Saturday, July 9, 2016

देउवालाई दबाब दिन खुमबहादुरको भेला

काठमाडौं,असार २६ । कांग्रेस केन्द्रीय सदस्य खुमबहादुर खड्काले आफूलाई उपसभापति मनोनीत गर्न सभापति शेरबहादुर देउवालाई दबाब दिएका छन्। तीनपटक भेटेर दबाब दिए पनि देउवाले टारेको भन्दै खड्काले शनिबार आफूपक्षीय नेता–कार्यकर्ताको भेला गरेको खबर आजको नयाँ पत्रिकामा छापिएको छ। ‘सभापति शेरबहादुर देउवाले महाधिवेशनअघि खड्काजीलाई उपभापति दिने प्रतिबद्धता गर्नुभएको हो। तर, अहिले भ्रातृ संस्थाको अधिवेशनपछि मात्र पदाधिकारी चयन गर्ने भनेर ढिलाइ हुँदै आएको छ,’ भेलामा सहभागी नेता देवेन्द्रराज कँडेलले भने, ‘पदाधिकारी चयन किन ढिलाइ भइरहेको छ।

केन्द्रीय सदस्य पनि हाम्रो पक्षलाई दिने भन्ने थियो तर दिइएन। यिनै विषयसहित भातृ संस्थाको अधिवेशन र हिन्दु धर्मबारे छलफल गर्न भेला डाकेका हौ।’ भेलाले आफ्नो पक्षलाई समेत मिलाएर लैजान देउवा तयार हुनुपर्ने निष्कर्ष निकालेको छ। लगनखेलस्थित कराातेको कार्यालयमा दिउँसो ३ बजेदेखि दुई घन्टा चलेको भेलामा खुमबहादुर खड्कासहित शंकर भण्डारी, पुष्पा भुसाल, देवेन्द्रराज कँडेल, कांग्रेस डडेल्धुराका सभापति कर्ण मल्लसहित दुई सय महाधिवेशन प्रतिनिधि सहभागी थिए।

पार्टी पदाधिकारी तथा सदस्य मनोनित गर्न ढिलाइ भएमा अपजस जति देउवालाई नै जाने भन्दै छिटो गर्न पहिले दबाब दिने, त्यसो नभए थप रणनीति बनाउनेबारे सहभागीले सुझाब दिएका थिए। ‘विधानमा दुई महिनाभित्र पार्टीका सबै निकायलाई पूर्णता दिने भन्ने भए पनि चार महिनासम्म हुन नसक्दा जसअपजस सबै सभापतिलाई गइरहेको छ,’ कँडेलले भने, ‘समयभन्दा ढिलो गर्दा अपजस मात्रै बोक्नुपर्ने अवस्थाबाट मुक्त हुनुस् भनेर अब दबाब दिन्छौं।’

देउवासँग छलफल गर्न टोली
भेलाले शंकर भण्डारी, पुष्पा भुसाल, देवेन्द्रराज कँडेल र अजयकुमार चौरसियालाई देउवासाग संवाद गर्ने जिम्मा दिएको छ। ‘उपसभापति दिने र केन्द्रीय सदस्यमा पनि भागबन्डा गर्ने सहमति भएको हो। खुमबहादुरजीले सभापतिलाई तीनपटक भेटेरै मनोनित गर्न भन्नुभयो। चार महिना बित्न लाग्दा पनि प्रतिज्ञा पूरा भएको छैन,’ कँडेलले भने, ‘अब देउवाजीसँग भेटेर क्लियर कुरा गर्छौं।’

No comments:

Post a Comment

Featured Post

माओवादी केन्द्रका तीन मन्त्रीमा महरालाई अर्थ, दुई नयाँ अनुहार

काठमाडौं,साउन २० । माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा पहिलो चरणमा तीन जना मन्त्री पठाउने भ...

Popular Posts