काठमाडौं, असोज २४ । नेकपा एमाले र एकीकृत नेकपा माओवादीलेराष्ट्रपति र सभामुखको पद बाँडफाँट गर्ने भएका छन् । ओलीलाई प्रधानमन्त्री सहयोग गरेको दुइ दलले राष्ट्रपति एमाओवादीले पाउने र सभामुख एमालेले नै निरन्तरता पाउने सहमति गरेको एमाले स्रोतले जनाएको छ ।
सहमति अनुसार ‘एमाओवादीले राष्ट्रपति पाउने भएपछि सुवास नेम्वाङलाई नै एमालेले सभामुख बनाउँने तयारी गरेको छ । राप्रपा नेपाल, नेकपा माले र साना दलहरुले पनि नेम्वाङ नै सभामुख भए काम गर्न सजिलो हुने भन्दै समर्थन गरेको स्रोतले बतायो । २०६३ सालमा प्रतिनिधिसभा पुनस्थापित भएपछि नेम्वाङ लगातार सभामुखको जिम्मेवारी निर्वाह गर्दै आएका छन् ।
No comments:
Post a Comment