Thursday, June 30, 2016

बिजुलीको महशुल १९ प्रतिशत बढ्यो

काठमाडौं,असार १७ । विद्युत् महसुल औसतमा करिब १९ प्रतिशतले बढेको छ । विद्युत् महसुल निर्धारण आयोगले बिहीबार १ साउनबाट लागू हुने गरी महसुल बढाउने निर्णय गरेको हो । यसबाट नेपाल विद्युत् प्राधिकरणको आम्दानी करिब साढे पाँच अर्ब रुपैयाँ बढ्नेछ । साना ग्राहकले मासिक न्यूनतम ८० रुपैयाँ महसुल तिर्नुपर्ने व्यवस्था हटाइएको आयोगका अध्यक्ष जगतकुमार भुसालले बताए । नयाँ पत्रिका दैनिकमा खबर छापिएको छ ।

१५ दिनमा १ अर्ब खर्च गर्दै सरकार

काठमाडौं,असार १७ । सरकारले यही असारभित्र अर्थात अबको १५ दिनमा एक खर्ब रुपैयाँ विकास खर्च गर्दैछ। महालेखा नियन्त्रक कार्यालयका अनुसार अहिलेसम्म विकास खर्चका लागि ६७ अर्ब रुपैयाँमात्र खर्च भएको छ। आर्थिक वर्ष सकिन १५ दिन बाँकी रहेका बेला सरकारले विकास खर्चको संशोधित लक्ष्य पूरा गर्न ९२ अर्ब रुपैयाँ खर्च गर्नुपर्छ।चालू आर्थिक वर्षको बजेटमा विकास खर्चका लागि दुई खर्ब विनियोजन भएपनि अर्थ मन्त्रालयले संशोधित अनुमानमार्फत एक खर्ब ५९ अर्ब खर्च हुने अनुमान गरेको अन्नपूर्ण पोस्टमा समाचार छ।

झरी सुरु भएसँगै देशभर अहिले सडक पिच र ढल मर्मतका काम भइरहेका छन्। गुणस्तरको हिसावले यसरी पिच गरिने सडकको आयु छोटो हुने र भत्कने क्रम नरोकिए भइपनि आर्थिक वर्षको अन्त्यमा हुने विकास खर्चको गति रोकिएको छैन। अर्थविद केशव आचार्य आथिएक वषएको अन्त्यमा भौतिक प्रगतिसँगै खर्च पनि बढ्ने बताउँछन्।

शिक्षकलाई डीभी–पीआर वा जागिर त्याग्न ६० दिनको समयसीमा

काठमाडौं,असार १७ । डीभी, पीआर र ग्रिनकार्ड लिएका वा लिने प्रक्रियामा रहेका सामूदायिक विद्यालयमा कार्यरत शिक्षक र कर्मचारीलाई जागिरबाट बर्खास्त गरिने भएको छ। बुधवार राष्ट्रपतिबाट प्रमाणीकरण भई कार्यान्वयनमा आएको शिक्षा ऐनले सो ऐन लागू हुनुपूर्व यस्ता आवासीय अनुमति लिएकाको हकमा समेत लागू हुने गरी कानुनी व्यवस्था गरेको छ।

ऐनले भुतलक्षित कानुन निर्माण गर्दै विगतमा यस्तो आवासीय अनुमति लिएकालाई समेत कारबाहीको दायरामा ल्याएको हो । निजामती ऐनले सरकारी कर्मचारीलाई डीभी, पीआर र ग्रिनकार्ड लिन रोक लगाएपछि शिक्षा ऐनमा समेत यस्तो व्यवस्था गरी शिक्षकमाथि कडाइ गरिएको राजधानी दैनिकमा समाचार छ।

संशोधित ऐनमा आवासीय अनुमति लिएका र लिने प्रक्रियामा रहेकाहरुले दुई महिनाभित्र फिर्ता गरेको अवस्थामा भने माफी दिन सकिने व्यवस्था छ। ‘सामूदायिक विद्यालयमा कार्यरत शिक्षक वा कर्मचारीले स्थायी आवासीय अनुमति लिन वा त्यस्तो अनुमति प्राप्त गर्नका लागि आवेदन दिनु हुँदैन ।

यो दफा प्रारम्भ हुनु अघि कसैले स्थायी आवासीय अनुमति लिएको वा त्यस्तो अनुमति प्राप्त गर्नका लागि आवेदन गरेको भए त्यस्तो शिक्षक वा कर्मचारीलाई भविष्यमा निजले काम गरेको सेवाका लागि अयोग्य ठहरिने गरी सेवाबाट बर्खास्त गरिनेछ,’ ऐनको दफा ३० को उपदफा १६ (ङ) मा भनिएको छ।

अब १५ दिनमा जिल्लाबाटै पासपोर्ट हात पर्ने

काठमाडौं,असार १७ । राहदानीका लागि आवेदन दिएको दुई साताभित्रै जिल्लाबाटै साधारण शुल्कमा मेसिन रिडेबल पासपोर्ट ‘एमआरपी’ उपलब्ध गराउने गरी सरकारले तयारी थालेको छ। राहदानी विभागले दोब्बर राजस्व तिरेपछि तीन दिनमा नै पासपोर्ट उपलब्ध गराउने भएपछि जिल्लाबाट पनि जतिसक्दो छिटो दिन दबाब परेको हो।

जिल्लाबाट साधारणतया ५ हजार रुपैयाँ तिरेर ४५ दिनमा दिनुपर्ने पासपोर्ट नियमावलीमा उल्लेख भए पनि पछिल्लो सहजताको कारण जिल्लाले २५ दिनदेखि महिनादिनभित्र एमआरपी उपलब्ध गराउँदै आएका थिए।
राहदानी आवेदन फारम जिल्ला जिल्लाबाट जम्मा गरेका १० दिनमा विभागले ल्याउने र विभागले १० दिनपछि राहदानी दिने गरेकोमा अब ७ दिनमा विभागमा ल्याउनु पर्ने र विभागले फारम आएको भोलिपल्टै दिनुपर्ने व्यवस्था गर्न लागिएको कान्तिपुर दैनिकमा समाचार छ ।

बाबुरामको नयाँ शक्तिमा नयाँ झमेला सुरु, पूर्व माओवादीहरुमा चरम असन्तुष्टि

काठमाडौं,असार १७ । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति नेपालमा वरीयताको विषयमा पार्टीभित्र असन्तुष्टि बढेको छ। पार्टीका हालै सम्पन्न सचिवालय बैठकमा तीनजना पार्टी सहसंयोजक चयन भएपछि दोस्रो वरीयताका विषयमा पार्टीभित्र अन्योलता र असन्तुष्टि चुलिएर गएको हो ।

नयाँ शक्तिले सह संयोजकहरुमा रामचन्द्र झा, महेश कर्मोचा र दुर्गा सोबलाई चयन गरेको थियो। मधेसी कोटाबाट झा, आदिवासी जनजातिबाट कर्मोचा र महिला तथा दलितबाट समानुपातिक हुने गरी सोबलाई चयन गरेको जनाएपनि यो संरचनाले पार्टी विकास नहुने भन्दै सशस्त्र युद्ध लडेर आएका माओवादी नेताहरु भने असन्तुष्ट रहेको स्रोतले बतायो ।

नयाँ शक्तिका नेता पर्शराम तामाङले बरियताका क्रममा नसोचिएको भएपनि सहसंयोजक बनाएकाले बरियताक्रम त्यही अनुसार हुनसक्ने आजको राजधानी दैनिकमा खबर छ । कतिपय नेताले भने पार्टी सहयसंयोजक चयन नयाँ शक्तिकै अन्तरिम विधान विपरित भएको समेत टिप्पणी गरेकाछन् ।

गुन्डानाइके दीपक मनाङ्गे पक्राउ

काठमाडौं,असार १७ । गुन्डानाइके दीपक मनाङ्गेलाई प्रहरीले ठमेलबाट पक्राउ गरेको छ । प्रहरीले संगठित गुन्डागर्दीको आरोपमा मनाङ्गेलाई बिहीबार राति ठमेलको एक रेष्टुराँबाट पक्राउ गरेको हो ।

काठमाडौं प्रहरी परिसरका एसएसपी विक्रम सिंह थापाका अनुसार मनाङ्गेसँगै उनका केही सहयोगीहरु पनि पक्राउ परेका छन् । मनाङ्गेमाथि धेरै उजुरी परेको र विशेषगरि धम्क्याएर पैसा असुल्ने गरेको प्रमाण पाइएपछि उनलाई पक्राउ गरिएको हो ।

प्रहरीले मनाङ्गेले आफू भूमिगत रुपमा बसेर युवा परिचालन गरी अवैध धन्दा गर्दै आएको बताएको छ ।
प्रहरीले उनीमाथि संगठित अपराधको मुद्दा सहित जर्वजस्ती पैसा असुली, ज्यान मार्ने धम्की लगायत मुद्दा लगाउने तयारी गरेको छ ।

समर्थन गुमाउँदै डा.केसी, चिकित्सकहरु नै भए विभाजित

काठमाडौं,असार १७ । महाराजगञ्जस्थित चिकित्साशास्त्र अध्ययन संस्थानका प्राध्यापक डा. गोबिन्द केसीको घोषित आठौं आमरण अनशनले चिकित्सा समुदायमा स्पष्ट विभाजन ल्याउन थालेको छ । यसअघि चिकित्सा शिक्षा क्षेत्र सुधारका लागि राजनीतिक हस्तक्षेप र भ्रष्टाचार समाप्त गर्नुपर्ने मूख्य मागसहित केसी अनशन बस्दा उनलाई समर्थन गर्ने प्रमुख व्यक्तिहरु उनको घोषित आगामी अनशनको विरोधमा छन् वा त्यसप्रति उदासीन र मौन ।

केसी संलग्न त्रिवि शिक्षण अस्पताल प्रशासनले भने यसबारे व्यवहारिक रुपमा कुनै प्रतिक्रिया दिइसकेको छैन तर अनशन र त्यसपछि उत्पन्न हुने परिस्थितिमा पनि ठूलो अस्पताल पर्दा बिरामीहरुको स्वास्थ्य सेवा पाउने अधिकार हनन तथा अस्पताललाई आर्थिक हानि पुग्ने भन्दै चिन्ता व्यक्त गरेका आजको अन्नपूर्ण पोस्ट दैनिकमा खबर छ ।

यसअघि केसीको अनशनका कारण बिरामी विद्यार्थी र प्राध्यापक स्वयंलाई पर्ने नकारात्मक असरबारे अनसन उठाउँदै आएका आईओएमका एक प्राध्यापकले अस्पतालमा हुने अनशन र त्यसपछि उत्पन्न हुने परिस्थितिको सबै पक्षबाट मुल्यांकन गर्नुपर्ने अवस्था आएको बताए ।उनका अनुसार केसीको अनशनका विषयलाई लिएर यसपटक प्राध्यापक, अस्पतालका कर्मचारी र विद्यार्थीबीच व्यापक असन्तुष्टिसँगै विभाजन ल्याएको छ ।

उपत्यकामा ३६ वर्षपछि धेरै वर्षा

काठमाडौं,असार १७ । काठमाडौं उपत्यकामा ३६ वर्षपछि धेरै वर्षा भएको छ । उपत्यकामा बुधबार बिहान ८:४५ देखि बिहीबार बिहान ८:४५ सम्मको २४ घन्टामा ९५ मिलिमिटर वर्षा भएको छ । उपत्यकामा वर्षा भएको २४ घन्टाको रेकर्ड २७ जेठ ०३७ को २४ घन्टाको भन्दा केही कम हो । सो वर्षको २४ घन्टामा १०० दशमलव १ मिलिमिटर पानी परेको जल तथा मौसम विज्ञान विभाग पूर्वानुमान महाशाखाको तथ्यांक छ ।

