Friday, July 1, 2016

दाता सम्मेलनमा घोषणा भएको ५० प्रतिशत रकम पनि आएन

काठमाडौं,असार १८ । भूकम्पपछिको पुनर्निर्माणका लागि विभिन्न मुलुक तथा दातृ निकायले करिब २ खर्ब रुपैयाँ सहयोगको प्रतिबद्धता जनाएका छन् । तर, नेपाल सरकारले भने त्यसको ५० प्रतिशत पनि पाउन सकेको छैन ।पुनर्निर्माणका लागि १० असार ०७२ मा भएको अन्तराष्ट्रिय सम्मेलनमा मित्रराष्ट्र तथा दातृ निकायले झन्डै ४ खर्ब ४० अर्ब रुपैयाँ बराबरको सहायता घोषणा गरेको भएपनि हालसम्म घोषणाको ५० प्रतिशतभन्दा कम रकमको मात्रै प्रतिबद्धता प्राप्त भएको अाजको राजधानी दैनिकमा समाचार छ ।

अर्थ मन्त्रालयका सहसचिव एवं वैदेशियक सहयोग समन्वय महाशाखाका प्रमुख बैकुण्ठ अर्यालले सहयोगका लागि गत वर्ष गरिएको घोषणअनुरुप प्रतिबद्धता आउने क्रम जारी रहेको र हालसम्म २ खर्ब रुपैयाँबराबरको सहयोग प्रतिबद्धता प्राप्त भएको बताए । घोषणा अनुसारको सहयोग प्रतिवद्धता जनाउने क्रम जारी रहेको जानकारी उनले दिए । यद्यपि दाता सम्मेलनमा गरिएको प्रतिवद्धता उपलव्धिमूलक हुन सकेको छैन।

No comments:

Post a Comment

Featured Post

माओवादी केन्द्रका तीन मन्त्रीमा महरालाई अर्थ, दुई नयाँ अनुहार

काठमाडौं,साउन २० । माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा पहिलो चरणमा तीन जना मन्त्री पठाउने भ...

Popular Posts