Monday, October 12, 2015

ओली मन्त्रिमण्डलमा कसले कुन मन्त्रालय पाए ?

काठमाडौं,असोज २५ । नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीले आठ सदस्यीय मन्त्रिपरिषद् गठन गरेका छन् । सरकारमा विजयकुमार गच्छदारले उपप्रधानमन्त्रीसहित भौतिक पूर्वाधार र कमल थापाले उपप्रधानमन्त्रीसहित परराष्ट्र मन्त्रालयको जिम्मेवारी सम्हाल्ने जिम्मा दिएका छन् । एमालेबाट अग्नीप्रसाद खरेललाई कानुन, न्याय तथा संसदीय व्यवस्था र सोमप्रसाद पाण्डेलाई उद्योग मन्त्रालयको जिम्मेवारी दिइएको छ । एमालेकै सत्यनारायण मण्डलले र राप्रपा नेपालको रामकुमार सुब्बाले भने विना विभागीय मन्त्रीको रुपमा सपथ लिएका छन् । यस्तै एमाओवादीका हरिबोल गजुरेलले कृषि तथा सहकारी मन्त्रालयको जिम्मेवारी पाएका छन् ।
प्रधानमन्त्री- केपी शर्मा ओली
उपप्रधान तथा परराष्ट्र मन्त्री -कमल थापा
उपप्रधान तथा भौतिक योजना र यातायात मन्त्री -विजयकुमार गच्छदार
कानुन न्याय तथा संसदीय व्यवस्था मन्त्री -अग्नी खरेल
उद्योग मन्त्री – सोमप्रसादल पाण्डे
कृषि मन्त्री -हरिबोल गजुरेल
विनाविभागीय मन्त्री -सत्यनारायण मण्डल
बिना विभागीय मन्त्री – रामकुमार सुब्बा

No comments:

Post a Comment

Featured Post

माओवादी केन्द्रका तीन मन्त्रीमा महरालाई अर्थ, दुई नयाँ अनुहार

काठमाडौं,साउन २० । माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा पहिलो चरणमा तीन जना मन्त्री पठाउने भ...

Popular Posts