Thursday, June 16, 2016

एसएलसीको नतिजा सार्वजनिक,यसरी हेर्नुहोस् नतिजा

काठमाडौं,असार २ । परीक्षा नियन्त्रण कार्यालय सानोठिमीले यस वर्षको एसएलसीको नतिजा सार्वजनिक गरेको छ । बिहीबार दिउँसो परीक्षा नियन्त्रण कार्यालयले नतिजा सार्वजनिक गरेको हो। बिहीबार सार्वजनिक नतिजाअनुसार जिपिए ३.६ भन्दामाथि ४ सम्म ल्याउनेको संख्या १६,४५४ छ। ग्रेडिङ प्रणालीमा कुल चार ग्रेड प्वाइन्ट एभरेज (जीपीए) मध्ये विद्यार्थीको प्राप्तांकअनुसार नौ तहमा वर्गीकरण गरेर नतिजा प्रकाशन गरिएको परीक्षा नियन्त्रक कृष्ण काप्रीले जानकारी दिए। एसएलसी परीक्षा गत चैत १८ देखि २९ गतेसम्म सञ्चालन भएको थियो। अघिल्लो वर्षको तुलनामा १३ दिन ढिलो गरी परीक्षा सञ्चालन गरिएको भए पनि नतिजा भने छिटो सार्वजनिक भएको हो ।

परीक्षामा नियमित, आंशिक तथा प्राविधिक धारका छात्रा र छात्र गरेर गरेर कुल ६ लाख १५ हजार ५ सय ५३ जना सहभागी भएका थिए । पनिकाको तथ्यांकअनुसार यस वर्ष छात्रका तुलनामा ३६ हजार १ सय ३५ जना बढी छात्रा परीक्षामा सहभागी थिए ।

कुल परीक्षार्थीमध्ये सामान्य धारका नियमिततर्फ ४ लाख ५२ हजार ८ सय ८१ जना थिए। तीमध्ये दुई लाख २७ हजार ५ सय ३५ जना छात्रा तथा दुई लाख २५ हजार ३ सय ४६ जना छात्र थिए।

त्यस्तै आंशिकतर्फ ९७ हजार ३६ जना छात्रा तथा ६२ हजार ३ सय ८१ जना छात्र गरेर १ लाख ५९ हजार ४ सय १७ जना सहभागी थिए। प्राविधिक धारका ३ हजार दुई सयजना परीक्षार्थी थिए। त्यसमा १ हजार २ सय ७३ जना छात्रा तथा १ हजार ९ सय ८२ जना छात्र थिए।

वेवसाइट मार्फत जानका लागि यहाँ क्लिक गर्नुहोस्
www.moe.gov.np
www.doe.gov.np
www.soce.gov.np
www.slc.ntc.net.np
www.edukhabar.com
educationsansar.com
एसएमएस मार्फत यसो गर्नुहोस्
SLC<सिम्बोल नम्बर> टाइप गरेर तलका नम्बरहरूमा पठाउनुहोस्
३५५६६, ३५००१, ३४९४९, ५००६, १६००, ३२३३३, ३३६२४ मा पनि एसएमएस गरेर आफ्नो नतिजा प्राप्त गर्न सकिने परीक्षा नियन्त्रण कार्यालयले जनाउको छ।

No comments:

Post a Comment

Featured Post

माओवादी केन्द्रका तीन मन्त्रीमा महरालाई अर्थ, दुई नयाँ अनुहार

काठमाडौं,साउन २० । माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा पहिलो चरणमा तीन जना मन्त्री पठाउने भ...

Popular Posts