Wednesday, October 14, 2015

चट्याङ लागेर ७ जना घाइते

ओखलढुंगा, असोज २७ । चट्याङ लागेर ओखलढुंगामा सात जना घाइते भएका छन् । चट्याङ लागेर ओखलढुंगा कुन्तादेवीमा ६ जना र कटुञ्जेमा एक जना घाइते भएका हुन् । घाइते हुनेहरुमा कुन्तादेवी – ९ का भीमप्रसाद दाहाल र सुनिता विक, वडा नं. ८ का रामकुमारी राई, ७ वर्षीया बालिका सम्झना राई, मकरबहादुर भूजेल र विजय राई छन् । त्यस्तै कटुञ्जेमा घाँस काट्न गएकी राधा खत्री चट्याङ लागेर घाइते भएकी छिन् ।

उनीहरुको सामुदायिक अस्पताल ओखलढुंगामा उपचार भइरहेको छ । अन्य सामान्य घाइतेको घरमै स्वाथ्यकर्मी बोलाएर उपचार भइरहेको स्थानीय गोलाप राईले जानकारी दिनुभयो ।
पानीसँगै परेको चट्याङले मोलुङ खोला चौथो लघुजलबिद्युत आयोजनामा समेत क्षति पुगेको छ । चट्याङले विद्युतीय उपकरणमा क्षति पुगेको र घरमा गरिएका वाइरिङ जलेपछि विद्युत प्रसारण अबरुद्ध भएको छ ।

No comments:

Post a Comment

Featured Post

माओवादी केन्द्रका तीन मन्त्रीमा महरालाई अर्थ, दुई नयाँ अनुहार

काठमाडौं,साउन २० । माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा पहिलो चरणमा तीन जना मन्त्री पठाउने भ...

Popular Posts