काठमाडौं,कातिक १ । कांग्रेसका शीर्ष तीन नेताले राष्ट्रपतिमा दाबी गर्दै उम्मेदवारी दिने अवस्था नदेखिएपछि पार्टीभित्रै वा बाहिरबाट उसले राष्ट्रपतिको उम्मेदवार उठाउने चर्चा छ । नयाँ पत्रिका दैनिकमा समाचार छ ।
कांग्रेस सभापति सुशील कोइराला पुन: पार्टी सभापति बन्न चाहेको, वरिष्ठ नेता शेरबहादुर देउवाले पनि १३औँ महाधिवेशनमा सभापतिमा उम्मेदवारी दिन चाहेको र उपसभापति रामचन्द्र पौडेलले अझै सक्रिय राजनीति गर्न चाहेका छन् ।
सोही कारण शीर्ष तीन नेताले पार्टीभित्रैबाट अरूलाई नै राष्ट्रपतिको उम्मेदवार बनाउने तयारी थालेका छन् । कांग्रेसले अहिलेकै राष्ट्रपति डा. रामवरण यादवलाई पुन: अगाडि बढाउनेदेखि मधेस आन्दोलनलाई ‘सेफ ल्यान्डिङ’ गर्न तराई–मधेस लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुरलाई अघि लगाउनेसमेत चर्चा छ ।
कांग्रेसले सहमति भए जनजातिबाट केबी गुरुङ र दलित समुदायबाट मानबहादुर विश्वकर्मालाई राष्ट्रपतिको उम्मेदवार बनाउन सक्नेछ । ‘मधेस आन्दोलनलाई ‘सेफ ल्यान्डिङ’ गराउनदेखि तराई–मधेसमा कांग्रेसको जनाधारलाई कायम राख्न कांग्रेसले महन्थ ठाकुरलाई अघि लगाउने विषयले पनि चर्चा पाएको छ,’ कांग्रेस एक केन्द्रीय सदस्य भन्छन्, ‘तर, सभामुखमा कांग्रेसले सघायो भन्दैमा एमाले र एमाओवादीले कांग्रेसले अघि सारेको उम्मेदवारलाई भोट हाल्छन् र जिताउँछन् भन्ने छैन ।’
एमालेले राष्ट्रपतिमा आफ्नै दाबी गरिरहेकाले कांग्रेसको यो प्रयासले सार्थक रूप पाउन सक्नेमा ती नेता नै विश्वस्त छैनन् । मधेसका सर्वमान्य नेता, पूर्व कांग्रेस नेता भएको र प्रधानमन्त्रीमा केपी शर्मा ओलीलाई भोट हाले पनि मधेसी जनअधिकार फोरम लोकतान्त्रिकसमेतले ठाकुरको नाममा समर्थन गर्न सक्ने कांग्रेस बुझाइ छ । तर, मधेसी समुदाय नै बनाउने हो भने कांग्रेसबाटै राष्ट्रपति भएका रामवरण यादवलाई अघि बढाउनुपर्ने, महिला सभामुख पहिलोपटक भएपछि राष्ट्रपति पनि समावेशी बनाउँदै पहिलोपटक दलितबाट मानबहादुर विश्वकर्मालाई अघि बढाउनुपर्ने र जनजातिबाट केबी गुरुङलाई बनाउनुपर्नेमा पनि छलफल भइरहेको ती नेताले बताए । ‘
Saturday, October 17, 2015
मधेस आन्दोलनलाई ‘सेफ ल्यान्डिङ’ गर्न राष्ट्रपतिमा ठाकुर सम्भावना बलियो
Subscribe to:
Post Comments (Atom)
Featured Post
माओवादी केन्द्रका तीन मन्त्रीमा महरालाई अर्थ, दुई नयाँ अनुहार
काठमाडौं,साउन २० । माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा पहिलो चरणमा तीन जना मन्त्री पठाउने भ...
Popular Posts
-
The incredible Nepali musical group Sur Sudha will be visiting the US in August on an “Empower Nepal Tour” sponsored by the Soarway Foundat...
-
काठमाडौं,मंसिर १५ । एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले केन्द्रिय समितिको वैठकमा पार्टीलाई एक नम्बर बनाउने भन्दै राजनितिक प्रतिवेदन ...
-
काठमाडौं,साउन १९ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको नयाँ सरकारमा नेपाली कांग्रेसका तर्फबाट नेता विमलेन्द्र न...
No comments:
Post a Comment