Thursday, July 14, 2016

उपलब्धीविहिन सकियो संघीय गठबन्धनको रिले अनसन,अबको नजर नयाँ सरकार तिर

काठमाडौं,असार ३० । संविधानमा आफ्ना मागहरुलाई समावेश नगरिएको भन्दै असन्तुष्टि प्रकट गर्दै संघीय गठवन्धनले राजधानीमा जेठ २५ देखि सुरु गरेको रिले अनसन उपलब्धीविहिन सकिएको छ । एक महिनाभन्दा बढी समयदेखि काठमाडौंको खुलामञ्चमा भएको संघीय गठबन्धनको रिले अनसन विहीबारदेखि टुंगिने भएको छ ।

संविधान पुनर्लेखनको माग गर्दै राजधानी केन्द्रीत आन्दोलनमा होमिएको संघीय गठबन्धनले पहिलो चरणको कार्यक्रम अन्तर्गत सशक्त ढंगले सिंहदरबार र वालुवाटार घेराऊ गरि दोस्रो चरणमा गठबन्धनले राजधानीको प्रभावशाली १० स्थानमा स्थानीय जनताको व्यापक सहभागितामा विरोध सभा सम्पन्न गरेको थियो । गठबन्धनको नेतृत्वमा संचालित संयुक्त राष्ट्रिय आन्दोलनको तेस्रो चरणमा रिले अनसन सुरुगरेपनि उपलब्धि भने भएन । सात महिनाको मधेस आन्दोलनपछि मधेसी मोर्चाले जेठ १ गतेदेखि राजधानी केन्द्रित आन्दोलन थालेको थियो ।

२९ दलीय संघीय गठबन्धनको आयोजनामा रिले अनसन शुरु गरिएपछि वर्तमान केपी ओली नेतृत्वको सरकारले वार्ताका लागि पटक पटक पत्राचार गरेको थियो । तर मोर्चालाई मात्रै बार्तामा बोलाइएको भनेर जवाफ पठाए पनि वार्ता भने हुन सकेन । वार्ताको गर्ने नगर्नेमा पनि मोर्चाकै नेताहरुबीच विवाद देखिएको थियो । वर्तमान ओली सरकार अल्पमतमा परेपछि शुरु भएको नयाँ सरकार निर्माण प्रक्रियापछि मात्रै अर्को आन्दोलन गर्ने स्रोतले बताएको छ ।

No comments:

Post a Comment

Featured Post

माओवादी केन्द्रका तीन मन्त्रीमा महरालाई अर्थ, दुई नयाँ अनुहार

काठमाडौं,साउन २० । माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा पहिलो चरणमा तीन जना मन्त्री पठाउने भ...

Popular Posts