उपत्यकामा यस वर्षको मनसुन सुरु भएको २८ जेठदेखि बिहीबारसम्म कुल ३९५ दशमलव २ मिलिलिटर पानी परेको महाशाखाका मौसमविज्ञ सुजन सुवेदीले जानकारी दिए ।

महाशाखाका अनुसार यसअघि मनसुन सुरु भएपछि उपत्यकामा सामान्यत: २३६ दशमलव ३ मिलिमिटर वर्षा हुने गरेको थियो । सुवेदीका अनुसार यस वर्ष पूर्वी र पश्चिमी क्षेत्रका केही ठाउामा भारी वर्षा हुनसक्ने प्रक्षेपण गरिएको छ । नेपालमा मनसुन सामान्यत: २८ जेठदेखि सुरु भएर असोज पहिलो सातासम्म सकिने अाजको नयाँ पत्रिका दैनिकमा समाचार छ ।

यस वर्षको मनसुनमा क्षेत्रगत रूपमा सुदूरपश्चिमका तराई–पहाडी क्षेत्रमा औसतभन्दा धेरै पानी पर्ने प्रक्षेपण छ । नेपालमा वर्षमा १४ सय मिलिमिटर पानी पर्ने गर्छ ।

पश्चिम नेपालमा ठूलो भूकम्प आउन सक्ने दाबी

सुर्खेत,असार १७ । सुदुरपश्चिमको पहाडी जिल्ला बझाङमा दुई दिनदेखि लगातार भूकम्पको धक्का महसुस भएपछि स्थानीयबासिन्दा त्रसित बनेका छन् । बुधबार दिउँसो २ बजे पहिलोपटक पाँच म्याग्निच्यूडको भूकम्प गएको थियो । त्यसपछि बभाङ केन्द्रविन्दु भएर लगातार भूकम्प गइरहेको छ । विहीबार दिउँसो ३ बजे सम्ममा २१ पटक पराकम्पन गएको भूकम्प मापन केन्द्र सुर्खेतले जनाएको छ ।

गोरखामा गएको भूकम्पको पराकम्पन नभई बझाङमा नयाँ भूकम्पको धक्का मापन भएको केन्द्रले जनाएको छ । बझाङ सदरमुकाम चैनपुरबाट ११ किलोमिटर उत्तरपूर्व केन्द्र बनाएर भूकम्प गएको र अहिले पनि पराकम्पनहरु नरोकिएको भूकम्प मापन केन्द्र सुर्खेतका प्राविधिक सहायक कपिल महर्जनले जानकारी दिए ।
लगातार भूकम्पका धक्काहरु महसुस भएपछि सर्वसाधारण त्रसित बनेका छन् । करिब पाँच सय वर्षदेखि पश्चिम नेपालमा ठूलो भूकम्प नगएकाले कुनै पनि बेलामा ठूलो धक्का आउन सक्ने भन्दै उच्च सतर्कता अपनाउन केन्द्रले आग्रह गरेको छ ।
‘बुधबार दिउँसोबाट लगातार बझाङ केन्द्रविन्दु बनाएर भूकम्प गइरहेको छ, अहिलेसम्म २१ पटक तीन रेक्टर स्केलभन्दा माथिका धक्का महशुस भएका छन्’ महर्जनले भने,‘भविष्यवाणी गर्न त सकिँदैन, तर कुनै पनि बेलामा पश्चिमक्षेत्रमा ठूलो धक्का आउन सक्छ । लगातार पराकम्पन हुनु पनि यसैको संकेत हो, पूर्वसतर्कता अपनाउनु नै उपयुक्त हुन्छ ।’
करिब पाँच सय वर्षदेखि नेपालको पश्चिम क्षेत्रमा ठूलो भूकम्प नगएकाले पनि जोखिम बढी भएको उनको भनाइ छ । गोरखा र बझाङको भूधरातल र बनावट एउटै प्रकृतिको भएकाले पनि यस क्षेत्रमा भूकम्पको जोखिम बढी भएको केन्द्रले जनाएको छ ।

बझाङमा गइरहेको भूकम्पको मापन गर्दै सुर्खेतस्थित भूकम्प मापन केन्द्रका प्राविधिक । तस्बिर: ललितबहादुर बुढा
महर्जनले थपे,‘बझाङमा यसअघि बैशाखमा पनि भूकम्प गएको थियो, त्यहाँ आसपासको क्षेत्रमा बेलाबेलामा धक्का महसुस हुने गरेको छ । यसपटक लगातार धक्का आइरहेको छ, सावधानी अपनाउनु हितकर हुनेछ ।’
केन्द्रका अनुसार दुई दिनको अवधिमा पाँच म्याग्निच्यूड भन्दा ठूलो धक्का भने मापन भएको छैन । केन्द्रका अर्का प्राविधिक तीर्थ दाहालले पश्चिमक्षेत्रमा पूर्वसावधानी अपनाउनुपर्ने बताए ।
‘अहिलेसम्म बझाङमा मात्र सामान्य घर र विद्यालय भवनहरु चर्किएका छन्, मानविय क्षती भएको छैन’, उनले भने, ‘तर अब सावधानी अपनाउन आवश्यक छ, कति बेला के हुन्छ ढुक्क हुने अवस्था छैन ।’
उनका अनुसार बझाङमा विस्तारै धक्काहरु कमजोर बन्दै गएका छन् । अहिले दक्षिणतर्फ रहेको इण्डियन प्लेट र उत्तरतर्फ रहेको तिब्वेतियन प्लेट एक आपसमा घर्षण भइरहेका धक्का आइरहेको केन्द्रको भनाइ छ । भूकम्पको जोखिम बढी भएको र पश्चिमक्षेत्र संवेदनशील भएकाले पनि पश्चिम क्षेत्रमा उच्च सतर्कता अपनाउन कार्यालयले आग्रह गरेको छ ।

लगातार भूकम्पको धक्का आउन थालेपछि अहिले वीरेन्द्रनगरमा रहेको भूकम्प मापन केन्द्रमा रहेका प्राविधिक तथा कर्मचारीहरु पनि सतर्क अवस्थामा छन् ।
भूकम्प मापन केन्द्र सुर्खेतले सावधानी अपनाउन आग्रह गर्दै हल्लाको पछि नलाग्न र भागदौड नगर्न सर्वसाधारणहरुलाई आग्रह गरेको छ ।
कार्यालयले होसियारीपूर्वक सचेत रहन आग्रह गर्दै नआत्तिन समेत सुझाव दिएको छ । बझाङमा भने सर्वसाधारणहरु त्रसित बनेका छन् ।
स्थानीय प्रशासनले सर्वसाधारणहरुलाई नआत्तिन आग्रह गर्दै सुरक्षाकर्मीलाई तयारी अवस्थामा रहन निर्देशन दिएको छ । बझाङमा लगातार पराकम्पन गएपछि आसपासका जिल्लामा समेत सर्वसाधारणहरु त्रसित बनेका छन् ।
-अन्नपूर्ण पोष्ट

‘संविधानविरोधी’ मन्त्रीलाई हटाउन कांग्रेसको माग

काठमाडौं,असार १७ । कांग्रेसले संविधानविपरीत अभिव्यक्ति र गतिविधि गर्दै हिँड्ने मन्त्रीहरूलाई कारबाही गर्न माग गरेको छ । बिहीबार व्यवस्थापिका–संसद् बैठकको ‘शून्य समय’मा बोल्दै कांग्रेस सांसदले उपप्रधानमन्त्रीद्वय कमल थापा र चित्रबहादुर केसीलाई कारबाही गर्न माग गरेका हुन् ।‘प्रधानमन्त्री लाचार हुनुभयो’ कांग्रेस संसदीय दलकी सचेतक ईश्वरी न्यौपानेले जिम्मेवार मन्त्रीहरूले संविधानविपरीत अभिव्यक्ति र गतिविधि गर्दा पनि प्रधानमन्त्री मूकदर्शक बन्दै लाचार भएर बसेको आरोप लगाइन् ।

‘सरकारमा सहभागी दुई दलका मन्त्री संविधानविपरीत बोल्ने मात्र होइन, सडक गतिविधिमै सक्रिय छन्, उनीहरूका गतिविधि प्रधानमन्त्री लाचार भएर हेरिरहेका छन्, प्रधानमन्त्रीले किन कारबाही गनुुहुन्न ?’ सांसद न्यौपानेले भनिन्, ‘प्रधानमन्त्रीले सदनमा जवाफ दिनुपर्छ ।’नयाँ पत्रिकामा समाचार छ ।

संविधानले आत्मसात् गरेको संघीयता, धर्मनिरपेक्षता र गणतन्त्रको विपक्षमा ती मन्त्री र तिनका दलले खुलेआम देशव्यापी कार्यक्रम गरिरहेका छन् । अहिले सरकारमा सहभागी १२ दलमध्ये संविधानविपरीत ६ दलले गतिविधि गरिरहेको आरोप लाग्दै आएको छ । ‘सरकारले मंसिरमा स्थानीय निकायको निर्वाचन गर्ने घोषणा गरेको छ, तर आफ्नै क्याबिनेटका मन्त्री संविधानविपरीत बोल्दै हिँड्दा पनि प्रधानमन्त्रीले कारबाही गर्न नसक्दा संविधान कार्यान्वयनमा शंका छ,’ न्यौपानेले भनिन् ।

पोल्याण्डलाई पेनाल्टी सुटआउटमा पराजित गर्दै हराउँदै पोर्चुगल सेमिफाइनलमा

एजेन्सी,असार १७ । पोल्याण्डलाई पेनाल्टीसुटआउटमा ५–३ ले पराजित गर्दै पोर्चुगल युरोकप फुटवलको सेमिफाइनलमा प्रवेश गरेको छ। फ्रान्समा जारी युरो २०१६ अन्तर्गत पहिलो क्वाटरफाइनल खेल निर्धारित ९० मिनेटमा अतिरिक्त ३० मिनेटको खेल एक एक गोलको बराबरीमा सकिएपछि खेलको पेनाल्टीसुटआउटमा पुगेको हो। पोर्चुगलका गोलरक्षकले रुई प्याट्रिसियाले पोल्याण्डका ज्याकुब ब्लासचोकोब्स्कीको पेनाल्टी रोके भने रिकार्डो करिज्माले विजयी पेनाल्टी गोल गरे ।

स्टेड भेलोड्रोनमा भएको खेलको दोस्रो मिनेटमै स्ट्राइकर रोबर्ट लेवान्डास्कीले गोल गर्दै पोल्याण्डलाई अग्रता दिलाएका हुन्। यसअघिका चार खेलमा गोल गर्न नसकेको लेवान्डास्कीको पोल्याण्डका लागि यो ३५ औं गोल हो। लेवान्डास्कीको गोल जारी युरोकै सबैभन्दा छिटो गोल हो। उनले १ मिनेट ४० सकेकेण्डमा गोल गरेका हुन् । यसअघि प्रिकवाटरफाइनलमा आयरल्याण्डका रोबी ब्राडीले फ्रानस विरुद्ध दोस्रो मिनेटमा गोल गरेका थिए।

