Thursday, July 7, 2016

तातोपानी क्षेत्र उच्च जोखिममा, ३० घर बग्ने अवस्थामा

काठमाडौं,असार २४ । पानीको बहाव कम भए पनि भोटेकोसीमा आएको बाढीका कारण नदीकिनारमा कटान नरोकिएपछि तातोपानी क्षेत्र जोखिममा परेको छ । बाढी कम भएपनि नदीले जमिन कटान गरेर राजमार्गछेउका घरमा क्षति हुने क्रम रोकिएको छैन । चीनतिरबाट आएको बाढीले नदी किनारको जमिन कटान गर्न नरोकिएकाले नेपाल-चीन सीमा क्षेत्रको तातोपानी र आसपासका क्षेत्रका घरमा क्षति हुने क्रम नरोकिएको आजको अन्नपूर्णले जनाएको छ ।

मंगलबार मध्यरातबाट सुरु भएको बाढीले सीमा क्षेत्रमा मात्र ४० भन्दा बढी घर बगाइसकेको छ । जिल्ला दैवीप्रकोप उद्धार समितिको बिहीबार बसेको बैठकमा दिइएको जानकारी अनुसार बाढीले सीमा क्षेत्रको लिपिङ बजारमा २० परिवारका २१ वटा घर बगाइसकेको छ भने थप ३० वटा घर पनि बग्ने अवस्थामा छन् ।

कोदारी बजारको होटल इको र आसपासका घर पनि नदी कटानमा परेका छन् ।

तातोपानी बजारमा थप घर बग्ने अवस्थामा पुगेको सुरक्षा निकायलाई उदृत गर्दै प्रमुख जिल्ला अधिकारी गोकर्णमणि दुवाडीले बताए । नदीको बहाव बजारतर्फ बढ्दै गएकाले थप क्षति हुनसक्ने अनुमान छ ।

स्थानीय चौकीडाँडामा आश्रय लिइरहेका सर्वसाधारणलाई राजधानी पुर्‍याउने तयारी भइरहेको पनि दुवाडीले बताए । बाढीले तार, पोल , ट्रान्सर्फमरलगायत बगाउँदा बाह्रबिसेमाथिका सबै गाउँमा बिजुली अवरुद्ध भएको छ ।

No comments:

Post a Comment

Featured Post

माओवादी केन्द्रका तीन मन्त्रीमा महरालाई अर्थ, दुई नयाँ अनुहार

काठमाडौं,साउन २० । माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा पहिलो चरणमा तीन जना मन्त्री पठाउने भ...

Popular Posts