Wednesday, July 6, 2016

ठूला बाँधयुक्त जलविद्युत् रोक्न अमेरिकी लबिङ !

काठमाडौं,असार २३ । जलविद्युत आयोजनाहरुमा बाँधको खतराको साथै यसले परिस्थितिकीय (इको) प्रणलीमा पार्ने असर बुझाउन अमेरिकी सरकारले नेपालको नीति निर्माणमा प्रत्यक्ष प्रभाव पर्ने विषय व्यक्तित्वहरुलाई अमेरिका लैजान लागेको छ । सरकारले १२ सय मेगावाटको बूढीगण्डकी जस्ता उच्च बाँध बनाइने ५ हजार मेगावाटभन्दा बढी जलाशययुक्त आयोजना अघि बढाउन लागिरहेको बेला बाँधको प्रभाव, असर र खतरा देखाउन अमेरिकी सहयोग नियोगले उनीहरुलाई अमेरिका लैजान लागेको हो ।

९२ मेगावाट मात्र जलाशायुक्त आयोजना निर्माण भएको तथा जलाशययुक्त आयोजनाकै अभावमा उर्जा संकट चुलिरहेका बेला विश्वभर बाँधविरुद्ध (एन्टी ड्याम) अभियान सञ्चालन गरिरहेको अमेरिकाले जलविद्युत क्षेत्रमा हेभिवेटका रुपमा चिनिने राष्ट्रिय योजना आयोगका उपाध्यक्ष, सांसद नेपाल सरकारका सचिवदेखि निज् क्षेत्रका विशेष व्यक्तिलाई समेत बाँधको असर देखाउन लैजानुलाई अर्थपूर्णरुपमा हेरिएको छ ।

सन् १९८० सम्ममा अधिकांश सडक, बिजुली एयरपोर्टलगायतका ठूला पूर्वाधार निर्माण गरिसकेका अमेरिका लगायतका पश्चिमा मूलुहरुले वातावरण र इको सिस्टमको कुरा उठाउादै एन्टी ड्याम, श्रमजस्ता कुरा उठाउादै विश्वभर अभियान चलाइरहेका छन् ।

No comments:

Post a Comment

Featured Post

माओवादी केन्द्रका तीन मन्त्रीमा महरालाई अर्थ, दुई नयाँ अनुहार

काठमाडौं,साउन २० । माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा पहिलो चरणमा तीन जना मन्त्री पठाउने भ...

Popular Posts