Friday, July 8, 2016

‘गुणस्तरिय बस्तु उपलब्ध गराउन अनुगमन थालिएका हो देखावटी होइन’- मन्त्री पुन

भक्तपुर,असार २४ । आपूर्ति मन्त्री गणेशमान पुनले सरकारले कुनै चलचित्रको हिरो जस्तो देखावटी अनुगमन नगरेको बताउनु भएको छ । रफत सञ्चार क्लबले आयोजना गरेको साक्षतकार कार्यक्रममा उहाँले विभिन्न क्षेत्रबाट कालोबजारीको संरक्षण गरेको र त्यसको प्रत्यक्ष मारमा उपभोक्ता परेकाले कालोबजारी नियन्त्रण गरि उपभोक्तालाई गुणस्तरीयका साथै वास्तबिक मूल्यमा बस्तु उपलब्ध गराउन अनुगमन थालिएकाले यो कुनै क्षणिक र देखावटी नभएको बताउनु भएको हो ।

मन्त्री पुनले आफ्नो कार्याकालबाट शुरु गरिएको बजार अनुगमनलाई यो आर्थिक बर्षबाट सरकालेनै निरन्तरा दिएर गुणस्तरिय बस्तुको उपलब्धतामा जोड दिने बताउनु भयो । उहाँले कालिमाटिमा अनुगमन टोली माथि भएको ब्यवहार नेपाली उपभोक्ताका लागि अपाच्य रहको भन्दै अनुगन अघि सुचना चुहावट गर्ने कर्मचारीलाई कारवाही गर्ने बताउनु भयो ।

सरकार परिवर्तनका सवालमा उहाँले राजनीतिमा कति बेला के हुन्छ भन्न नसकिने भन्दै मधेश लगायतका अन्य वास्तविक मागहरु पुरा गर्न संबिधान संशोधन गर्दै समस्या सुल्झाउन सहमतिको सरकारको आवश्यकता रहेको मन्त्री पुनले बताउनु भयो । उहाँले वर्तमान समयमा सबैभन्दा महत्वपूर्ण बिषय संबिधानको सफल कार्यान्वयन रहेकाले सबैको ध्यान यता जानु पर्नेमा समेत जोड दिनु भयो ।
सरकारले जुन गतिमा काम गर्नु पर्ने हो त्यसो हुन नसकेको स्विकार गर्दै मन्त्री पुनले पुनर्निर्माण र संविधान कार्यान्वयन प्रक्रियामा सरकार झण्डै असफल रहेको टिप्पणी गर्नु भयो । इन्धनको अभाव पुरा गर्न आफू मन्त्री मण्डलमा आएपछि सक्दो प्रयास गरिरहेको र छिट्टै इन्धनको सहज उपलब्धता हुने भन्दै उहाँले हाल इन्धनमा कालोबजारी नभएको बताउनु भयो ।

चीनसँगको इन्धन सम्झौता पश्चात नेपाली राजनीतिमा छुट्टै तरगं उत्पन्न भएको र सम्झौताले अन्तिम रुप लिइ सकेकाले अब छिट्टै चीनियाँ इन्धनको समते नेपालीले उपभोग गर्न पाउने उहाँले बताउनु भयो ।
बिगतमा भारतसँगको ब्यापार सम्झौतामा देखिएको तिक्ततालाई नयाँ शिराबाट सम्बन्ध बिस्तार गर्दै जानु पर्ने र ब्यापारिक सम्झौताका आधारमा सम्बन्धलाई बिस्तार गर्दै जानु पर्ने उहाँले बताउनु भयो । सरकारले तोकिएको समयमा गर्ने भनेको निर्वाचनका सवालमा बिभिन्न प्रश्नहरु उठिरहेकाले समस्याको पहिचान गरि समाधानको उपाय खोज्दै बैज्ञानिक पद्धती अनुसार चुनावमा जानु पर्ने उहाँको भनाई छ ।
नेपाली राजनीतिक गतिबिधिकै कारण समय समयमा बैदेशिक हस्तक्षेप बढ्ने गरेको हस्तक्षेप न्यून गर्न नेपालका राजनीतिक दलहरु समन्वय अत्याआवश्यक रहेको मन्त्री पुनले बताउनु भयो ।

No comments:

Post a Comment

Featured Post

माओवादी केन्द्रका तीन मन्त्रीमा महरालाई अर्थ, दुई नयाँ अनुहार

काठमाडौं,साउन २० । माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा पहिलो चरणमा तीन जना मन्त्री पठाउने भ...

Popular Posts