Wednesday, June 22, 2016

काबुल आक्रमणमा गम्भीर घाइते भएका च्याङ्बाको मृत्यु

काठमाडौं,असार ८ । अफगानिस्तानको काबुलमा भएको आत्मघाती आक्रमणमा परी गम्भीर घाइते भएका च्याङ्बा तामाङको पनि ज्यान गएको छ । नुवाकोटका च्याङ्वा तामाङ्को स्थानीय वेष्ट-एक्स मेडिकलमा उपचाररत अवस्थामै बुधबार अपरान्ह मृत्यु भएको छ ।

अर्का सख्त घाइते चितवनका मानबहादुर थापालाई बुधबार राति एयर एम्बुलेन्समार्फत नयाँ दिल्ली लगिएको छ । एक जनाको भने काबुलमा नै उपचार भइरहेको छ । यस्तै आक्रमणमा ज्यान गएका १२ जनाको शव बुधबार काठमाडौं ल्याएर परिवारको जिम्मा लगाइएको छ ।

No comments:

Post a Comment

Featured Post

माओवादी केन्द्रका तीन मन्त्रीमा महरालाई अर्थ, दुई नयाँ अनुहार

काठमाडौं,साउन २० । माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा पहिलो चरणमा तीन जना मन्त्री पठाउने भ...

Popular Posts