Tuesday, June 14, 2016

भारतबाट भित्रिएको गोलभेंडामा घातक कीरा

काठमाडौं,असार १ । खुला सीमाना र कडाइका साथ सीमा क्षेत्रमा प्लान्ट क्वारेन्टाइन परीक्षण भारतको महाराष्ट्र र कर्नाटकबाट यो कीरा प्रवेश गरेको हुन सक्ने अध्ययनमा खटिएका नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) का वैज्ञानिकले जानकारी दिएका छन् ।

टुटा अवसोल्युटा (टीयूटीए एबीएसयूएलयूटीए) वैज्ञानिक नाम भएको यो कीराले गोलभेंडा खेतीमा विश्वभर विध्वंश मचाइसकेको छ। निकै घातक मानिने यो कीरा यसअघि दक्षिण अमेरिका, अफ्रिका, मोरक्को, टयुनेसिया, फ्रान्स, इटली, अल्जेरिया, आल्वानिया, बुल्गेरिया, नेदरल्यान्ड, पोर्चुगल, इजरायल, हंगेरी, सुडान र इथोपियामा यो कीरा भेटिएको थियो ।

यस्तै सेनेगल, युरोप, इराक, टर्की, स्पेन, अफगानिस्तान, बंगलादेश, पाकिस्तान र भारतमा यो कीराको प्रकोप देखिएको थियो । पछिल्लो समय भारतको महाराष्ट्र र कर्णाटकको विभिन्न क्षेत्रमा महामारीका रूपमा फैलिएको थियो ।

नार्कको किट विज्ञान महाशाखाका प्रमुख डा.प्रेमनिधि शर्माका अनुसार भारतको महाराष्ट्र र कर्नाटकबाट राजधानी वरिपरीका क्षेत्रमा तरकारी र तरकारी जन्य वस्तु आयात हुने भएकाले विभिन्न प्रकारका कन्टेनरमार्फत यो कीरा उपत्यका क्षेत्रमा भित्रिएको अनुमान छ ।

उनका अनुसार गोलभेंडाको अध्ययन गर्ने क्रममा यही जेठ महिनामा उपत्यकाको काठमाडौं, ललितपुर, भक्तपुर, धादिङ, नुवाकोट र काभ्रे जिल्लामा यो कीराको प्रकोप भेटिएको छ। यो कीरालाई पुतली समूहको गेलिचिडायी परिवारमा वर्गीकरण गरिएको छ । आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर छ ।

No comments:

Post a Comment

Featured Post

माओवादी केन्द्रका तीन मन्त्रीमा महरालाई अर्थ, दुई नयाँ अनुहार

काठमाडौं,साउन २० । माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा पहिलो चरणमा तीन जना मन्त्री पठाउने भ...

Popular Posts