Wednesday, October 28, 2015

विद्यादेवी भण्डारी राष्ट्रपतिमा विजयी

काठमाडौं, कातिक ११ । नेपालको राष्ट्रपति पदमा एमाले नेतृ विद्यादेवी भण्डारी निर्वाचित भएकी छिन्। अनौपचारिक रुपमा प्राप्त विवरण अनुसार बिद्या भण्डारीले ३२७ मत पाएर राष्टपतिमा विजयी भएकी हुन् । उहाँको प्रतिद्धन्दी कुलवहादुर गुरुडले २१४ मत पाएका छन्। छिन्। औपचारिक घोषणा संसदले गर्नेछ। एमाओवादीसहित सत्ता गठबन्धनमा सहभागी सबै दलको सहमतिमा उम्मेदवारी तय गरिएको र आन्दोलनमा रहेका मधेसी मोर्चाले मतदान बहिष्कार गर्ने निर्णय गरिसकेकोले भण्डारी नेपालको पहिलो महिला राष्ट्रपति बन्ने लगभग निश्‍चित थियो

राष्‍ट्रपतिमा विजयी हुन हाल कायम ५९७ मध्ये २९९ मत मात्रै प्राप्त गरे पनि पुग्छ। प्रधानमन्त्रीमा केपी शर्मा ओलीले ३३८ ल्याएका थिए। उनका प्रतिस्पर्धी सुशील कोइरालाले २४९ मत प्राप्त गरेका थिए। त्यतिबेला कांग्रेसलाई मत दिने मधेसी मोर्चाले भने यसपटक चुनावमा भाग नलिएकोले कांग्रेसको मत घटेको छ। कांग्रेससँग २०७ सांसद् छन्।

भण्डारीको पक्षमा एमालेको १ सय ८४, एमाओवादीको ८२, राप्रपा नेपालको २५, फोरम लोकतान्त्रिकको १४, राप्रपाको १२ र साना दलका सांसदको मत परेको छ। मधेसी मोर्चाले मतदान बहिष्कार गरेको छ।

भण्डारीएमालेका संस्थापक नेता स्व.मदन भण्डारीकी पत्नी हुन्। रक्षा मन्त्रालय लगायतका महत्वपूर्ण जिम्मेवारी समालेकी भण्डारी पार्टी संगठनमा लामो समयदेखि क्रियाशिल छिन्। भद्र र शालिन स्वभावकी भण्डारीको समन्वयकारी भूमिकाका कारण पार्टीले उनलाई नै राष्ट्रपतिको उम्मेदवार बनाएको हो।

No comments:

Post a Comment

Featured Post

माओवादी केन्द्रका तीन मन्त्रीमा महरालाई अर्थ, दुई नयाँ अनुहार

काठमाडौं,साउन २० । माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा पहिलो चरणमा तीन जना मन्त्री पठाउने भ...

Popular Posts