Saturday, October 17, 2015

परराष्ट्रमन्त्री दिल्लीमा, फुक्ला त दिल्लीको गाँठो ?

काठमाडौं,कातिक १ । नयाँ सरकारले मधेसकेन्द्रित दलको आन्दोलन, भारतीय नाकाबन्दी र आन्तरिक रूपमा आपूर्ति असहजताको कारण क्रमश: राजनीतिक, कूटनीतिक र प्रशासनिक औँल्याएको छ । तर, तीनै समस्याको प्रमुख गाँठो नयाँदिल्लीबाट फुकाउनुपर्ने निष्कर्षसाथ उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री कमल थापा शनिबार तीनदिने दिल्ली भ्रमणमा लागेका छन् । त्यसअघि प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार आन्दोलनरत मधेसकेन्द्रित दल र थारूसँग सम्बन्धित समूहलाई वार्तामा आउन चिठी लेखेका छन् । नयाँ पत्रिका दैनिकमा समाचार छ ।
प्रधानमन्त्री ओली, एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, फोरम लोकतान्त्रिकका अध्यक्ष विजय गच्छदार र सत्तासाझेदार दलका नेता, पूर्वपरराष्ट्रमन्त्रीहरूसँग छलफल गरेर उपप्रधानमन्त्री थापा दिल्ली लागेका हुन् । नेपाली समयअनुसार पौने ६ बजे नयाँदिल्लीस्थित इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थल पुगेका उपप्रधानमन्त्री थापालाई आइतबार दिउँसो पौने ३ बजे भारतीय विदेशसचिव सुब्रमन्यम जयशंकरले भेट्ने तय भएको छ ।
विदेशसचिवले थापा बसेको होटेल ओबरायमा गएर भेट्नेछन् । भारतीय विदेश मन्त्रालयले जारी गरेको सूचनाअनुसार थापा र भारतीय विदेशमन्त्री सुष्मा स्वराजको भेटवार्ता आइतबार साँझ पौने ८ बजे हैदराबाद हाउसमा हुनेछ । थापाको अन्य भेटवार्ताबारे जानकारी दिइएको छैन । उनी सोमबार दिउँसो १ बजेर २० मिनेटमा नयाँदिल्लीबाट काठमाडौं प्रस्थान गर्नेछन् । हाल नेपाल आयल निगमका उच्च अधिकारी दिल्लीमा रहे पनि इन्डियन आयल कर्पोरेसनका उच्च पदाधिकारीले भेट्न नचाहेका कारण उनीहरूको तहबाट गतिरोध फुकाउने कसरत सफल हुन सकेको छैन ।

No comments:

Post a Comment

Featured Post

माओवादी केन्द्रका तीन मन्त्रीमा महरालाई अर्थ, दुई नयाँ अनुहार

काठमाडौं,साउन २० । माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा पहिलो चरणमा तीन जना मन्त्री पठाउने भ...

Popular Posts