Sunday, July 3, 2016

त्रिभुवन विमानस्थलको सुरक्षा व्यवस्थामा कडाइ

काठमाडौं,असार २० । टर्कीको इस्तानबुल विमानस्थलमा गत साता र बंगलादेशको ढाकामा शुक्रबार भएको आतंककारी हमलापछि काठमाडौंस्थित अन्तर्राष्ट्रिय विमानस्थलको सुरक्षा सतर्कता पनि बढाइएको छ।
चक्रपथको मुख्य सडकदेखि नै तालिमप्राप्त कुकुरमार्फत प्रहरीले नियमित चेकजाँच थालेको छ।

‘गोल्डेनगेटदेखि नै सुरक्षामा कडाइ गरेका छौं,’ विमानस्थलका डिआइजी गोविन्द निरौलाले भने, ‘यात्रुको चेकिङमा पनि प्रहरी सक्रियता बढेको छ।’ नयाँ पत्रिका दैनिकमा समाचार छ।

सुरक्षा बलियो बनाउनुपर्ने दबाब

‘पछिल्लो समय दक्षिण एसियामा आतंकवादी हमलाका घटना बढ्दै जादा नेपाललाई आफ्नो सुरक्षा बलियो बनाउनुपर्ने थप दबाब भएको छ,’ एक प्रहरी अधिकारीले भने, ‘विमानस्थल र सीमामा सुरक्षा बलियो नबनाए कुनै दिन ठूलो दुर्घटना नहोला भन्न सकिन्न।’ अन्तर्राष्ट्रिय आतंकवादी संगठनहरूले नेपालीलाई टार्गेट नगरे पनि नेपालमा रहेका विदेशीलाई टार्गेट गर्न सक्ने चेतवानी पटक–पटक सुरक्षा निकायले गृह मन्त्रालयलाई दिएको स्रोत बताउँछ।

आगमन र कार्गामा कमजोरी

विदेशबाट आउने यात्रु र कार्गामा चेकजाँच गर्ने अधिकार प्रहरीलाई छैन। यसकै कारण लागुऔषध तथा नक्कली नोट सजिलै नेपाल भित्रने गरेको प्रहरीको भनाइ छ। एक महिनाअघि एक चिनियाँ नागरिक करिब ८० हजार अमेरिकन डलर लिएर नेपाल आउादा विमानस्थलमा पक्राउ परेनन्। उनीमाथि कुनै चेकजाँच नै भएन। तर, पछि चीन फर्किने क्रममा उनी पक्राउ परेका थिए।

नक्कली पासपोर्ट चिन्दैनन् कर्मचारी

दक्ष कर्मचारी र आधुनिक प्रविधि नहुँदा पटक–पटक अध्यागमन चुक्ने गरेको छ। विमानस्थलमा पासपोर्ट र भिसाको गहन अनुसन्धान नभएको आरोप लाग्ने गरेको छ। नक्कली पासपोर्ट बोकेर आउने विदेशी सामान्य धरौटीमा नै छुट्ने गरेका छन्। अध्यागमनका कर्मचारीले नक्कली पासपोर्ट र भिसासमेत पहिचान गर्न नसकेका घटना दोहोरिरहेका छन्। अन्य देशमा पुगेर फर्काइएपछि मात्र उनीहरूले नक्कली पासपोर्ट भएको थाहा पाउने गरेका छन्।

No comments:

Post a Comment

Featured Post

माओवादी केन्द्रका तीन मन्त्रीमा महरालाई अर्थ, दुई नयाँ अनुहार

काठमाडौं,साउन २० । माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा पहिलो चरणमा तीन जना मन्त्री पठाउने भ...

Popular Posts