Wednesday, October 14, 2015

वडा दशैको अवसरमा मन्दिर सरसफाई

सुनसरी, असोज २७ । नेपालीहरुको महान चाड वडा दशैको अवसर पारेर मंगलबार सुनसरी जिल्लाको ईनरुवामा सुरक्षाकर्मीले मन्दिर सरसफाई गरेका छन्। स्थानीय नेपाली सेना र नेपाल प्रहरीको सँयुक्त टोलीले सुनसरी वविया गा.वि.स. वार्ड नं. १ मा रहेको भगवती मन्दिर सरसफाई गरेका हुन्।
दशैसंगै नौ दिनसम्म भगवतीका मन्दिरहरुमा भक्तजनहरुको भिड हुने भएकाले मन्दिर सरसफाई गरिएको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी नायव उपरीक्षक श्याम सिंह चौधरीले बताउनु भयो। सरसफाई कार्यक्रममा सुरक्षाकर्मीसंगै स्थानीय सर्वसाधारणहरुको समेत सहभागीता रहेको थियो।

No comments:

Post a Comment

Featured Post

माओवादी केन्द्रका तीन मन्त्रीमा महरालाई अर्थ, दुई नयाँ अनुहार

काठमाडौं,साउन २० । माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा पहिलो चरणमा तीन जना मन्त्री पठाउने भ...

Popular Posts