३६ औं मिनेटमा पोर्चुगलका रेनाटो सान्चेजले गोल गर्दै खेल १–१ को बराबरीमा ल्याएका थिए। नानीको ब्याक पासमा गोल गरेका हुन्। उक्त गोलसँगै सान्चेज युरोकप को नकआउट राउण्डमा गोल गर्ने सबैभन्दा कान्छो खेलाडी बनेका छन्। पोर्चुगलले अब सेमिफाइनलमा वेल्स र बेल्जियमको विजेतासँग खेल्नेछ।

अज्ञात समूहले गराएको परीक्षामा ‘टपर काण्ड’

जीवन क्षेत्री

बिहार राज्य शिक्षा परिषद्ले लिएको कक्षा १२ को मानविकी विषयको नतिजा आउँदा रुबी राई नामक छात्राले ८८.८ प्रतिशत ल्याइन्। पछि उनलाई आफैंले टप गरेको विषयको नाम भन्न आएन र ‘पोलिटिकल साइन्स’लाई ‘प्रोडिगल साइन्स’ भनिन्। त्यो विषयमा के पढाइ हुन्छ त भनी सोध्दा उनको जवाफ थियोः खाना बनाने के बारे में ।

पछि पत्ता लाग्यो, उनको पढाइ र परीक्षामा उनले लेखेको कुरासँग उनको नतिजाको कुनै सम्बन्ध थिएन। उनको मात्र हैन, विज्ञान संकायका टपरको हालत उस्तै थियो। खोजबिन हुँदै जाँदा यस्ता कलेज भेटिए जसको हालत दयनीय भए पनि १,००७ जना विद्यार्थीमध्ये सबै प्रथम श्रेणीमा उत्तीर्ण भएका थिए। भारतमा अझै त्यो काण्ड सेलाइसकेको छैन। त्यो ‘टपर काण्ड’संग  सम्बन्धित नयाँ नयाँ कुरा सार्वजनिक भइरहेका छन्।

केही दिनअघि नेपालको एउटा दैनिकमा समाचार प्रकाशित भयोः ‘परीक्षामा धाँधली? परीक्षा बोर्ड सदस्यका छोराले गरे टप’ शीर्षकमा।  बिहारको भन्दा निकै फरक सन्दर्भ थियो यहाँ। देशभर नक्कली प्रमाणपत्रधारी चिकित्सकको चर्चा भइरहँदा एमबिबिएसपछि विशेषज्ञ चिकित्सक बनाउने कोर्सका लागि काठमाडौं विश्वविद्यालयमा भएको प्रवेश परीक्षामा यस्तै धाँधली भएको थियो। यो मुद्दाको अन्तिम किनारा कसरी लाग्ला हेर्न बाँकी नै छ तर नेपालमै कायम प्राज्ञिक अभ्यासको मर्यादा तोडेर सोही प्रवेश परीक्षाका लागि प्रश्नपत्र बनाउने जिम्मासमेत पाएका व्यक्तिका छोराले अस्वाभाविक रुपमा परीक्षा टप गरेका छन्।

रहस्य त कहाँ गहिरिन्छ भने, त्यो यस्तो प्रवेश परीक्षा हो, जुन कसले लिएको भन्ने अहिलेसम्म प्रस्ट छैन। काठमाडौं विश्वविद्यालयका पदाधिकारीले धेरैपटक भनिसकेः यो प्रवेश परीक्षा उनीहरुले लिएका हैनन्, अख्तियारको हवाला दिएर आएको एउटा टोलीले लिएको हो। प्रश्नपत्र बनाउनेदेखि नतिजा निकाल्नेसम्मको काम त्यही टोलीले गरेको भन्ने उनीहरुको भनाइ छ।

अख्तियारले एउटा विज्ञप्तिमा भनिसक्योः उसले यो परीक्षा लिएको हैन बरु त्यसलाई मर्यादित बनाउन नेपाल मेडिकल काउन्सिललाई भनेको मात्र हो। नेपाल मेडिकल काउन्सिलले औपचारिक रुपमा केही भनेको छैन तर अनौपचारिक रुपमा उसले पनि यसबाट हात झिकिसकेको छ। कम्तीमा काउन्सिलले विधिवत निर्णय लिएर उक्त परीक्षा लिएको हैन र ऊ लिने निकाय पनि हैन।

काठमाडौं उपत्यकाको किनारामा अवस्थित एउटा विश्वविद्यालयमा विशेषज्ञ डाक्टर बनाउन लिइएको संवेदनशील परीक्षा यसप्रकार बेवारिसे बनेको छ।  प्रवेश परीक्षाको अपनत्व कसैले नलिए पनि कुन टोली गएर त्यो सञ्चालन गर्यो भन्नेमा चाहिँ दुविधा छैन। टोलीको नेतृत्व अख्तियारका एक सहसचिवले गरेको भनेर प्रवेश परीक्षा लगत्तै आएका समाचारहरुमा भनिएको थियो।

टोलीका एक सदस्य नीलमणि उपाध्याय आर्मीको मेडिकल कलेजसित सम्बद्ध छन् तर उनी नेपाल मेडिकल काउन्सिलमा दुई कार्यकाल रजिष्ट्रार भएका व्यक्ति भनेर बढी चिनिन्छन्। पछिल्लो समय उनी अख्तियारका लागि कन्सल्टेन्टका रुपमा कार्यरत रहेको पनि भनिन्छ।

उनकै कार्यकालमा खास मेडिकल कलेजहरुको सिट काउन्सिलभन्दा बाहिरै निर्धारण हुने गरेको समाचार सार्वजनिक भएपछि स्वास्थ्य मन्त्रालयले गठन गरेको छानबिन समितिले उनलाई किन कारबाही नगर्ने भनेर सोधेको थियो। पछि एउटा निजी मेडिकल कलेजका पदाधिकारीले उपाध्यायले आफ्नो कलेजसित ८० लाख रुपैयाँ मागेको र नदिएपछि त्यसविरुद्ध लागेको तथा अख्तियारमार्फत आफ्नै साथीहरुलाई फसाएर मुद्दा लगाइदिएको गम्भीर आरोप लगाएका थिए। नटराज नामक एउटा मेडिकल कलेजका मालिकसित मिलेर उनका प्रतिस्पर्धीलाई सिध्याउन लागेको भन्ने आरोप उनले उपाध्यायलाई लगाएका थिए।

ती सबै दाबी प्रत्यक्ष पुष्टि भएका छैनन् तर काउन्सिलका पदाधिकारीमध्ये सबैले अख्तियारले हालेको मुद्दा जितेपछि उनीहरुमाथि प्रतिशोधवश मुद्दा चलाइएकोचाहिं पुष्टि भएको छ। प्रतिशोधको कारण अख्तियार प्रमुखले आफ्ना भाइको मेडिकल कलेजका लागि अस्वाभाविक रुपमा बढी सिटसहितको निर्णय बाहिरै गराएर काउन्सिलमाथि थोपर्न खोज्दा आफूले गरेको (असफल) प्रतिवाद रहेको भन्ने तत्कालीन काउन्सिल सदस्य तथा उपभोक्तावादी अभियन्ता ज्योति वानियाँले प्रस्ट खुलाइसकेका छन्। यो कुरा मिडियामा आएको मात्र हैन, अदालतमा यही बयान दिएर यसकै आधारमा उनले मुद्दा समेत जितिसकेका छन्।

त्यही समयदेखि नीलमणि उपाध्याय काउन्सिलको भन्दा अदुअआको (त्यो पनि अख्तियार प्रमुखको व्यक्तिगत) स्वार्थका लागि काम गरेको प्रस्टै देखिन्छ। एउटा निजी मेडिकल कलेजका पदाधिकारीले त्यत्रो संगीन आरोप लगाएपछि अख्तियारले त्यसको छानबिन समेत नगर्नुले पनि उनीहरुबीच कस्तो सम्बन्ध थियो, त्यो उदांगो हुन्छ।

टोलीका अर्का सदस्या शशि शर्मा त्रिविले एकपल्ट चिकित्सा शास्त्र अध्ययन संस्थान (आइओएम) को डिन पदबाट बर्खास्त गरिसकेका व्यक्ति हुन् । उपाध्यक्षका रुपमा उनी नेपाल मेडिकल काउन्सिलमा रहँदा नेपालको मेडिकल शिक्षा क्षेत्रका विकृति उत्कर्षमा पुगेका थिए। एमबिबिएसमा ५० जना राम्ररी पढाउन नसकेका कलेजहरुलाई १०० भन्दा बढी सिट दिने मात्र हैन, विशेषज्ञता तहका एमडी/एमएस र कतिमा त सुपर स्पेशलिटी तहका डिएम/एमसिएचजस्ता कार्यक्रमका लागि समेत उदारतापूर्वक अनुमति दिने व्यक्ति भनेर उनी चिनिन्छन् ।

मेडिकल शिक्षा भताभुंग बनाउनुमा उनको कति भूमिका छ भन्ने अर्को उदाहरण पनि छः तीन वर्ष अघि आइओएमले थप कलेजलाई सम्बन्धन दिन सकिंदैन भनेर प्रस्ट भनिरहँदा त्रिवि पदाधिकारीहरुले आइओएमलाई नै बाइपास गरेर आफैं टेण्डर खोलेर सम्बन्धनका लागि निवेदन मागे। त्यस्तो निर्णय लिने वैध निकाय आइओएमको फ्याकल्टी बोर्डको निर्णय अटेर गर्दै राजनीतिक पहुँचको आधारमा आउन लागेका ती कलेजहरुमा अनुगमनका लागि जानेमा शर्मा पनि थिए। एकाध घण्टा घुमेर खडेबाबाहरुको संख्या गनेपछि तुरुन्त आफू गएको कलेज सम्बन्धनका लागि योग्य छ भन्ने रिपोर्ट दिन उनलाई गाह्रो परेन किनकि त्यस खालको निर्णय पहिले गरेर औपचारिकताका लागि अनुगमनमा पठाइएको थियो र उनीलगायतका ४ जना प्राज्ञिक मर्यादा नाघेर त्यस्तो कुकर्ममा संलग्न भएका थिए। लामो समयदेखि अख्तियारको छानबिनमा रहेका उनले केही महिना अघि एकाएक अख्तियारबाट क्लिन चिट पाए ।

टोलीका अर्का सदस्य ऋषिकेशनारायण श्रेष्ठ लोकमानसिहं कार्कीको भाइको किस्ट मेडिकल कलेजमा कार्यरत छन् भने सरोज श्रेष्ठ एमबिबिएस तहको समेत शैक्षिक कार्यक्रम नभएको प्रहरी अस्पतालमा छन् । टोलीको यस्तो संरचना हुनु र परीक्षामा धाँधलीको गतिलो संकेत देखिनु के संयोग मात्र हो? त्यो त समयले बताउला तर समग्र परीक्षा प्रक्रियाको अपनत्व लिन कोही तयार नहुनुले यसभित्र कुनै गम्भीर समस्या भएको चाहिं प्रस्ट पार्छ ।

देश अहिले नक्कली सर्टिफिकेट काण्डबाट उद्विग्न छ तर सक्कली सर्टिफिकेट दिने कोर्समा भर्ना गर्ने बेला नै यसरी धाँधली हुन थालेपछि त्यो कोर्स, परीक्षा र त्यसपछि दिइने सर्टिफिकेटको मर्यादा कहाँ रह्यो? प्रधानमन्त्री कुलपति भएको संस्थामा एउटा ‘अज्ञात’ विशेषज्ञको टोली बन्दुकधारी प्रहरीसहित आएर प्रवेश परीक्षा लिन्छ अनि त्यसको अपनत्व लिन कोही पनि मान्दैनन्, विशेषज्ञहरुको नाम सुन्दा सुन्नेहरुलाई दिगमिग हुन्छ, अनि परीक्षामा महत्वपूर्ण जिम्मेवारीसहित संलग्न व्यक्तिको छोराले परीक्षा टप गर्छ, के यसको छानबिन हुनुपर्दैन?

