Thursday, July 7, 2016

यसरी मनाए पूर्वराजाले ७०औं जन्मदिन (फोटोफिचर)

काठमाडौं,असार २३ । पूर्वराजा ज्ञानेन्द्र शाहले आफ्नो ७० औं जन्मदिन मनाएका छन्। पूर्वराजा ज्ञानेन्द्रले काठमाडौंको महाराजगञ्जस्थित निर्मल निवासमा बिहिबार शुभेच्छुकहरुकाबीच ७० औं जन्मदिन मनाएका हुन्।
पूर्व राजालाई शुभकामना दिन सरकारका उपप्रधानमन्त्री एवम् परराष्ट्र मन्त्री कमल थापा बिहानै निर्मल निवास पुगेका थिए। जन्मदिनको अवसरमा निर्मल निवास महाराजगञ्जमा आफ्ना शुभेच्छुकहरुको भिड लागेको थियो । राप्रपा नेपालका उपाध्यक्ष टङ्क ढकाल, प्रवक्ता राजाराम श्रेष्ठले शाहलाई निवास पुगेर बधाई तथा शुभकामना दिए । शाहलाई शुभकामना दिनका लागि समाजका विभिन्न क्षेत्रका प्रतिनिधि तथा बुद्धिजीवी, कलाकार, पत्रकार, लेखक, युवायुवती लगायतको सहभागिता थियो ।

13502803_1236941549650637_6265540769585707306_o

13584897_1236941552983970_4633844985953987307_o

No comments:

Post a Comment

Featured Post

माओवादी केन्द्रका तीन मन्त्रीमा महरालाई अर्थ, दुई नयाँ अनुहार

काठमाडौं,साउन २० । माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा पहिलो चरणमा तीन जना मन्त्री पठाउने भ...

Popular Posts