Wednesday, July 13, 2016

मधेसवादी दल फकाउँदै कांग्रेस–माओवादी

काठमाडौं,असार ३० । प्रधानमन्त्री केपी शर्मा ओलीले व्यवस्थापिका संसदमा अविश्वासको प्रस्ताव सामना गर्ने तयारी गरेपछि नयाँ गठबन्धनमा जुटेका नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रका नेताहरुको जोड मधेसवादी दललाई फकाउन केन्द्रित छ । कांग्रेसका २ सय ६ र माओवादीका ८२ तथा नेकपा संयुक्तसहित सात दलका सांसदले मात्र बहुमतीय सरकार बन्न नसक्ने अवस्था सृजना भएपछि कांग्रेस र माओवादी गठबन्धनको जोड मधेसवादी दललाई सरकारमा सामेल गराउनेतर्फ केन्द्रित भएको हो ।

माओवादीले प्रधानमन्त्री ओलीलाई दिएको समर्थन फिर्ता लिएसँगै हर्ष व्यक्त गरिरहेका मधेसवादी दलहरुले वर्तमान सरकारविरुद्ध भोट दिने घोषणा गरेपनि नयाँ गठबन्धनमा सामेल हुने नहुनेबारे निर्णय गर्न नसक्दा कांग्रेस(माओवादी गठबन्धनको सक्रियता उनीहरुलाई फकाउन बढेको हो ।

कांग्रेसका एक नेताका अनुसार यतिखेरको चासो ओली नेतृत्वको सरकारलाई ढाल्नु मात्र होइन, मधेसवादी दलहरुलाई अब बन्ने सरकारमा सामेल गर्न सकिएन भने आगामी सरकार पनि टिकाउ हुँदैन । ती नेताले भने, ‘त्यसैले मधेसवादी दललाई सकभर सरकार गठनको सुरुवातमै सहभागी गराउने प्रयास भइरहेको छ ।’ आजको नागरिक दैनिकमा खबर छ ।

No comments:

Post a Comment

Featured Post

माओवादी केन्द्रका तीन मन्त्रीमा महरालाई अर्थ, दुई नयाँ अनुहार

काठमाडौं,साउन २० । माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा पहिलो चरणमा तीन जना मन्त्री पठाउने भ...

Popular Posts