Wednesday, June 15, 2016

सुन तस्कर भारतीय, भरिया नेपाली

झापा, असार २ । नेपाली युवालाई भरिया बनाएर भारतीय सुन तस्करले आफ्नो कारोबार चलाइरहेका छन्। केही समययता सुन तस्करीको अभियोगमा नेपाली युवा भारतीय भूमिमा पक्राउ परिरहेका छन्। भारतीय प्रहरीको अनुसन्धानबाट पक्राउ धैरै नेपाली ‘भरिया’ मात्रै रहेको खुलेको छ। सुन ओसारेको आरोपमा पक्राउ धैरैले आफूलाई यो काममा लगाउने समूह अर्कै रहेको बयान प्रहरीलाई दिएका छन्। उनीहरुले आफू भरिया मात्रै रहेको बयान दिए पनि कानुनी रुपमा प्रमाणित गर्न सकेका छैनन्। प्रभाण दिने छुट्दै आएका छन्।

यस्तै अभियोगमा पक्राउ परेका थिए, झापा ज्यामिरगढीका ३६ वर्षीय एक युवक। नक्सलबाडी नजिकैको जबडा मोडमा मावली घर भएका उनले माध्यमिक तहको पडढाइ उतै बसेर पढेका थिए। त्यसपछि सिलिगुढीमा बसेर उनले उच्च शिक्षा लिन थाले। त्यही बेला मावली ठाउँकै एक चिनारुले उनलाई एउटा सामान नेपाल पुर्याइदिन आग्रह गथरे उनले सहजै स्वीकारे। नागरिक दैनिकमा समाचार छ।

‘चिनेको दाईले सामान नेपाल पुर्याइदिन आग्रह गरे। काँकडभिट्टामा भेटौला भनेर मलाई पोका दिए, ६ महिनाअघिको घटना बेलिविस्तार लगाउँदै उनले भने,‘पछि बाघडोग्रामा प्रहरीले ब्यागबाट त्यो पोका खोल्दा म झसंग भएँ।’

उनले आफूले अनाहकमा लामो समय दुःख पाएको बताए। भारतीय नातेदारले उनलाई पोका थमाउने व्यक्ति नै पक्रेर प्रहरीलाई बुझाएपछि उनी छुटे।

No comments:

Post a Comment

Featured Post

माओवादी केन्द्रका तीन मन्त्रीमा महरालाई अर्थ, दुई नयाँ अनुहार

काठमाडौं,साउन २० । माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा पहिलो चरणमा तीन जना मन्त्री पठाउने भ...

Popular Posts