Tuesday, June 7, 2016

नेपालले सीमास्तम्भ बनायो, भारतले बनाउन बाँकी

काठमाडौं,जेठ २६ । नेपाल–भारत संयुक्त सीमा सर्वेक्षण ३ नम्बर नापी टोलीले रुपन्देहीदेखि दाङका तीन सय ११ वटा सीमास्तम्भ मर्मत एवं पुनर्निर्माण गरेको छ । १३ वटा जोर नम्बरका पिलर नयाँ बनाउनु पर्ने अवस्थामा छन् । उक्त पिलर निर्माण गर्नुपर्ने काम भारतीय पक्षको जिम्मामा परेको छ ।

नेपाल–भारतको अन्तर्राष्ट्रिय सीमा क्षेत्र दसगजामा रहेका भारतद्वारा अतिक्रमित एवं विवादित क्षेत्र सुस्तास्थित चार सय ९७ जंगी पिलर छोडेर टोलीले पश्चिमको दाङसम्म सीमास्तम्भ मर्मत, पुनर्निर्माण तथा सर्वेक्षणको कार्यलाई तीब्रताका साथ अगाडी बढाइएको छ । टोलीले हालै रुपन्देहीमा एक र कपिलवस्तुमा १२ वटा नयाँ पिलर निर्माण गरेको छ ।

टोलीप्रमुख निर्मल आचार्यले भने, ‘बिजोर अंकमा पर्ने पिलरको मर्मत पुनर्निर्माणको काम हामीले गरेका छौं भने जोर पिलरको काम भारतीय पक्षले गर्छन् ।’ भारतीय पक्षले यस क्षेत्रमा रहेका जंगी सीमास्तम्भ ५७६.१, ५८८.१३ लगायतका १३ वटा स्तम्भ मर्मत तथा पुनर्निर्माण गरेको छैन । आजको अन्नपूर्ण पोस्ट दैनिकमा खबर छ ।

No comments:

Post a Comment

Featured Post

माओवादी केन्द्रका तीन मन्त्रीमा महरालाई अर्थ, दुई नयाँ अनुहार

काठमाडौं,साउन २० । माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा पहिलो चरणमा तीन जना मन्त्री पठाउने भ...

Popular Posts