भोलि यो परीक्षा जसले लिएको पुष्टि भए पनि यो प्रश्नको जवाफ दिर्नैपर्ने हुन्छः राम्रो नियतले परीक्षा लिइएको हो भने यसको स्वामित्व लिन किन हिच्किचाहट? आफूले गरेको काम दह्रो खुट्टा टेकेर ‘गरेकै हो’ भनेर भन्न नसक्ने निकायको सामान्यतः कार्य सम्पादन कसरी भइरहेको होला?

अख्तियारले परीक्षा लिएकै हैन भने, त्यहाँ गएर परीक्षा लिने टोलीले किन अख्तियारका हवाला दियो? यो कुरामा अख्तियारले आफैं अनुसन्धान गरेर सत्यतथ्य बाहिर ल्याउने कि काउन्सिललाई निर्देशन दिएको भनेर पन्छिने? यत्रो विवाद भएपछि यति कुरामा समेत पारदर्शिता ल्याउन नसक्ने निकायले देशमा सुशासन र पारदर्शिता कसरी ल्याउला?

देशको संवैधानिक निकाय नै यसरी विवादमा तानिएपछि सार्वभौम संसदबाहेक अरु कुनै निकायले यो विषयमा छानविन गर्न सक्ने देखिँदैन। शीघ्र छानबिन गर्नुको विकल्प पनि छैन।

 

-setopati

रियो ओलम्पिक:ब्राजिलियन टीमवाट थियागो शिल्भा आउट,को-को परे टिममा ?

एजेन्सी,असार १ । रियो ओलम्पिकको लागि घोषणा गरिएको टिमवाट पूर्वकप्तान थियागो सिल्भा, विलियन, मिरन्डा जस्ता खेलाडी आउट भएका छन् । आगामी अगस्टमा घरेलु भूमिमा हुने ओलम्पिकको लागि घोषाणा गरिएको टिममा चर्चित खेलाडीहरु पर्न असफल भएका हुन् ।

ब्राजिलका उमेर समूहका प्रशिक्षक रोगेरियो मिलेकलले घोषणा गरेको १८ सदस्यीय सूचीमा युवा स्ट्राइकर गाब्रिएल बार्बोसा पनि टीममा परेका छन्। नेमार र डगलास कोस्टा सहित फर्नाण्डो प्रास २३ वर्षमाथिका खेलाडीका रुपमा टीममा परेका छन्। ब्राजिलियन टीममा २ गोलरक्षक, ६ डिफेन्डर, ५ मिडफिल्डर तथा ५ स्ट्राइकर रहेका छन्। ओलम्पिक टीममा २३ वर्ष मुनिका खेलाडी खेलाउने भए पनि तीन जना २३ वर्षमाथिका खेलाडी राख्न पाउने नियम छ। ब्राजिलले अहिलेसम्म ओलम्पिक फुटबलको उपाधि जित्न सकेको छैन।यसपटक घरेलुटोली भएकाले ब्राजिललार्ई उपाधिको दाबेदारको रुपमा हेरिएको छ ।

ब्राजिलियन टीम

गोलरक्षक : फर्नान्डो प्रास, उइलसन
डिफेन्डर : मारक्युइनहोस, लुअन, रोड्रिगो काइओ, जेका, विलियम, युगलास सान्तोस
मिडफिल्डर : थियागो माइआ, रोड्रिगो डुराडो, फ्रेड, रफिन्हा, फिलिपे एण्डरसन
स्ट्राइकर : नेमार, डुगलास कोस्टा, गाब्रिएल जेसज, गाब्रिएल बार्बोसा, लुअन

राष्ट्रिय चलचित्र पुरस्कारः दयाहाङ र नम्रता उत्कृष्ट घोषित (बिजेताको सुची सहित)

काठमाडौं । दयाहाङ राई र नमता श्रेष्ट उत्कृष्ट अभिनेता र अभिनेत्री घोषित भएका छन् । राष्ट्रिय चलचित्र पुरस्कार २०७२ मा पुरस्कृत हुने फिल्म तथा फिल्मकर्मीहरुको नाम सार्वजनिक गर्दा अभिनेतामा कबर्डी कबर्डीबाट दयाहाङ राई र अभिनेत्रीमा क्लासिकबाट नम्रता श्रेष्ठको नाम चयन भएको छ ।गरिएको छ । चलचित्र विकास वोर्डले स्थापना दिवसको अबसरमा राष्ट्रपति भवनमा कार्यक्रम गरि नाम सार्वजनिक गरेको हो ।
उत्कृष्ट चलचित्रमा ‘पशुपतिप्रसाद’ परेको छ भने पशुपतिप्रसादबाट नै लेखनमा खगेन्द्र लामिछाने उत्कृष्ट बने । त्यस्तै सोहि फिल्मबाट उत्कृष्ट निर्देशकको पुरस्कार पनि दिपेन्द्र के खनालको जितेका छन् । छायाँकनमा ‘ड्रिम्स’बाट सञ्जय लामा र पुरुषोत्तम प्रधानले पुरस्कार आफ्नो पक्षमा पारेका छन् । सम्पादन तर्फ ‘क्लासिक’ फिल्मबाट सुरेन्द्र पौडेल उत्कृष्टको सूचीमा परेका छन् ।

आदिवासी जनजाती फिल्म तर्फ गुरुङ भाषाको फिल्म ‘यम्फु देवराली’ उत्कृष्ट बनेको छ भने जुरीले प्रदान गर्ने अधिकार पाएको विशेष पुरस्कारको हकदार नव निर्देशकमा भुवन केसी बनेका छन् । यसैबीच लाईफटाईम एचिभमेन्ट पुरस्कार नेपालकी पहिलो अभिनेत्री बसुन्धरा भुषाललाई प्रदान गरिने भएको छ । भुषाललाई जनही ३ लाख ५१ हजार र सम्मान पत्रले सम्मानित गरिने भएको हो ।

बझाङमा २१ पटक भूकम्पको धक्का,स्थानीय त्रसित, सुरक्षाकर्मी सतर्क अवस्थामा

बझाङ,असार १६ । बझाङ जिल्लाका बिभिन्न भूभाग केन्द्रबिन्दु भएर बुधवार देखि सुरु भएको भूकम्पको धक्का अझै जारी छ । दुईदिनमा गरि २१ वटा धक्काहरु गएका छन् । पराकम्पन नरोकिएपछि स्थानीय त्रसित छन् । सम्भावित क्षतिलाई मध्यनजर राख्दै सुरक्षाकर्मीलाई सतर्क अवस्थामा राखिएको छ ।

बुधबार दिउँसो २ बजेर ५५ मिनेटमा आज दिउँसो २ बजेर ५५ मिनेटमा पहिलो भूकम्प गएको र ५ बजेर ५१ मिनेटमा १३ औं भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्र काठमाडौँले जनाएको थियो । भूकम्प मापन केन्द्र सुर्खेतका अनुसार २ बजेर ५५ मिनेटमा ५ रेक्टर स्केलको, ३ बजेर ११ मिनेटमा ४ दशमलव २ रेक्टर स्केलको, ३ बजेर २८ मिनेटमा ३ दशमलव ८ रेक्टर स्केलको र ३ बजेर २९ मिनेटमा ३ दशमलव ६ रेक्टर स्केलको भूकम्प गएका हुन् । राति अबेरसम्म १६ वटा पराकम्पन गएका थिए ।

१६ वटै भूकम्पको केन्द्रविन्दु बझाङको सदरमुकाम चैनपुरबाट ११ किलोमिटर उत्तरपूर्वको मयानामा परेको थियो । राति अबेरसम्म १६ वटा पराकम्पन गएका थिए भने बिहीबार मध्यान्हसम्म ५ वटा पराकम्पन गएका भूकम्प मापन केन्द्र सर्खेतका प्राविधिक सहायक तिर्थ दाहालले जानकारी दिए ।

Wednesday, June 29, 2016

कांग्रेसमा हजार पद रिक्त, कार्यकर्ता बेरोजगार

काठमाडौं,असार १६ । १३ औं महाधिवेशनपछि कांग्रेसमा हजारभन्दा बढी पद रिक्त रहेको पाइएको छ ।
ठूलो संख्यामा पद रिक्त भए पनि सभापति शेरबहादुर देउवाले विधानअनुसार काम नगर्दा कांग्रेसका नेता कार्यकर्ता भने काम नपाएर बेरोजगार बन्न पुगेका छन् । महाधिवेशनबाट पारित पार्टी विधानअनुसार निर्वाचित सभापतिले कांग्रेसको महाधिवेशन सकिएको दुई महिनाभित्रै सबै निकाय र तहमा मनोनयान पूरा गरिसक्नुपर्ने व्यवस्था छ ।

तर, सभापति देउवाले केन्द्रीय समिति र विभाग प्रमुख पनि किस्ताबन्दीमा गरिरहेका कारण अझै लामो समय कार्यकर्ता बेरोजगार नै बन्नुपर्ने देखिएको आजको राजधानी दैनिकमा समाचार छ । किस्ताबन्दी मनोनयन पनि निकै कम पदमा मात्रै भएको छ ।

सभापति देउवाले ४२ वटा विभागमा मनोनयान गर्न बाँकी छ । एउटा विभागलाई पूर्णता दिँदा मात्रै पनि २१ जना नेताले काम पाउँछन् । विभागमा पूर्णता नहुँदा कांग्रेसका ८ सय ८२ कार्यकर्ता बेरोजगार भएका छन् ।
ज्येष्ठ राजनीतज्ञ सभा, संसदीय बोर्ड, अनुशासन समिति लगायतमा पनि मनोनयन गर्न बाँकी नै छ ।

दाताको सहमतिविना एकमुष्ट २ लाख अनुदान असम्भव

काठमाडौं,असार १६ । भूकम्पपीडितलाई एकमुष्ट २ लाख रुपैयाँ अनुदान उपलब्ध गराउन दातासँग गरिएको सम्झौता बाधक देखिएको छ । तत्कालीन अर्थमन्त्री डा. रामशरण यमहतले विश्व बैंकलगायतका दाताहरुसँग गरेको सम्झौताका कारण सरकारले चाहेर पनि एकमुष्ट दुई लाख रुपैयाँ दिन नसक्ने देखिएको हो ।

भूकम्पपछिको पुनर्निर्माणका लागि आयोजना गरिएका दाता सम्मेलनअनुसार अघिल्लो सरकारले विश्व बैंकसहित उसको अगुवाइमा दातृ निकायसँग समझौता गरेको थियो । तत्कालीन प्रधानमन्त्री सुशील कोइरालाको निर्देशनमा अर्थमनत्री महले २९ साउन २०७२मा दातृ निकायसँग सम्झौता गरेका हुन् । आजको राजधानी दैनिकमा समाचार छ ।

भूकम्पपीडितलाई एकमुष्ट रुपमा अनुदान रकम दिन नपाइने किटानी व्यवस्थासहत राखिएका अन्य कतिपय अव्यवहारिक प्रावधानकै कारण पीडितले लामो समयसम्म अनुदानसमेत पाउन नसकेको पाइएको छ । दातासँग गरिएको समझौतामा दुर्ए किस्ताभन्दा बढीमा मात्रै अनुदान बाँड्न पाइने उल्लेख छ ।

