Wednesday, June 22, 2016

सर्वोच्च अदालतमै आमरण अनशन !

काठमाडौं,असार ९ । आफूले दर्ता गरेको सार्वजनिक सरोकारको एउटा निवेदनलाई सर्वोच्च अदालतले सुनवाई गर्न विलम्ब गरेको भन्दै अधिवक्ता पूर्णचन्द्र पौडेल बुधबारबाट आमरण अनशनमा बसेका छन् । न्यायपरिषदले सर्वोच्च अदालतमा नियुक्तिका लागि गरेको सिफारिस गैरसंवैधानिक दाबी गर्दै दायर गरेको रिट निवेदन अदालतले नियतवश सुनुवाइ नगरेको भन्दै उनी अनशनमा बसेका राजधानी दैनिकमा समाचार छ ।

अपूर्ण न्यायपरिषदले सर्वोच्च अदालतमा सिफारिस गरेका नौ स्थायी न्यायाधीशको नियुक्ति प्रक्रिया रोक्न मागसहित दायर रिटलाई सर्वौच्च अदालतले ११ पटकसम्म स्थगित गरेर जानीजानी प्रयोजनहीन बनाउन लागेको उनको आरोप छ । उनले आफ्नो मुद्दालाई १४ पटक पेसी सूचीमा राखेर पनि सुनुवाइ नगरिएको बताए ।
उनी नेपाल बार एसोसिएसन परिसरमा पाल टाँगेर अनसनमा बसेका छन् ।

No comments:

Post a Comment

Featured Post

माओवादी केन्द्रका तीन मन्त्रीमा महरालाई अर्थ, दुई नयाँ अनुहार

काठमाडौं,साउन २० । माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा पहिलो चरणमा तीन जना मन्त्री पठाउने भ...

Popular Posts