काठमाडौं,असार २७ । असार १८ गते मोहमद रन्जित सवार मोटरसाइकलले घण्टाघरनजिक भक्तपुरका रविन खड्का चढेको मोटरसाइकललाई ठक्कर दियो। मोहमदले रविनलाई लडाएर ट्राफिक प्रहरीको आँखा छल्दै रानीपोखरीतर्फ फरार भए। मोहमदको मोटरसाइकलमा रविनको झोला अल्झेर गयो। कान्तिपुर दैनिकमा समाचार छ।
झोलामा २ आइफोन, सुनको औठी र सुनको सिक्री थियो। मोहमद कता वेपत्ता भइ प्रहरीले पत्ता लगाउन सकेन। तुरुन्तै नजिकको सीसीटीभीको कन्ट्रोललाई उक्त मोटरसाइकल पछ्याउन भनियो। ट्राफिकलाई एसीए ब्रिटिस कम्पनीको दुइटा साइरन जडित नयाँ मोटरसाइकल भएको थाहा थियो। चालकले नम्बरसमेत नराखी चलाएको ट्राफिकलाई झन् आपत पर्यो।
घण्टाघर र रत्नपार्कको सीसी क्यामेराको फुटेजका आधारमा प्रहरी टोलीले यातायात तथा व्यवस्था विभाग पुग्यो। पत्ता लायो बा ७५ प ७१८३ नम्बरको नयाँ मोटरसाइकल र त्यसका धनी मोहमद। त्यसपछि टेलिकममार्फत मोहमदको नम्बर र ठेगाना पत्ता लगाइयो।
‘प्रहरीले फोन गर्यो। उठाएर कुरा गरे, घटना गरेको स्वीकारे, तुरुन्त आउन अनुरोध गरे आएनन्, महानगरीय ट्राफिक प्रहरी प्रभाग दरबारमार्गका इन्स्पेक्टर सुनीलजंग शाहले भने,‘केही दिनपछि कल डाइभर्ट गरे, त्यसपछि घर पत्ता लगाएर डिल्लीबजारस्थित घरमै पुग्यों, अनि उनी आउ।’ त्इसपछि पीडित खड्कालाई झोलामा रहेको सामग्रीको मूल्यबराबरको ३ लाख रुपैयाँ क्षतिपूर्ति तिराएको बताए। सीसी क्यामेराको माध्यमबाटल ३ दिनमा सबै घटना पत्ता लागेको उनले बताए।
ट्राफिकले सीसी क्यामेराका माध्यमबाट दुर्घटना गरी भाग्ने चालकलाई खोजी अनुसन्धान गर्न थालेको छ। उपत्यकाका विभिन्न चोकमा जडित सीसी क्यामेराले कैद गरेका फुटेजका आधारमा दुर्घटना गरी भाग्ने सवारी धनी चालकलाई पछ्याएर पक्राउ गर्न थालेको हो।
Sunday, July 10, 2016
दुर्घटना गरी भागे घरमै ट्राफिक
Subscribe to:
Post Comments (Atom)
Featured Post
माओवादी केन्द्रका तीन मन्त्रीमा महरालाई अर्थ, दुई नयाँ अनुहार
काठमाडौं,साउन २० । माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा पहिलो चरणमा तीन जना मन्त्री पठाउने भ...
Popular Posts
-
The incredible Nepali musical group Sur Sudha will be visiting the US in August on an “Empower Nepal Tour” sponsored by the Soarway Foundat...
-
काठमाडौं,मंसिर १५ । एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले केन्द्रिय समितिको वैठकमा पार्टीलाई एक नम्बर बनाउने भन्दै राजनितिक प्रतिवेदन ...
-
काठमाडौं,साउन १९ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको नयाँ सरकारमा नेपाली कांग्रेसका तर्फबाट नेता विमलेन्द्र न...
No comments:
Post a Comment