काठमाण्डौ । हिन्दुहरुको महान पर्ब बिजया दशमीको मौका छोप्दै फुलपातिका दिन सार्बजनिक प्रदर्शनमा आएको चलचित्र ‘सुश्री’को ब्यापार दिन प्रतिदिन उकालो लाग्दैछ । अन्य तीन बलिया फिल्म संग जुध्न पछि नपरेको ‘सुश्री’को कमजोर प्रचार र हल संख्या अत्यन्त न्युन हुदाहुदै पनि पछिल्लो समयमा भने माउथ पब्लिसिटीकै कारण ब्यापार बढ्न थालेको यसका निर्माता तथा बितरक बताउछन् ।
रिलिजको समयमा राजधानीका ४ एकल र केही मल्टिप्लेक्स पर्दा पाएको चलचित्रको मोफसलका सिनेमा घर थपिएका छन् भने राजधानीकै सिदार्थ सिनेमा पनि थपिएको बितरकले जानकारी गराएको छ । साथै राजधानीका सबै सिनेमा घरमा संतोषजनक रुपमा चलचित्रको प्रदर्शन भईरहेको पनि जानकारी गराएको छ ।
रिलिजको दोस्रो साता प्रबेश संगै मोफसलका घोराई,जितपुर,सुर्खेत,नेपालगंज,दमकका सिनेमा घर थप भएको बितरक रोहित-रत्नले बताए । साथै फुलपातिको दिनमा भन्दा मंगलबारको कलेक्सन राम्रो रहेको पनि बताए ।
चलचित्र लेखक शिबम अधिकारीको डेब्यु निर्देशन रहेको यस चलचित्रमा आर्यन सिग्देल र डेब्यु हिरोईन आशिका तामाङ मुख्य भुमिकामा छन् । चलचित्रमा सुरबिना कार्की,राजाराम पौडेल,बिकास चापागाँई,मिश्री थापा लगायतका कलाकारको अभिनय रहेको छ । आशिका फिल्मसको ब्यानरमा आत्मराम थापाले चलचित्र ‘सुश्री’निर्माण गरेका हुन् ।
No comments:
Post a Comment