एमालेमा सबै उपाध्यक्षले मागे नयाँ जिम्मेवारी,प्रदेश कमिटीपछि भूमिकाविहीन

काठमाडौं,असार १६ । एमालेका केन्द्रीय उपाध्यक्षहरूले नयाँ जिम्मेवारी माग गरेका छन्। स्थायी कमिटीले सातवटै प्रदेशमा प्रदेश संगठन कमिटी गठन गरेपछि ‘बेरोजगार’ बन्ने स्थिति आएको भन्दै चारै उपाध्यक्षले नयाँ जिम्मेवारी माग गरेका हुन्। तत्कालीन उपाध्यक्ष विद्या भण्डारी राष्ट्रपतिमा निर्वाचित भएपछि एक उपाध्यक्षको पद भने रिक्त छ। नयाँ पत्रिका दैनिकमा समाचार छ।

प्रदेश कमिटीपछि उपाध्यक्ष भूमिकाविहीन

नवौँ महाधिवेशनबाट पारित एमाले विधानमा पाँच उपाध्यक्षलाई पाँच विकास क्षेत्रको कामको अनुगमन र संयोजन गर्ने जिम्मेवारी दिइएको छ।

तर, प्रदेश कमिटी गठनसँगै पुरानो ढाँचाको अञ्चल र विकास क्षेत्र स्वत: खारेज भएपछि उपाध्यक्षहरू भूमिकाविहीन भएका हुन्। एमालेले स्थायी समितिबाट करिब पाँच सय नेता–कार्यकर्ता रहने गरी अघिल्लो साता प्रदेश संगठन कमिटी गठन गरिसकेको छ। तर, संयोजकको टुंगो लगाएको छैन।

संयोजकको ‘सकस’मा तीनपटक बैठक स्थगित

प्रदेश संगठन कमिटी गठनसँगै एमालेमा संस्थापन र वरिष्ठ नेता माधवकुमार नेपाल समूहबीच संयोजक र सचिवमा विवाद देखिएको छ। विवादकै कारण गत ४ असारयता तीनपटक डाकिएको स्थायी समिति बैठक स्थगित भएको छ।

तीन संयोजकमा नेपाल पक्षको दाबी

सात संयोजकमध्ये तीन संयोजक दिन संस्थापन पक्ष तयार भए नेपाल पक्ष सहमतिमै टुंग्याएर जाने निष्कर्षमा पुगेको छ। ‘चार उपाध्यक्षमध्ये हामीले कम्तीमा तीनवटा क्षेत्रको संयोजकको जिम्मा पाउँछौँ, बाँकी उहाँहरूले ज–जसलाई बनाउँदा पनि हुन्छ,’ नेपालनिकट एक नेताले भने, ‘महाधिवेशनयता सहमतिमै सबै टुंगिएकाले हामी अड्काउने पक्षमा छैनौँ, त्यसरी जाँदा कुरा मिल्न सक्छ।’

संस्थापनको प्रस्ताव

प्रदेश १– संयोजन/अनुगमनकर्ता– अष्टलक्ष्मी शाक्य/ईश्वर पोखरेल संयोजक–सुवास नेम्वाङ
प्रदेश २– संयोजन/अनुगमनकर्ता–घनश्याम भुसाल संयोजक–सत्यनारायण मण्डल
प्रदेश ३– संयोजन/अनुगमनकर्ता–ईश्वर पोखरेल/अष्टलक्ष्मी शाक्य संयोजक–सुरेन्द्र पाण्डे
प्रदेश ४– संयोजन/अनुगमनकर्ता–विष्णु पौडेल संयोजक–किरण गुरुङ
प्रदेश ५– संयोजन/अनुगमनकर्ता–वामदेव गौतम संयोजक–शंकर पोखरेल
प्रदेश ६– संयोजन/अनुगमनकर्ता–युवराज ज्ञवाली संयोजक–मुकुन्द न्यौपाने
प्रदेश ७– संयोजन/अनुगमनकर्ता–भीमबहादुर रावल संयोजक–छविलाल विश्वकर्मा

माओवादी केन्द्रका नेताहरू नयाँ सरकार समीकरणको कसरतमा

काठमाडौं,असार १६ । प्रधानमन्त्री केपी ओली नेतृत्वको सरकारको विकल्प खोज्न प्रमुख प्रतिपक्ष कांग्रेस र सत्ता घटक नेकपा माओवादी केन्द्रका नेताहरूले अनौपचारिक छलफल तीव्र बनाएका छन् । एमालेले मागेको ‘असार १५ सम्मको समयसीमा’ पूरा भएको भन्दै माओवादी नेताहरू नयाँ सरकार समीकरणको कसरतमा लागेका हुन्।

कान्तिपुर दैनिकमा खबर छ – स्रोतका अनुसार केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले एमालेसँगको भद्र सहमति कार्यान्वयन नहुने संकेत पाएपछि कांग्रेससँग मिलेर सरकार बनाउने गृहकार्य थालेका हुन् । उनी कांग्रेससँग विश्वासको वातावरण बनाउन जुटेका छन् । असार ७ मा कांग्रेस सभापति शेरबहादुर देउवाले भेट्दा दाहालले बजेट पारित भएपछि सरकारको विकल्प खोज्न आफू तयार रहेको बताएका थिए ।

सत्तारूढ मुख्य घटक एमालेका नेताले वैशाख २३ गते दाहाल निवास लाजिम्पाटको भेटवार्तामा जेठ मसान्तसम्म पर्खन दाहाललाई आग्रह गरेको चर्चामा आएको थियो । फेरि एमालेसँग जेठ अन्तिममा छलफल गर्दा बजेट अनुमोदनलगायत कारणले असार १५ सम्म पर्खन आग्रह गरेको माओवादी नेताहरूको भनाइ छ।

‘उहाँहरूले माओवादीसित कुरा गर्दा बुधबार असार १५ सम्मको समयसीमा माग्नुभएको हो,’ माओवादी केन्द्रका नेता वर्षमान पुनले भने, ‘भोलि (बिहीबार) देखि हामी एमालेसँग कुनै पनि खाले सम्झौताको बन्धनमा छैनौं, अब आफ्नै हिसाबले अगाडि बढ्छौं।’

पुनले यसबीचमा कांग्रेससँग नयाँ सरकार समीकरणको सम्भावना र तयारीबारे अनौपचारिक तहमा निरन्तर कुराकानी भएको खुलाए । बुधबार बेलुकी बसेको माओवादी संसदीय दलको बैठकमा नयाँ सहमतीय सरकारको गठनबारे छलफल भएको छ।

दाहाल सकेसम्म आफ्नै नेतृत्वमा सहमतीय सरकारका लागि प्रयास गर्ने, नभए बहुमतीय सरकार भए पनि ओलीको विकल्प खोज्नुपर्ने निचोडमा पुगेको स्रोतको दाबी छ । प्रमुख प्रतिपक्षी कांग्रेस राष्ट्रिय सहमति बन्ने अवस्था नभएको बताउँदै माओवादी केन्द्र र मधेस केन्द्रित दललाई साथमा लिएर सरकार बनाउने पक्षमा छ ।

अफगानिस्तान पठाउन पाँच तहमा दलाली

काठमाडौं,असार १६ । नेपाली कामदारलाई गैरकानुनी रुपमा अफगानिस्तान पठाउन पाँच तहसम्मका गिरोह सक्रिय हुने गरेको रहस्य खुलेको छ । आकर्षक कमाई हुने प्रलोभन देखाएर विभिन्न तहमा रहेका दलालले अफगानिस्तान जान चाहनेबाट प्रतिकामदार सात लाख रुपैयाँदेखि १० लाख रुपैयाँसम्म असुल्ने गरेका छन् । यस्ता दलालको प्रमुख राजनीतक दलका उच्चनेता, प्रशासक लगायतसँग सीधा सम्बन्ध हुने गरेको छ ।

दलालीबाट आर्जित रकमको केही हिस्सा उच्च प्रशासनिक र राजनीतिक तहसम्म पुग्ने गरेको स्रोतले बताएको आजको अन्नपूर्णमा समाचार छ । केही दिनअघि अफगानिस्तानमा आतंककारीले आक्रमण गर्दा नेपाली कामदारहरुको ज्यान गुमाएपछि यो तथ्य खुलेको हो। चारपाँच वर्षअघिसम्म भारतीय मार्ग हुँदै अफगानिस्तानमा अबैध तरिकाले कामदार लैजाने गरिन्थ्यो । पछिल्लो समयमा भारतीय रुटबाट कडाइ हुन थालेपछि दलालले दुबई र कुबेतलाई प्रमुख ट्रान्जिट बनाएको वैदेशिक रोजगारसम्बद्ध सोतले बतायो ।

एक तहका दलाल नेपाल बस्छन् । गाउँदेखि सहरसम्म धेरै कमाउने प्रलोभनमा विदेश जान चाहने युवा खोज्छन् । जानेको पहिचान भइसकेपछि तीनचार चरणमा पैसाको बार्गेनिङ हुन्छ। पैसाको लेनदेनको खाका तयार भएपछि अफगानिस्तान पठाउन सेटिङ तयार हुन्छ । यहाँ रहेका गिरोहको जालो दुबई, कुबेत, नयाँ दिल्ली र अफगानिस्तानसम्म फैलिएको छ ।

अवैध तरिकाबाट दुबई पठाउन सबैभन्दा सजिलो तरिका भिजिट भिसा हो । घुम्न जाने भनेर भनेर दुबईको भिसा लागेसँग जान चाहनेले पहिलो किस्ता बुझाउँछन् । त्यहाँपुगेपछि फेरि अर्को दलालसँग सम्पर्क हुन्छ । त्यपछि त्यहाँका दलाले दुबईमा सेटिङ मिलाएर अफगानिस्तान पठाउने गर्दछ ।

मध्यपहाडी लोकमार्गमा फाइबर, टेलिकमसँग सम्झौता

काठमाडौं,असार १६ । मध्यपहाडी लोकमार्गमा अप्टिकल फाइबर विछ्याउन नेपाल दूरसञ्चार प्राधिकरण र नेपाल टेलिकमबीच सम्झौता भएको छ । गोरखाको आरुघाटदेखि पाँचथरको चियो भञ्ज्याङसम्म् फाइबर विछ्याउन बुधबार एक कार्यक्रमबीच सम्झौता भएको हो । सम्झौतामा प्राधिकरण अध्यक्ष दिगम्बर झा र टेलिकमका महाप्रवन्धक बुद्धिप्रसाद आचार्यले हस्ताक्षर गरेका छन् ।

ग्रामीण दूरसञ्चार सवकास कोषको रकम प्रयोग गरी मध्यपहाडी लोकमार्गमा फाइबर विछ्याइनेछ । शहरोन्मुख बस्तीका साथै उत्तर दक्षिण जोड्ने सडकको माध्यमबाट पूर्व पश्चिम राजमार्ग समेतलाई जोड्ने गरी फाइबर बिछ्याउने सम्झौता गरिएको हो । देशभर फाइबर सञ्चालल बनाउने योजनाअनुरुप नेपाल टेलिकमसँग सम्झौता गरिएको हो । कोषमा १२ अर्ब रुपैयाँ जम्मा हुँदा पनि उपभोगमा आउन सकेको थिएन । आजको आर्थिक अभियानमा समाचार छ ।

