Friday, June 17, 2016

सस्तोमा सुन किन्न खोज्दा गुम्यो ४० लाख

काठमाडौं,असार ४ । सस्तोमा सुन किन्न खोज्दा ४० लाख रुपैयाँ गुमेको छ । ४० लाखमा एक किलो सुन दिने भन्दै एक युवक नाटकीय शैलीमा पैसा लिएर फरार भएका हुन्। सिरहाका सन्तोषकुमार यादव र नीरजकुमार यादवको ४० लाख रुपैयाँ गुमेको हो। यादवद्वयलाई सिरहाकै अमर सोनी र नवीनकुमार चौधरीले ठगेका हुन्। गौशालाको एक होटेलमा पैसा लिएपछि अर्को कोठाबाट सुन लिएर आउने भन्दै सोनी पैसा लिएर फरार भएका हुन्।

सोनीका साथी नवीवनलाई भने प्रहरीले पक्राउ गरेको छ। सोनी भागेपछि नवीनलाई सन्तोष र नीरजले बानेश्वरमा बन्धक बनाएका थिए। एक व्यक्तिको अपहरण गरी बन्धक बनाइएको सूचनाका आधारमा प्रहरीले बिहीबार बानेश्वरको मागेश्वर मार्गस्थित राम उद्गार यादवको घरमा छापा मारेर चौधरीलाई उद्धार गरेको थियो।
अनुसन्धान गर्दा चौधरीका साथले ४० लाख लिएर भागेपछि उनलाई बन्धक बनाइएको खुलेको हो। नयाँ पत्रिका दैनिकमा समाचार छ।

No comments:

Post a Comment

Featured Post

माओवादी केन्द्रका तीन मन्त्रीमा महरालाई अर्थ, दुई नयाँ अनुहार

काठमाडौं,साउन २० । माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा पहिलो चरणमा तीन जना मन्त्री पठाउने भ...

Popular Posts