Wednesday, June 22, 2016

सरकारविरुद्ध कांग्रेस फेरी आक्रामक,भूकम्प पीडितलाई बेवास्ता गरेको भन्दै संसद अवरुद्ध

काठमाडौं,असार ९ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले व्यवस्थापिका संसद अवरुद्ध गरेको छ । भूकम्पपीडितलाई सरकारले एकमुष्ट दुई लाख रुपैयाँ प्रदान गर्नुपर्ने लगायतका माग राख्दै कांग्रेसले सरकारले भूकम्प पीडितलाई बेवास्ता गरेको भन्दै आजको संसद बैठक अवरुद्ध पारेको छ। बैठक अवरुद्ध पार्नुअघि संसदमा कांग्रेस नेता प्रकाशशरण महतले सभामुखले रुलिङ गरेको तीन दिन वितिसक्दा पनि सरकारले काम नगरेको भन्दै ‘सरकार बोल्न माहिर तर काम नगर्ने’ भएको आरोप लगाए।

भूकम्पपछिको पुनर्निर्माण प्रभावकारी नभएको भन्दै कांग्रेसले संसद चल्न नदिने निर्णय समेत गरेको छ । आफूहरुले संसदमा आवाज उठाएको नौ दिन भएको र सभामुखले रुलिङ गरेको तीन दिन हुँदा पनि सरकारबाट जवाफ नआएको भन्दै उनले संसद चल्न नदिने बताए ।

यसअघि संसदीय दलको कार्यालयमा बसेको बैठकले आफ्नो माग सम्बोधन नगरिए संसद अवरोधदेखि पीडितहरुलाई लिएर जिल्ला जिल्लामा आन्दोलन गर्ने निर्णय गरेको थियो।

कांग्रेसले दुई लाख रुपैयाँसँगै कांग्रेस नेतृत्वको सरकारले निर्णय गरेको २ प्रतिशत सहुलियत ब्याजदरमा ऋण दिने विषय तत्काल कार्यान्वयन गर्नुपर्ने माग राख्दै आएको छ।

No comments:

Post a Comment

Featured Post

माओवादी केन्द्रका तीन मन्त्रीमा महरालाई अर्थ, दुई नयाँ अनुहार

काठमाडौं,साउन २० । माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा पहिलो चरणमा तीन जना मन्त्री पठाउने भ...

Popular Posts