तीन घण्टामा १३ पटक भूकम्पको धक्का महसुस, स्थानीयबासी त्रसित

बैतडी,असार १५ । सुदूरपश्चिमको पहाडी जिल्ला बझाङमा आज लगातार भूकम्प गएका छन् ।आज दिउँसो २ बजेर ५५ मिनेटमा पहिलो भूकम्प गएको र ५ बजेर ५१ मिनेटमा १३ औं भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्र काठमाडौँले जनाएको छ । भूकम्प मापन केन्द्र सुर्खेतका अनुसार २ बजेर ५५ मिनेटमा ५ रेक्टर स्केलको, ३ बजेर ११ मिनेटमा ४ दशमलव २ रेक्टर स्केलको, ३ बजेर २८ मिनेटमा ३ दशमलव ८ रेक्टर स्केलको र ३ बजेर २९ मिनेटमा ३ दशमलव ६ रेक्टर स्केलको भूकम्प गएका हुन् । तेह्रवटै भूकम्पको केन्द्रविन्दु बझाङको सदरमुकाम चैनपुरबाट ११ किलोमिटर उत्तरपूर्वको मयानामा परेको छ । भूकम्पपछि स्थानीय जनता घरबाहिर र खुला ठाउँमा जम्मा भएका छन् ।

उच्च माध्यमिक शिक्षा परिषद् भंग,उपाध्यक्ष शर्माको बिदाइ

काठमाडौं,असार १५ । शिक्षा ऐन (आठौं संशोधन), २०७३ प्रमाणीकरणसँगै उच्च माध्यमिक शिक्षा परिषद् राष्ट्रिय परीक्षा बोर्डमा रुपान्तरण भएको छ । राष्ट्रपतिबाट बुधबार प्रमाणीकरण भएको सो ऐनले परिषद्लाई बोर्डमा रुपान्तरणको प्रबन्ध गरेका कारण परिषद्का उपाध्यक्ष चैतन्य शर्माको आज बिदाइ भएको छ । उनलाई आज भक्तपुरस्थित परिषद् कार्यालयमा कर्मचारीले बिदाइ गरेका हुन् । शर्मा २०७१ चैतमा नियुक्त भएका थियो । सदस्यसचिव नारायणप्रसाद कोइराला भने परिषद्को सहसचिवस्तरका कर्मचारी भएकाले उनले आफ्नो कामलाई फरक हैसियतमा निरन्तरता दिनेछन्।

शर्माले माध्यमिक शिक्षाको पाठ्यक्रम र परीक्षा व्यवस्थापनमा नयाँ संरचना आएको र यसले जटिलता थपिन सक्ने भएकाले सरकारले पर्याप्त मानव स्रोत र भौतिक पूर्वाधारको व्यवस्था गर्नुपर्ने बताए। परिषद् मातहत रहेका तीन हजार ६०० उमावि अब शिक्षा विभागको मातहत रहनेछन् । दस जोड दुई कक्षा मात्र सञ्चालन भएका विद्यालयले तलको कक्षा पनि सञ्चालन गर्नुपर्नेछ ।

ऐनले विसं २०४६ मा स्थापित परिषद्लाई बोर्डमा रुपान्तरण गराई हालको कक्षा १० को प्रवेशिका परीक्षा अन्त्य गरेको छ । अब कक्षा १२ मा राष्ट्रिय परीक्षा हुनेछ । बोर्डको अध्यक्षको नियुक्तिका लागि सिफारिस गर्ने समितिमा लोकसेवा आयोगको अध्यक्षको अध्यक्षतामा ख्याति प्राप्त शिक्षाविद्मध्येबाट कम्तीमा एक जना महिला पर्ने गरी शिक्षा मन्त्रालयले मनोनयन गरेका दुई जना सदस्य रहेको सिफारिस समिति रहनेछ। मन्त्रालयको प्रत्यक्ष निकायका रुपमा बोर्ड आउने भएपछि परिषद्का कर्मचारीमा कसरी समायोजन हुने भन्ने अन्योलसमेत देखिन्छ।

भर्ना प्रक्रियामा थप व्यवस्था
यसैबीच, परिषद्ले कक्षा ११ मा भर्ना हुन विद्यार्थीले रोजेको विषय पढ्न ‘सि प्लस’ ल्याउनुपर्ने भन्ने यसअघिको प्रावधान संशोधन गरी व्यवस्थापन समूहमा भर्ना हुन गणितमा ‘डि प्लस’ र मानविकी, शिक्षा समूहमा सम्बन्धित विषयमा ‘डि प्लस’ ल्याए पनि हुने भएको छ । शिक्षामन्त्री तथा परिषद्का अध्यक्ष गिरिराजमणि पोखरेलको अध्यक्षतामा आज बसेको बैठकले यस्तो निर्णय गरेको हो ।

युरोकप:क्वाटरफाइनलमा खेल्न नपाउने खेलाडीहरु,को-को परे त ?

एजेन्सी,असार १५ । फ्रान्समा जारी युरोकप फुटबल अन्तर्गत बिहीबारदेखि क्वाटरफाइलनको खेल सुरु हुँदैछ । २४ टोलीको सहभागिता रहेको युरोमा ४४ खेल सकिसकेका छन् भने अब ७ खेल मात्र बाँकी छ। अन्तिम १६ मा राम्रो प्रर्दशन गरेर पनि क्वाटरफानलमा तीन देशका चार खेलाडीले भने खेल्न पाउने छैनन्। उनीहरु दोहोरो पहेलो कार्ड खादै खेल गुमाउन लागेका हुन् ।

फ्रान्सका एन गोलो कोन्टे र एदिल रामी, बेल्जियमको थोमस भर्मालेन र इटलीका थिएगो मोट्टा रहेका छन्। यस्तै पोल्याण्डका बार्तोस कपुस्का भने सस्पेन्सबाट फर्केका छन्। उनले पोर्चुगल विरुद्धको खेल खेल्न पाउनेछन्। आयोजक फ्रान्सँगै, जर्मनी, इटली, बेल्जियम, वेल्स, पोर्चुगल, आइसल्याण्ड र पोल्याण्ड क्वाटरफाइनलमा पुगेका छन् भने डिफेन्डिङ च्याम्पियन स्पेन र अर्को दाबेदार इंगल्याण्ड बाहिरिसकेको छ।

राष्ट्रपतिबाट शिक्षा ऐन आठौं संशोधन विधेयक प्रमाणिकरण

काठमाडौं,असार १५ । राष्ट्रपति विद्यादेवी भण्डारीले शिक्षा ऐन (आठौं संशोधन) विधेयक, २०७३ प्रमाणिकरण गर्नुभएको छ । व्यवस्थापिका संसदले गत जेठ २२ पारित गरेर प्रमाणिकरणका लागि राष्ट्रपति समक्ष पठाइएको सो विधेयक राष्ट्रपति भण्डारीले बुधबार प्रमाणिकरण गर्नुभएको हो ।

‘व्यवस्थापिका संसद बैठकबाट पारित भई प्रमाणीकरणको लागि पेश हुन आएको शिक्षा ऐन (आठौं संशोधन) विधेयक, २०७३ नेपालको संविधानको धारा ११३ को उपधारा (२) बमोजिम प्रमाणीकरण भएको छ,’ राष्ट्रपति कार्यालयबाट बुधबार जारी बिज्ञप्तिमा लेखिएको छ ।

कृषि मन्त्रीको धान दिवस: गलैचाँमाथि गमला,गमलामाथि धान रोपाईँ

काठमाडौं,असार १५ । कृषिमन्त्री हरिबोज गजुरेलले करुवाले पानी हालेर गमलामा रोपाईँ गर्दै असार १५ मनाएका छन् । राष्ट्रिय कृषि अनुसन्धान परिषद् पुगेका मन्त्री गजुरेलले गमलामा धान रोपेर असार १५ को धान दिवस मनाएका हुन् ।

कार्यक्रमको शुभारम्भमा कृषिमन्त्रीले गमलामा धान राृप्दा मन्त्रालयका एक कर्मचारीले करुवाबाट पानी हालेर उनलाई सघाएका थिए । गमलामा धान रोपेसँगै देशमा कृषिलाई निर्वाहमुखीबाट व्यवसायीकरण गर्न आधुनिकिकरणमा जोड दिनुपर्ने बताए। ​

भूकम्प पीडितलाई पहिलो किस्तामा १ लाख ५० हजार दिने सहमति

काठमाडौं,असार १५ । सत्तारुढ र प्रमुख प्रतिपक्षी दलवीच भूकम्प पीडितलाई घर निर्माणका लागि पहिलो किस्तामा १ लाख ५० हजार रुपैयाँ दिने सहमति भएको छ । संसद भवन नयाँ बानेश्वरमा बुधबार बिहान बसेको शीर्ष नेताहरुबीच भएको बैठकमा उक्त सहमति भएको हो। भूकम्प पीडितलाई एकमुष्ट रकम दिन माग गर्दै कांग्रेसले पटक पटक सदन अवरोध गर्दैआएपछि सरकार पहिलो किस्तामा नै १ लाख ५० हजार तयार भएको हो । दोस्रो किस्ता ५० हजारको हुनेछ । उक्त सहमति पछि अब संसदको अवरोध हट्ने भएको छ ।

Tuesday, June 28, 2016

नुवाकोटमा पहिरोले घर पुर्दा दुई बालकको ज्यान गयो

नुवाकोट,असार १५ । नुवाकोटको बुङताङमा गएको पहिरोमा परि दुईजनाको ज्यान गएको छ । बुधवार बिहान बुङताङ–४ डोटाटोलका मेघबहादुर तामाङको घर पहिरोले पुर्दा दुई बालकको ज्यान गएको छ। बिहान ८ बजेतिर पहिरोमा परि मेघबहादुर छोराहरु १३ वर्षीय छोरा आइतराम र ६ वर्षीय आशिषको ज्यान गएको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ।

पहिरोमा परी तामाङका ९ वर्षीया छोरी विमला सामान्य घाइते भएकी छन्। घाइते तथा मृतकको स्थानीयवासीले तत्काल उद्धार गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक ऋषिराम कँडेलले जानकारी दिए।

गाईको पिसाबमा सुन भेटियो,दुधमात्र होइन सुन पनि दिने

एजेन्सी । गाईको गहुँतमा सुन भेटिएको दाबी वैज्ञानिकले गरेका छन् । भारतको गुजराँतको जूनागढ कृषि विश्वविद्यालयका प्राध्यापक डाक्टर बि ए गोलकियाले एक लिटर गहुँतबाट ३ देखि १० मिलिग्रामसम्म सुन निकाल्न सकिने दाबी गरेका हुन् । विश्वविद्यालयको बायोटेक्नोलोजी विभागका अध्यक्ष समेत रहेका डा.गोलकियाले आफ्नो ४ बर्षको अनुसन्धानमा ४०० भन्दा बढी गाईको गहुँत जाँच गरेका थिए ।

त्यस क्रममा उनले ३ देखि १० मिलिग्रामसम्म सुन निकाल्न सफल भएको दाबी गरेका हुन् । शोधकर्ताका अनुसार गाइको साथै उँट, भैँसी तथा भेँडाको पिसाब पनि परीक्षण गरिएको थियो । तर अन्यको पिसाबमा सुन भेटिएन, केबल गाइको पिसाबमा मात्र सुन भेटियो । साथै शोधकर्ताहरुले गौमूत्रमा ३ सय ८८ प्रकारका औषधीय तत्व समेत फेला पारेका छन् । यी औषधिय तत्वमा मानिसको सरीरमा लाग्ने विभिन्न खाले रोग निको पार्ने दाबी शोधकर्ताको छ ।

