Thursday, July 14, 2016

उपत्यका बाहिरका ग्यास सिलिन्डर निःशुल्क साटिने

काठमाडौं,असार ३१ । नाकाबन्दीका बेला उपभोक्ताले काठमाडौं उपत्यका बाहिरबाट ल्याएका ग्यास सिलिन्डर काठमाडौंमै साट्न पाउने भएका छन्। नेपाल एलपी ग्यास उद्योग संघले साउन १ गतेदेखि उपत्यकाभित्रै निशुल्क सिलिन्डर साट्न पाउने व्यवस्था गर्दैछ। बिहीबार बसेको संघको बैठकले उपत्यका बाहिरका सिलिन्डर काठमाडौंका विभिन्न ग्यास गोदामबाट साट्ने व्यवस्था गर्ने निर्णय गरेको कारोबार दैनिकमा समाचार छ।

संघका अध्यक्ष शिवप्रसाद घिमिरेले ग्यास उद्योगले काठमाडौं उपत्यकाभित्र मार्केटिङ नगरेका तथा आधिकारिक विक्रेता नभएका सबै ग्यास सिलिन्डर साउन १ देखि ७ गतेसम्म साट्न व्यवस्था मिलाइएको जानकारी दिए।
‘विभिन्न ग्यास विक्रेता तथा डिपोले सिलिन्डर साट्नका लागि अनावश्यक रकम लिइरहेको गुनासो उपभोक्ताबाट आइरकेको छ,’उनले भने,‘अब उपभोक्ताले कुनै पनि शुल्क नतिरी सहजै साट्न पाउनेछन्।’
आपूर्ति मन्त्रालय र संसदको उद्योग वाणिज्य तथा उपभोक्ता समितिले काठमाडौं उपत्यका बाहिरका ग्यास सिलिन्डर साट्ने व्यवस्था गर्न यसअघि उद्योगलाई निर्देशन दिएका थिए।

No comments:

Post a Comment

Featured Post

माओवादी केन्द्रका तीन मन्त्रीमा महरालाई अर्थ, दुई नयाँ अनुहार

काठमाडौं,साउन २० । माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा पहिलो चरणमा तीन जना मन्त्री पठाउने भ...

Popular Posts