काठमाडौं, असोज २९ । तीन लाख रुपैयाँका लागि नेपाली राष्ट्रिय फुटबल टिम नै बिकेको तथ्य खुलेको छ । ‘म्याच फिक्सिङ’ गराउने अन्तर्राष्ट्रिय गिरोहसँग मिलेर नेपाली फुटबलरहरूले साफ च्याम्पियनसिपमा तीन हजार ६१ डलर लिएर विपक्षी टिमलाई खेल जिताएको प्रहरी अनुसन्धानमा खुलेको छ ।
सन् २०१० मा नयाँदिल्लीमा भएको साफ च्याम्पियनसिपमा पूरै टिमले तीन हजार ६१ अमेरिकन डलर लिएर मिलेमतोमा खेल हारेका थिए । उक्त पैसा दामासाहीका आधारमा खेलाडीहरूले बाँडेर लिएको महानगरीय अपराध महाशाखाका प्रमुख एसएसपी सर्वेन्द्र खनालले बताए । प्रहरीले ‘म्याच फिक्सिङ’मा फुटबलका राष्ट्रिय कप्तान सागर थापासहित पाँचजनालाई पक्राउ गरेको थियो ।
थप अनुसन्धानमा उनीहरूले बुकीहरूबाट लिएको रकम खुलेको प्रहरीले जनाएको छ । राष्ट्रिय टिमका गोलरक्षक रितेश थापा, राष्ट्रिय खेलाडी सन्दीप राई, पूर्व राष्ट्रिय खेलाडी विकाससिंह क्षेत्री र प्रशिक्षक अञ्जन केसी पक्राउ परेका हुन् । उनीहरूविरुद्ध राज्यविरुद्धको अपराध मुद्दा महानगरीय प्रहरी परिसर काठमाडौंमा दर्ता भएको छ । तर, अदालत बन्द भएकाले थुनामा राख्ने आदेश भने प्रहरीले लिन नपाएको नयाँ पत्रिकामा खबर छ ।
पक्राउ परेकाहरूले ‘म्याच फिक्सिङ’ गराएबापत पैसा लिएको स्विकारेका छन्, तर को–को संलग्न छन् भन्ने विषयमा नबोलेको प्रहरी स्रोत बताउँछ । ‘उनीहरूले झन्डा लिई राष्ट्रको नाममा शपथ खाएर अन्तर्राष्ट्रिय एजेन्टहरूसँग मिली खेलेका खेलहरू देशको स्वाभिमान र जनताको आत्मसम्मानमा चोट पुर्याएकाले पक्राउ गरी राज्यविरुद्धको अपराधअन्तर्गत कारबाही अघि बढाएका छौँ,’ एसएसपी खनालले भने, ‘म्याच फिक्सिङमा संलग्न अन्यको खोजी भइरहेको छ ।’ सिंगापुरमा मोस्ट वान्टेड बुकी विल्सनराज उडल्यान्डसँग मिलेर उनीहरूले ‘म्याच फिक्सिङ’को धन्दा गरेका थिए ।
विल्सनराजले लेखेको किताबमा कसरी उनले नेपाली खेलाडीलाई किने भन्ने कुरा उल्लेख छ । टिटानी पेरियासामी, तामम पेरमाटा, केसाभान पाटानजस्ता एजेन्टहरूसँग मिलेर ‘म्याच फिक्सिङ’ गरिएको थियो । मनी ट्रान्सफरमार्फत उनीहरूले नेपालमा पैसा पठाउँदै आएका थिए । विल्सनराजले त केही वर्षअघि काठमाडौं आएर खेलाडीसँग दरबारमार्गको होटेलमा भेटेकोसमेत प्रहरीले पत्ता लगाएको छ ।
राज्यविरुद्धको अपराध र सजाय ऐन २०४६ मा ‘कसैले नेपालको सार्वभौमसत्ता, अखण्डता र राष्ट्रिय एकतामा खलल पार्ने नियतले कुनै अव्यवस्था उत्पन्न गरेमा सो गर्ने उद्योग गरेमा निजलाई जन्मकैद हुनेछ’ भन्ने प्रावधान छ । खेल राष्ट्रिय एकताको खेल भएको र उनीहरूले राष्ट्रका लागि खेलेर पैसामा बिकी अरूलाई जिताएर राष्ट्रिय एकतामा खलल पार्ने काम गरेको भन्दै राज्यविरुद्धको मुद्दामा कारबाही अघि बढाएको हो
Thursday, October 15, 2015
तीन लाखका लागि देशको स्वाभिमान बिक्री
Subscribe to:
Post Comments (Atom)
Featured Post
माओवादी केन्द्रका तीन मन्त्रीमा महरालाई अर्थ, दुई नयाँ अनुहार
काठमाडौं,साउन २० । माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा पहिलो चरणमा तीन जना मन्त्री पठाउने भ...
Popular Posts
-
The incredible Nepali musical group Sur Sudha will be visiting the US in August on an “Empower Nepal Tour” sponsored by the Soarway Foundat...
-
काठमाडौं,मंसिर १५ । एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले केन्द्रिय समितिको वैठकमा पार्टीलाई एक नम्बर बनाउने भन्दै राजनितिक प्रतिवेदन ...
-
काठमाडौं,बैशाख २० । भारतको निम्तो मान्न अचानक नयाँ दिल्ली गएका पूर्वराजा ज्ञानेन्द्र शाह शुक्रवार मध्यरातमा नेपाल फर्किएका छन्। बिहीवार चाढे...
No comments:
Post a Comment