।
मलेसिया प्रस्थान गर्नु अघि नेपाली यु–१९ टिमका प्रशिक्षक जगत टमट्टाले भारतमा खेलिएको अभ्यास खेलले टिमलाई निकै आत्मविश्वास बढाएको बताए । उनले भने ‘हामि बंगलादेशमा हुने विश्वकपका लाई लक्ष्य बनाएर खेलि रहेका छौँ । सम्भवत हामि त्यहाँ पुग्छौँ ।’ नेपालले पहिलो दिन बिहिबार किन्रारा ओभल मैदानमा पपुवा न्युगिनीसँग सुरुवाती खेल खेल्दै दोश्रो दिन अर्को खेल युगान्डासँग खेल्ने छ ।
No comments:
Post a Comment