Friday, July 15, 2016

डा. केसी सिकिस्त, उपचार टोली खटाइयो

काठमाडौं,साउन १ । चिकित्साशास्त्र अध्ययन संस्थानका प्राडा. गोविन्द केसीको स्वास्थ्यमा समस्या बढ्दै गएको छ । डा. केसीको ज्यान बचाउन चिकित्सक टोली गठनको अनुमति माग्दै त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगन्जका कार्यकारी निर्देशक डा. दीपम महरा जिल्ला प्रशासन कार्यालयमा पत्र लिएर गएका छन् ।

डा. केसीको स्वास्थ्यमा टाउको दु्ख्ने, मुटुको धड्कन बढ्ने, छाती दुख्ने र मसल बाउँडिनेलगायतको समस्या बढेको नेपाल समाचारपत्र दैनिकमा समाचार छ । जिल्ला पैशासन कार्यालयले आवश्यक उपचार गर्नका लागि चिकित्सक खटाउन पत्र दिएपछि उपचार टोली गठन गरिएको छ । चर्को दबाबपछि शिक्षण अस्पताल प्रशासनमा अनशनरत डा. केसीको उपचारका लागि चिकित्सकीय टोली गठन गर्न बाध्य भएको छ ।

अस्पताल प्रशासनले ७ सदस्यीय टोली गठन गरेको हो । मेडिकल विभागका प्रमुख प्रदीपकृष्ण् श्रेष्ठको संयोजकत्वमा टोली गठन श्रेष्ठको संयोजकत्वमा टोली गठन गरिएको छ । टोलीमा विगतका अनशनमा पनि नियमित स्वास्थ्य परीक्षण गर्दै आएका शिक्षण अस्पतालका मृगौला रोग विशेषज्ञ डा. दिव्या सिंह पनि सदस्य छन् ।

No comments:

Post a Comment

Featured Post

माओवादी केन्द्रका तीन मन्त्रीमा महरालाई अर्थ, दुई नयाँ अनुहार

काठमाडौं,साउन २० । माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा पहिलो चरणमा तीन जना मन्त्री पठाउने भ...

Popular Posts