Tuesday, October 13, 2015

विश्वकप छनौटमा ब्राजिलको पहिलो जित,अबको भिडन्त अर्जेन्टिनासँग

एजेन्सी, असोज २७ । भेनेजुएलालाई पराजित गर्दै ब्राजिलले विश्वकप २०१८ अन्तरगत दक्षिण अमेरिकी क्षेत्रको छनौट खेलमा पहिलो जित हात परेको छ । नेयमार विनानै मैदान उत्रेको ब्राजिलले भेनेजुएलालाई ३—१ पराजित गर्यो । ब्राजिलको लागि खेल शुरु भएको ४० सेकेण्डभित्र गोल गरेपछि विलायन गोल गरेका थिए । उनले नै पहिलो हाफअघि दोस्रो गोल थपेपछि ब्राजिलले सहजै जित निकाल्यो ।

गत हप्ता चिलीसँग २—० ले स्तब्ध बनेको ब्राजिल यसपटक भने पहिलो हाफमा नै ब्राजिल २—० ले अघि रहेको थियो । दोस्रो हाफमा क्रिस्टियन सान्तोसले गोल गर्दै भेनेजुएललाई खेलमा फर्काउन खोजे पनि रिकार्डो ओलिभेराले गोल गर्दै ब्राजिललाई २ गोलको अग्रता दिलाए । अर्को महिना ब्राजिलले चिर प्रतिद्वन्द्वी अर्जेन्टिनाको सामना गर्नेछ । अर्जेन्टिनाले छनौट खेलमा कुनै पनि गोल गर्न सकेको छ । पहिलो खेलमा इक्वेडरसँग २—० ले स्तब्ध बनेको अर्जेन्टिना पराग्वेसँग गोलरहित बराबरीमा रोकिएको थियो ।

No comments:

Post a Comment

Featured Post

माओवादी केन्द्रका तीन मन्त्रीमा महरालाई अर्थ, दुई नयाँ अनुहार

काठमाडौं,साउन २० । माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा पहिलो चरणमा तीन जना मन्त्री पठाउने भ...

Popular Posts