काठमाडौं,असार ३० । पर्यटनमन्त्री आनन्द प्रसाद पोखरेलले काँग्रेस र नेकपा माओवादी केन्द्रले प्रधानमन्त्री विरुद्ध पेश गरेको अविश्वासको प्रस्ताव फेल हुने दाबी गरेका छन् । बिहीबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै मन्त्री पोखरेलले भने,‘आग्रह, पूर्वाग्रह राखेर वर्तमान सरकार ढाल्न अध्याँरो कोठामा अर्काले लेखिदिएको स्क्रिृप्ट बोेकेर यहाँ साथीहरु नाँचिरहनुभएको छ, हुनेवाला केही छैन, अविश्वाको प्रस्ताव फेल हुन्छ, यही सरकार अघि बढ्छ ।’ मन्त्री पोखरेलले काँग्रेस–नेकपा माओवादी केन्द्रका नेताहरु विदेशीको एजेण्डा बोकेर भरिया बनेको आरोप समेत लगाए ।
साक्षात्कारमा उनले चीनसँगको सम्झौता कार्यान्वयन हुन नदिने षड्यन्त्रसहित अविश्वासको प्रस्ताव पेश भएको दाबी गरे । उनले थपे,‘सरकारले जनताको पक्षमा दिर्घकालिन हित हुने काम गरेकै कारण हटाउनुपर्ने कारण के हो?, राष्ट्र र राष्ट्रियताको मुद्दा बोकेकै कारण हटाउनुपर्ने, यो गम्भिर विषय हो, यसको मूल्यांकन जनताले गर्नेछन् ।’
एमालेको नेतृत्वको सरकारले मुलुकको हित हुने र लोकप्रिय कामहरु गरेको देखेर जनताबाट नाँगिने डरले काँग्रेस र माओवादीले यो सरकारको विकल्प खोजेको उनको आरोप छ ।
उनले वर्तमान सरकार अल्पमतमा परेको भन्ने टिप्पणीको खण्डन गर्दै भने,‘‘अल्पमतमा परेको भए किन उहाँहरुले अविश्वासको प्रस्ताव पेश गर्नुभयो ?’’
Thursday, July 14, 2016
‘काँग्रेस–एमाले विदेशीको भरियामात्रै भएका हुन्’अविश्वासको प्रस्ताव फेल हुन्छ’-मन्त्री पोखरेल
Subscribe to:
Post Comments (Atom)
Featured Post
माओवादी केन्द्रका तीन मन्त्रीमा महरालाई अर्थ, दुई नयाँ अनुहार
काठमाडौं,साउन २० । माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा पहिलो चरणमा तीन जना मन्त्री पठाउने भ...
No comments:
Post a Comment