Thursday, July 7, 2016

उपत्यकामा तीन वर्षभित्रै केबलकार !

काठमाडौं,असार २४ । सरकारसँग इच्छाशक्ति भए तीन वर्षभित्र उपत्यकाका यात्रु केबलकारमा हुइँकिनेछन् । सडकको ट्राफिक जाअ घट्नेछ । यात्रा सहज हुनेछ । फ्रान्सेली कन्सन्टेन्ट कम्पनी एमडिपी र स्यास्त्राले गरेको अध्ययनमा उपत्यकामा केबलकार सञ्चालन गर्न सकिने देखिएको हो । फ्रान्सेली सरकारको सहयोगमा भएको समभाव्यता अध्ययन एक वर्ष लगाएर गरिएको थियो ।

एमडिपी र स्यास्त्राले अध्ययन रिपोर्ट भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा बुझाइसकेका छन् । मन्त्रालयका सहसचिव उमेश झाले यसको पुष्टि गरेको आजको नयाँ पत्रिका दैनिकमा समाचार छ ।

‘उपत्यकामा केबलकार सञ्चालन गर्न सकिने नसकिनेबो सम्भाव्यता अध्ययन भई रिपोर्ट पेस भइसकेको छ, ‘ सहसचिव झाले भने, ‘फ्रान्स सरकारको सहयोगमा भएको अध्ययनबाट आएको रिपोर्टबारे मन्त्रालयले अध्ययन गर्दैछ ।’ उपत्यकामा केबलकार सञ्चालन गर्न सकने रिपोर्टमा उल्लेख रहेको जानकारी दिँर्दै उनले लगानी जुटाउन सके चाँडै केबलकार सम्भव रहेको बताए ।

No comments:

Post a Comment

Featured Post

माओवादी केन्द्रका तीन मन्त्रीमा महरालाई अर्थ, दुई नयाँ अनुहार

काठमाडौं,साउन २० । माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा पहिलो चरणमा तीन जना मन्त्री पठाउने भ...

Popular Posts