Friday, June 24, 2016

ईयु छाड्ने पक्षमा बढी मत प्राप्त भएपछि क्यामरुनको राजिनामा

एजेन्सी,असार १० । बेलायती प्रधानमन्त्री डेभिड क्यामरुनले प्रधानमन्त्री पदबाट राजिनामा दिएका छन् । ईयुबाट बेलायत बाहिरिने पक्षमा जनमत संग्रहको नतिजा आए पछि डेभिड क्यामरुनले पदबाट राजीनामा घोषणा गरेका छन्। बिहिबार भएको जनमत संग्रहमा बेलायतले इयु छोड्नुपर्नेमा ५१ दशमलव ९ र इयुमै रहनुपर्नेमा ४८ दशमलव १ प्रतिशत मत आएको छ।

क्यामरुनको दल कन्जरभेटिभ पार्टी उक्त मुद्दामा विभाजित छ। क्यामरुन भने इयुमै रहनुपर्ने पक्षमा थिए। यो परिणाम सँगै ब्रिटेन ईयुबाट बाहिरिने लगभग पक्का भएको छ। अन्तिम परिणा सार्वजानिक हुने वित्तिकै उत्त परिणामलाई स्विकार्ने र महान बेलायती जनतालाई सँधै सम्मान गर्ने धारणा क्यामरुने व्यक्त गरेका छन् ।

No comments:

Post a Comment

Featured Post

माओवादी केन्द्रका तीन मन्त्रीमा महरालाई अर्थ, दुई नयाँ अनुहार

काठमाडौं,साउन २० । माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा पहिलो चरणमा तीन जना मन्त्री पठाउने भ...

Popular Posts