काठमाडौं, कातिक ११ । एमाओवादीले आफ्नो भागमा परेका सिंहदरबारका मन्त्रालयका लागि केन्द्रीय कार्यालय पेरिसडाँडाबाट योजना बनाइदिने भएको छ। एमाओवादीले सरकारमा सहभागी आफ्ना आठ मन्त्रीका लागि २३ बुँदे आचारसंहिता र १५ बुँदे मार्गनिर्देशिका बनाएर पार्टीबाटै मन्त्रालयका कामकारबाहीको योजना बनाउन लागेको हो।उपाध्यक्ष नारायणकाजी श्रेष्ठ नेतृत्वको सरकार सञ्चालन सहयोग तथा समन्वय समितिले बनाएको आचारसंहिता र मार्गनिर्देशिकाले एमाओवादीका तर्फबाट सरकारमा सहभागी मन्त्रीलाई व्यक्तिगत निर्णय गर्ने अधिकारबाट वञ्चित गराएको अन्नपूर्ण पोस्टमा खबर छ।
मन्त्रीका स्वकीय सचिव र निजी सचिव पनि पार्टीले तोकिदिएका व्यक्ति मात्र हुनुपर्ने व्यवस्था मिलाइएको छ। ‘यसपटक हामी नयाँ ढंगले जान खोजेका छाैं’, श्रेष्ठले भने, ‘पार्टीका तर्फबाट सरकारमा सहभागी मन्त्रीले नेतृत्व गरेका मन्त्रालयको तत्कालीन, मध्यकालीन र दीर्घकालीन योजना हामी बनाइदिन्छौं।’
‘प्रधानमन्त्रीमा जस्तै राष्ट्रपतिमा पनि उम्मेदवारीका लागि हाम्रो तयारी पुगेन,’ कांग्रेस केन्द्रीय सदस्य मीन विश्वकर्माले नयाँ पत्रिकासँग भने, ‘पार्टी सभापति भएदेखि नै उहाँमा काम गर्ने सुस्त प्रक्रिया छ । केन्द्रीय समिति, संसदीय दल, राष्ट्रिय पुनर्निर्माण प्राधिकरण, प्रधानमन्त्री र राष्ट्रपतिको चुनावमा पनि त्यही देखियो ।’
एमाले र एमाओवादीका नेताले सहमतिका लागि विगतका कमजोरी स्विकारे राष्ट्रपति कांग्रेसलाई दिन सकिने अभिव्यक्ति दिए पनि कांग्रेसले त्यसलाई ‘सिरियस्ली’ लिएन । एमाले उपाध्यक्ष भीम रावलले कांग्रेसका कारण सहमतिको अवस्था बिग्रिएको आरोप लगाए ।
‘कुरा त प्रधानमन्त्रीको निर्वाचनदेखि नै बिग्रियो, तर पनि संयुक्त सरकारमा आउने र सरकारलाई स्थायित्व दिँदै संविधान कार्यान्वयन गर्न मिलेर जाने कुरामा कांग्रेस सकारात्मक भएको भए राष्ट्रपतिको विषयमा सोच्न सक्छौँ भनेका थियौँ,’ रावलले भने, ‘तर, कांग्रेस यसो गर्न सकारात्मक नभएपछि हामीले उम्मेदवारी दिएर अघि बढ्नुपर्ने भयो ।’ तर, कांग्रेसका नेताहरू आफूले गल्ती नगरेको दाबी गर्छन् । ‘हामीले गल्ती गरेकै छैनौँ, गर्दा पनि गर्दैनौँ । हामी सिद्धान्त र निष्ठाका लागि लडेका हौँ,’ कांग्रेस केन्द्रीय सदस्य आनन्दप्रसाद ढुंगानाले नयाँ पत्रिकासित भने, ‘आफ्नो गल्ती स्वीकार गर भन्ने दलले आफ्नो पनि अनुहार पहिले ऐनामा हेर्नुपर्छ अनि अरूलाई भन्नुपर्छ ।’आजको नयाँ पत्रिका दैनिकमा खबर छ ।
No comments:
Post a Comment