Wednesday, June 22, 2016

आतंककारी हमलामा ज्यान गुमाएका १२ नेपालीको शव  काठमाडौंमा

काठमाडौं,असार ८ । अफगानिस्तानको राजधानी काबुलमा सोमबार भएको आतंककारी हमलामा ज्यान गुमाएका १२ नेपालीको शव काठमाडौं ल्याईएको छ । नेपाल वायु सेवा निगमको विमान मार्फत दिउँसो तीन बजे मृतकको शव नेपाल ल्याईएको हो । तालिवानको आक्रमणमा मारिएका १२ युवा कार्यरत कम्पनीकै २४ युवालाई पनि उद्धार गरी ल्याइएको छ।

विमानस्थलमा प्रधानमन्त्री केपी शर्मा ओली, गृहमन्त्री शक्ति बस्नेत र श्रम मन्त्री दीपक बोहोरासहित विसिष्ट व्यक्तिहरू पुगेका छन्। मृत्यु भएका आफन्तहरूको अहिले विमानस्थलमा भीड लागेको छ। सोमबार बिहान कम्पनीबाट क्यानाडेली दूतावासमा ड्युटीमा जाँदा १२ नेपाली युवा मारिएका थिए। अफगानिस्तानबाट तालिवानको आक्रमणका क्रममा घाइते भएका पाँच नेपालीलाई उपचारका साफी एयरको जहाजबाट नयाँदिल्ली लगिएको छ।

No comments:

Post a Comment

Featured Post

माओवादी केन्द्रका तीन मन्त्रीमा महरालाई अर्थ, दुई नयाँ अनुहार

काठमाडौं,साउन २० । माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा पहिलो चरणमा तीन जना मन्त्री पठाउने भ...

Popular Posts