बालुवाटारमा बूढा मन्त्री र तन्नेरी कार्यकर्ताको बाझाबाझ

काठमाडौं,असार १५ । बूढा मन्त्री र तन्नेरी कार्यकर्ताको एकैपटक बाझाबाझ । अस्ति सोमबार, राति ११ बजेदेखि बालुवाटारमा यस्तो चल्यो, सकिँदा भोलीपल्ट अर्थात्, अस्ति विहान १ बजिसकेको थियो । मन्त्रालय बाँडफाँडदेखि नै असन्तुष्ट रहँदै आएका खेलकुद मन्त्री सत्यनारायण मण्डल मध्यरात प्रधानमन्त्री केपी ओलीसँग भन्दै थिए, ‘आखिर म मधेसी न परेँ । एउटा मधेसीलाई मन्त्री बनाएको छु भनेर भाषण त गर्नुहुन्छ, तर ममाथि भएको अपमान टुलुटुलु हेरेर बस्नुभएको छ । कतिपल्ट भनिसकेँ मलाई न्याय दिनुस् कमरेड । न्याय नदिनु पनि अन्याय हो । तपार्ई पनि मधेसीमाथि अन्याय गर्न पछि पर्नु भएन,आजको जनआस्था साप्ताहिकमा खबर छ ।

यसरी यी बृद्ध मन्त्रीको पारो छुट्नुको कारण थियो, त्यही दिन दिउँसोको एउटा घटना । अमेरिकी राजदूत एनाइना बी टेप्लिजले शिष्टाचार भेटका लागि तीन दिनअघि परराष्ट्र मन्त्रालय हुँदै खेलकुद मन्त्रालयमा पत्राचार गरेकी थिइन् । सोमबार बिहानबाट बालुवाटारमा स्थायी कमिटी बैठक चलिरहेको थियो । प्रदेश संयोजक छान्ने विषयमा लफडा चल्दा बैठक लम्बियो ।

गागालाई चीनमा प्रतिबन्ध 

एजेन्सी । चीनको सत्तारुढ कम्युनिष्ट पार्टीले पप गायिका लेडी गागालाई चीनमा प्रतिबन्ध लगाएको अनुमान अहिले हलिउडमा भाइरल भएको छ । गागाले तीब्बती आध्यात्मिक गुरु दलाई लामासँग भेटेपछि सो प्रतिबन्ध लागेको अनुमान गरिएको छ ।

बेलायती पत्रिका द गार्जियनका अनुसार २६ जुनमा गागाले दलाई लामालाई भेटेकी थिइन् । १९ मिनेट लामो भेटघाटको भिडियो गागाले फेसबुकमा समेत राखेकी छन् । अहिले त्यो भिडियो भाइरल भएको छ। नयाँ पत्रिका दैनिकमा खबर छापिएको छ ।

एसएमएस गरेर खुमबहादुरलाई मार्ने धम्की

काठमाडौं,असार १५ । नेपाली कांग्रेसका प्रूभावशाली नेता एक व्यक्तिले एसएमएस गरी मार्ने योजना रहेको बताएपछि नेपाल प्रहरी उक्त व्यक्तिको खोजीमा लागिपरेको छ । उपचारका लागि भारत गएका खड्का गत शनिबार साँझ स्वदेश फर्किएका थिए । उनी फर्किए लगत्तै आइतबार एनसेलको नम्बर प्रयोग गरी खड्काका स्वकीय सचिव रामेश्वर यादवको नम्बरमा कसैले आपत्तिजनक एसएमएस पठाएको थियो ।

एसएमएसमा लेखिएको छ, ‘आज खुमबहादुरलाई मार्ने प्लान भइरहेको छ, बचके रहो ।’ उक्त ब्यहोराको सन्देश हत्याका योजनाकार मध्ये कै कसैले धम्काउनका लागि पठाएको हो या खड्कालाई सचेत गराउनका निम्ति यसो गरेको हो भन्ने स्पष्ट हुन सकेको छैन ।

नम्बर प्रयोगकर्ताको गिरफ्तारी पछि मात्र यसको रहस्योद्घाटन हुने अपेक्षा राखिएको छ । खड्काले नेपाललाई हिन्दु राष्ट्र बनाउनुपर्छ भन्दै अभियान चलाउँदै आएका छन् । २०६४ को संविधानसभाको निर्वाचनअघि तत्कालिन प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला र गृहमन्त्री कृष्णप्रसाद सिटौलाले हत्या योजना बनाएको जानकारी खुमबहादुर खड्कालाई रहेको आजको घटना र विचार सप्ताहिकमा समाचार छ ।

प्रहरीको सामान खरिदमा अनियमितता, १ अर्ब ३२ करोड बेरुजु

काठमाडौं,असार १५ । नेपाल प्रहरीले विदेशी कम्पनीबाट सामान खरिद गर्दा कानुनविपरीत पेस्की दिएको पाइएको छ। नेपाल एजेन्सी ऐन २०१४ अनुसार दर्ता नै नभएका स्थानीय एजेन्टमार्फत प्रहरीले सामान खरिद प्रक्रिया अघि बढाएको छ । त्यसरी खरिद गर्न विभिन्न कम्पनीका पाँच स्थानीय एजेन्टलाई १५ करोड ४४ लाख पेस्की दिइसकेको छ। प्रहरीले इलेक्ट्रोनिक सामान र जुत्ता खरिदका लागि यो रकम भुक्तानी दिएको हो। एउटै एजेन्टलाई सात करोड ८९ लाखसम्म पेस्की दिइएको छ। मोटोरोला प्याकेज खरिदका लागि प्रहरीले ग्रेहर्ड इलेक्ट्रोनिक्सलाई सात करोड ८९ लाख पेस्की दिएको हो।

प्रहरीले हाएटेरा सेट खरिदका लागि प्लाटिनम इन्टरप्राइजेजलाई एक करोड ९३ लाख, डिजिटल फरेन्सिक ल्याबको सामान खरिदका लागि नीलगिरी इन्टरप्राइजेजलाई दुई करोड ७४ लाख पेस्की दिएको महालेखा परीक्षकको कार्यालयले जनाएको नयाँ पत्रिका दैनिकमा समाचार छ ।

त्यस्तै, फरेन्सिक ल्याब इक्युपमेन्ट खरिदका लागि मुक्तिनाथ ट्रेड कन्सर्न एक करोड ५८ लाख दिइएको छ। प्रहरीको पिटी जुत्ता खरिद गर्न आज्ञा इम्पेक्सलाई एक करोड ३० लाख पेस्की दिइएको छ। खरिद व्यवस्थापन आर्थिक कार्यविधि नियमावली, २०६४ को नियम २० (३) मा ठेक्कापट्टा स्वीकृत गर्ने काम पहिलो चौमासिकभित्र गरी सक्नुपर्ने व्यवस्था छ।

तर, प्रहरी प्रधान कार्यालयमार्फत भएको ठेक्का व्यवस्थापन तेस्रो त्रैमासिकसम्ममा गरिएको छ। प्रहरीले आफ्नो भण्डारमा भएका जिन्सी सामान मौज्दातको अध्ययन नै नगरी थप खरिद गर्ने गरेको पनि पाइएको छ। सार्वजनिक खरिद नियमावली २०६४ अनुसार सामान खरिद गर्दा आवश्यकताको पहिचान गर्नुपर्ने हुन्छ।

तर, प्रहरी प्रधान कार्यालयले अघिल्लो वर्ष खरिद गरेको ३१ करोड ७७ लाखको कपडा मौज्दात हुँदाहुँदै आर्थिक वर्षको अन्त्यमा त्यही सामान खरिद गरेको पाइएको महालेखाले जनाएको छ।

काबुल घटनाः नेपाली ‘टार्गेट’ होइन

काठमाडौं,असार १५ । अफगान सरकारको गृह, रक्षा मन्त्रालय तथा जासुसी निकायले गरेको अध्ययनमा गत साताको काबुल विस्फोट काण्ड नेपाली कामदार लक्षित नरहेको पाइएको छ । काबुलस्थित अधिकारीका अनुसार एउटै समय, रुट तथा सवारी साधानबाट कामदार ओसारपसार गर्ने नियमित कार्यशैलीका बारे जानकारी पाएरै आत्मघाती बम प्रहार गरेको पुष्टि भएको छ।

‘बसका चालक बस्ने भागको अन्तिम सिट बाहरिबाट प्रहार गरिएको छर्रामा परेर स्वयंम विद्रोही समेतको क्षतविक्षत अवस्थामा निधन भएको पाइएको छ,’ ती अधिकारीले भने। बम प्रहार गर्नेको एउटा चुँडिएको खुट्टा र हातमात्रै बसबाहिर अलिक टाढा फेला परेको थियो।

तर, सरकारले द्वन्द्वग्रस्त लिविया, सिरिया, इराकसँगै अफगानिस्तानलाई पनि रोजगार प्रतिबन्ध मुलुकका रुपमा सूचीकृत गरेपछि अफगानिस्तानको ‘ग्रिनजोन’ मा बसेर उचित सेवा सुरक्षासहित काम गरिरहेका नेपाली समेत अन्योलमा परेका छन्। कान्तिपुर दैनिकमा समाचार छ ।

टर्कीको विमानस्थलमा आत्मघाती आक्रमण, ३६ जनाको मृत्यु

एजेन्सी,असार १५ । युरोपकै व्यस्तमध्येका एक मानिने टर्कीको इस्तानबुलस्थित मुख्य विमानस्थलमा गरिएको एउटा आत्मघाती बन्दुक र बम हमलामा कम्तीमा ३६ जनाको ज्यान गएको छ । आक्रमणमा ९० जनाभन्दा बढी घाइते भएको अधिकारीहरुले बताएका छन् । युरोपकै व्यस्तमध्येका एक मानिने इस्तानबुलस्थित आटुटर्क अन्तर्राष्ट्रिय विमानस्थलमा गरिएको उक्त हमलामा ३ जना आक्रमणकारी संलग्न रहेको बताइएको छ।

अधिकारीहरुका अनुसार आक्रमणकारीहरुले विमानस्थलको प्रवेश विन्दुदेखि टर्मिलसम्म गोली चलाएका थिए र सुरक्षाकर्मीले जवाफी फायरिङ्ग शुरु गरेपछि उनीहरुले आफूलाई विस्फोट गराएका बिबिसी डटसिओ डटयुकेमा समाचार छ । प्रधानमन्त्री बिनाली यिल्ड्रिमले प्रारम्भिक संकेत अनुसार तथाकथित इस्लामिक स्टेट समूहको संलग्नता देखिएको बताएका छन् ।

टर्कीमा पछिल्ला समय गराइएका आक्रमणहरुमा कुर्दिश पृथकतावादी वा इस्लामिक स्टेट समूहको संलग्नता हुने गरेको बताइन्छ । यात्रुको रुपमा इस्तानबुल विमानस्थलमा रहेका बीबीसी संवाददाता मार्क लोवेन भन्छन्,“आधा घण्टाअघि टर्किस एअरको विमानबाट मैले यहाँ अवतरण गरेँ। हामीलाई कुनै चेतावनी दिइएन र यहाँ अवतरण गर्न दिइयो तर अहिले हामीलाई विमानबाट ओर्लन दिइएको छैन र क्याप्टेनले विमानस्थलभित्र सुरक्षा खतरा रहेको बताइरहेका छन्।”

