Saturday, July 9, 2016

मैत्रीपूर्ण फुटबल: शुक्र तामाङको ह्याट्रिकले फ्रान्स विजयी (फोटोफिचर)

काठमाडौं,असार २५ । युरोकप फुटवलको उपाधि फ्रान्स र पोर्चुगल मध्ये कस्ले जित्ने भन्ने विषयलाई लिएर शनिवार राजधानीमा महालेखापरिक्षकको कर्मचारीबीच मैत्रीपूर्ण फुटबल म्याच भएको छ । च्यासल फुटबल मैदान ललितपुरमा भएको खेलमा महालेखापरिक्षकको फ्रान्सटीमले पोर्चुगलको टिमलाई ६-० ले हरायो । फ्रान्सटिमको लाई शुक्र तामाङ ह्याट्रिक सहित चार गोल गरे भने रामकाजी थापा मगरले २ गोल गरे । पोर्चुगलले पेनाल्टीको मौका पाउँदा पनि गोल गर्न सकेन ।

जय गौतमको नेतृत्वमा मैदान ओर्लिएको फ्रान्सटिमले पहिलो हाफमा नै ३ गोलका अग्रता लिएर अर्जुन गिरिको नेतृत्वमा टिम पोर्चुगललाई निकै दवाबमा राख्दै दास्रो हाफमा ३ गोल थप्यो । निकै प्रतिस्पर्धात्मक खेलमा पार्चुगलले पाएको मौका सदुपयोग गर्न नसक्दा लजास्पद नजिजा सुम्पन बाध्य भयो ।

दर्शकले खचाखच भरिएको च्यासल फुटबल मैदान लेखापरीक्षण अधिकारी ताराकुमार सुवेदी बिशिष्ट पाहुनाको रुपमा उपस्थित भै ट्रफी तथा पुरस्कार बितरण गर्नु भयो । खेलमा ह्याट्रिक गरेका सुक्र तामाङ म्यान अफ दि म्याच र शुत्रुधन प्रसाद यादब उत्कृष्ट खेलाडी घोषित भए । फ्रान्समा चलिरहेको १५ औं संस्करणको युरोकप उपाधिका लागि आयोजक फ्रान्स र पोर्चुगलबीच नेपाली समयअनुसार आइतबार मध्यराती हुदैछ ।

13625113_817785641688607_1227473145_n 13625327_817785818355256_87530318_n 13643917_817785028355335_526079065_n 13643976_817786065021898_498545376_n 13644263_817785738355264_1236067179_n 13644369_817785178355320_1533008053_n 13649521_817784845022020_759966826_n

No comments:

Post a Comment

Featured Post

माओवादी केन्द्रका तीन मन्त्रीमा महरालाई अर्थ, दुई नयाँ अनुहार

काठमाडौं,साउन २० । माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा पहिलो चरणमा तीन जना मन्त्री पठाउने भ...

Popular Posts