Friday, June 17, 2016

युरो कप: स्पेन नकआउट चरणमा, टर्की बाहिरियो

एजेन्सी,असार ४ । टर्कीमाथि शानदार जित हात पार्दै दुई पटकको डिफेन्डिङ च्याम्पियन स्पेनले समूह चरणको एक खेल अघि नै युरो कप फुटबलको नकआउट चरणमा प्रवेश गरेको छ । शनिबार विहान भएको एकपक्षीय खेलका स्पेनले टर्कीलाई ३-० गोल अन्तरले पराजित गरेको छ । यससँगै युरो कप २०१६ मा दुई भन्दा बढी गोल गर्ने पहिलो टिम स्पेन बनेको छ ।

स्पेनको जितमा अलभारो मोराटाले दुई तथा नोलिटोले एक गोल गरे । स्पेन जारी युरोकपमा दुई भन्दा धेरै गोल गर्ने पहिलो टिम बनेको छ । ३४ औं मिनेटमा मोराटाले व्यक्तिगत पहिलो गोल गर्दै स्पेनलाई अग्रता दिलाए । नोलिटोले ३७ औं मिनेटमा गोल गरेपछि स्पेनले पहिलो हाफमा २–० को अग्रता लियो । दोस्रो हाफको तेस्रो मिनेटमा नै मोराटाले स्पेनको अग्रता ३–० मा पु¥याए । त्यसपछि खेलमा दुवै तर्फबाट गोल हुन सकेन र स्पेन ३–० ले विजयी भयो । टर्कीको भने यो दोस्रो हार हो ।

No comments:

Post a Comment

Featured Post

माओवादी केन्द्रका तीन मन्त्रीमा महरालाई अर्थ, दुई नयाँ अनुहार

काठमाडौं,साउन २० । माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा पहिलो चरणमा तीन जना मन्त्री पठाउने भ...

Popular Posts