लोवेनका अनुसार उक्त आक्रमण योजनाबद्ध देखिन्छ। लामो समयदेखि आटुटर्क विमानस्थलमा आक्रमण हुन सक्ने जोखिम रहेको बताएको छ। सामाजिक सञ्जालमा आएको एउटा भिडियो फुटेजमा प्रहरीले एकजना आक्रमणकारीलाई गोली चलाएको जस्तो देखिन्छ र घाइते भएर भूइँमा लडिरहँदा उनले आत्मघाती ‘भेष्ट’ विस्फोट गराएको जस्तो देखिन्छ।

दाताको सहमतिविना एकमुष्ट २ लाख अनुदान असम्भव

काठमाडौं,असार १५ । भूकम्पपीडितलाई एकमुष्ट २ लाख रुपैयाँ अनुदान उपलब्ध गराउन दातासँग गरिएको सम्झौता बाधक देखिएको छ । तत्कालीन अर्थमन्त्री डा. रामशरण यमहतले विश्व बैंकलगायतका दाताहरुसँग गरेको सम्झौताका कारण सरकारले चाहेर पनि एकमुष्ट दुई लाख रुपैयाँ दिन नसक्ने देखिएको हो ।

भूकम्पपछिको पुनर्निर्माणका लागि आयोजना गरिएका दाता सम्मेलनअनुसार अघिल्लो सरकारले विश्व बैंकसहित उसको अगुवाइमा दातृ निकायसँग समझौता गरेको थियो । तत्कालीन प्रधानमन्त्री सुशील कोइरालाको निर्देशनमा अर्थमनत्री महले २९ साउन २०७२मा दातृ निकायसँग सम्झौता गरेका हुन् । आजको राजधानी दैनिकमा समाचार छ ।
भूकम्पपीडितलाई एकमुष्ट रुपमा अनुदान रकम दिन नपाइने किटानी व्यवस्थासहत राखिएका अन्य कतिपय अव्यवहारिक प्रावधानकै कारण पीडितले लामो समयसम्म अनुदानसमेत पाउन नसकेको पाइएको छ । दातासँग गरिएको समझौतामा दुर्ए किस्ताभन्दा बढीमा मात्रै अनुदान बाँड्न पाइने उल्लेख छ ।

नयाँ शक्तिमा कार्यविभाजन,कसलाई के को जिम्मेवारी ?

काठमाडौं,असार १४ । नयाँ शक्ति नेपालले पार्टीका अध्यक्षसहित कार्यसमिति सदस्य दुई कार्यकाल भन्दा बढी पदमा बस्न नपाउने निर्णय गरेको छ। असार १० देखि पार्टी संयोजक बाबुराम भट्टराईको अध्यक्षतामा बसेको नयाँ शक्तिको केन्द्रीय सचिवालय बैठकले कार्यसमितिका सबै पदाधिकारी प्रत्यक्ष निर्वाचित हुने व्यवस्था अवलम्बन गर्ने निर्णय गरेको छ। साथै कार्यसमिति सदस्यले जिम्मेवारी पुरा नगरे फिर्ता बोलाउने व्यवस्था गरिने पनि नयाँ शक्ति नेपाल पार्टीले मंगलबार विज्ञप्तिमार्फत जनाएको छ।

बैठकले केन्द्रीय कार्यकारी समितिको पनि गठन गरेको छ। नयाँ शक्तिले आगामी तीन महिना देशभरि एक लाख विरुवा रोप्ने लगायतका कार्यक्रम पनि सार्वजनिक गरेको छ। नयाँ शक्तिका निर्णयहरु यस्ता छन्।
निर्णयहरू:
१. पार्टी स्थापना राष्ट्रिय भेला अन्तर्गत काठमाडौंको दशरथ रंगशालामा आयोजना गरिएको पार्टी घोषणा तथा सामूहिक शपथ–ग्रहण कार्यक्रम भव्य रुपमा सफल भएको, संस्थापक सदस्यहरुको उत्साहवद्र्धक उपस्थिति, जनताको व्यापक सहभागिता, राष्ट्रिय अन्तराष्ट्रिय क्षेत्रबाट अतिथिका रुपमा व्यक्त शुभकामना, कुटनैतिक क्षैत्रको उपस्थिति एवं सञ्चारमाध्यमबाट प्राप्त भएको सहयोग समेतका आधारमा नयाँ पार्टीको स्थापना मात्रै हैन एक वैकल्पिक राजनैतिक धारको स्थापना भएको समीक्षा गरियो । यसैगरी दुई दिने छलफल–सत्र समेत गुणात्मक छलफल र उत्साहजनक र भव्य रुपमा समापन भएको समीक्षा गरियो । कार्यक्रममा व्यवस्थापन पक्षमा रहेका कमजोरीबारे पनि समीक्षा गर्दै आगामि दिनमा थप सुधार गर्ने प्रतिबद्धता पनि व्यक्त गरियो ।

२. राष्ट्रिय भेलावाट गठित कार्यदलले परिमार्जन सहित पेश गरेको विधान प्रतिवेदन पारित गर्ने निर्णय गरियो । प्रत्यक्ष निर्वाचन प्रणालीको अवलम्वन गर्दै अध्यक्ष सहित सम्पूर्ण पदाधिकारी एवं कार्यसमिति सदस्यहरु सम्पूर्ण सदस्यहरुबाट प्रत्यक्ष निर्वाचित हुने आजसम्मकै नौलो व्यवस्था, एक व्यक्ति एक कार्यकारी पद र दुई कार्यकाल, चुनिएका प्रतिनिधिले जिम्मेवारी पूरा नगरेमा निर्वाचित प्रतिनिधिलाई प्रत्याह्वानको अधिकार प्रयोग गरी फिर्ता बोलाउने व्यवस्था, आन्तरिक अनुशासनको प्रश्नमा पार्टीभित्र शक्तिशाली अनुशासन आयोग र पार्टीका नेता कार्यकर्ताका बारेमा पार्टीबाहिर गम्भीर आरोप लागेमा स्वतन्त्र छानविनकालागि लोकपालको व्यवस्था, पार्टीलाई सदाचार र पारदर्शी वनाउन सदाचार आयोग र लेखा आयोगको व्यवस्था समेतको विशेषता वोकेको विधानको कार्यान्वयनसँगै सुशासन र पारदर्शीता पार्टी र राजनैतिक नेता कार्यकर्ताहरुको जीवन व्यवहार बन्ने विश्वास लिइएको छ ।

साथै राजनैतिक तथा आर्थिक दस्तावेजलाई परिमार्जनसहित निरन्तर प्राप्त सुझावहरु संलग्न गर्दै महाधिवेशनसम्म जाने र महाधिवेशनबाटै अन्तिम रुपमा परिमार्जन गर्ने गरी पारित गर्ने निर्णय गरियो । पारित गरिएको राजनैतिक दस्तावेजमा आजसम्मका दर्शन र राजनैतिक प्रणालीको समीक्षा गर्दै २१ औं शताब्दीको आजको सन्दर्भमा तीब्रतम रुपमा विकसित समाजलाई नेतृत्व गर्न सक्ने दर्शन र राजनैतिक प्रणालीको विकास गर्ने ध्येय लिइएको छ भने वैकल्पिक रुपमा विकास हुँदै गरेको विश्व राजनीतिको धारलाई नेपाली राजनीतिको क्षेत्रबाट थप योगदान पुर्‍याउने लक्ष्य राखिएको छ ।

आजको राजनीति विकास र समृद्धिको राजनीति बन्नुपर्छ भन्ने आवाज नेपाली समाजको बस्तुगत यथार्थ हो भन्ने कुरालाई आत्मसात गर्दै विकास र समृद्धिको खाका नामक छुट्टै कार्ययोजना सहितको दस्तावेज प्रस्तुत गरिएको नेपाली राजनीतिक अभ्यासमा नौलो हो । राजनीतिलाई आर्थिक विकाससँग जोड्ने र समृद्धि सम्भव छ हाम्रै पालामा भन्ने नारालाई व्यवहारमा उतार्ने यो दस्तावेजको अभिष्ट छ ।

३. केन्द्रीय कार्यकारी समितिको गठन:
(क) पारित अन्तरिम विधान अनुरुप अन्तरिम केन्द्रीय परिषद्को सचिवालयलाई केन्द्रीय कार्यकारी समितिमा रुपान्तरण गरिएको छ । केन्द्रीय कार्यकारी समितिको संख्या ९९ नबढ्ने गरी महिला र दलितको समानुपातिक प्रतिनिधित्व सुनिश्चित गर्न आवश्यक सदस्य थपिएको छ ।
ख) केन्द्रीय कार्यकारी समितिको सह–संयोजकमा रामचन्द्र झा, महेश कर्मोचा र दुर्गा सोवलाई चयन गरिएको छ ।

४. केन्द्रीय कार्यकारी समितिको कार्यविभाजन

I. विभाग/समिति/संयन्त्र/आयोग

१. राजनीतिक समिति
संयोजक – डा. बाबुराम भट्टराई
सहसंयोजक – रामचन्द्र झा, महेश कोर्मोचा

२. राष्ट्रिय मामिला संयन्त्र
संयोजक – परशुराम तामाङ

३. अनुशासन आयोग
संयोजक – परशुराम खापुङ

४. राजनीतिक संवाद समिति
संयोजक – मुमाराम खनाल

५. संगठन विभाग
संयोजक – देवेन्द्र पौडेल

६. संसदीय मामिला विभाग
संयोजक – केशव दाहाल

७. सचिवालय व्यवस्थापन तथा अनुगमन विभाग
संयोजक – वामदेव क्षेत्री
सहसंयोजक – सविना अर्याल

८. प्रशिक्षण विभाग
संयोजक – डम्बर खतिवडा

९. नीति अध्ययन तथा अनुसन्धान विभाग
संयोजक – डा. केशवमान शाक्य

१०. आर्थिक व्यवस्थापन तथा सुशासन विभाग
संयोजक – रामेश्वर खनाल

११. अन्तर्राष्ट्रिय विभाग
संयोजक – हिसिला यमी

१२. सूचना, सञ्चार, प्रचार तथा प्रकाशन विभाग
संयोजक तथा प्रवक्ता – खिमलाल देवकोटा

१३. शहीद तथा वेपत्ता परिवार, घाइते/अपांग एवं द्वन्दप्रभावित परिवार व्यवस्थापन विभाग
संयोजक – ध्रुव पराजुली

१४. संघीय मामिला तथा स्थानीय विकास विभाग
संयोजक – रामकुमार शर्मा

१५. सुरक्षा विभाग
संयोजक – गणेश राई

१६. महिला विभाग
संयोजक – कल्पना धमला

१७. युवा विभाग
संयोजक – देवेन्द्र पराजुली

१८. खेलकुद विभाग
संयोजक – नारायणराज पाण्डे
१९. साँस्कृतिक विभाग
संयोजक – करिष्मा मानन्धर

२०. श्रम, सहकारी तथा स्वरोजगार विभाग
संयोजक – डा. प्रदीपमान तुलाचन

२१. कृषि, वन तथा भूमि मामिला विभाग
संयोजक – मदन राई

२२. उद्योग, वित्त, वाणिज्य विभाग
संयोजक – जनक शाह

२३. पर्यटन विभाग
संयोजक – अशोक शर्मा

२४. शिक्षा तथा विज्ञान प्रविधि विभाग
संयोजक – डा. राजेन्द्र केसी

२५. स्वास्थ्य तथा योग साधना विभाग
संयोजक – डा. प्रवीण मिश्र

२६. जलस्रोत, उर्जा तथा भौतिक पूर्वाधार विभाग
संयोजक – हरिराम कोइराला

२७. कानुन तथा मानवअधिकार विभाग
संयोजक – मुक्ति प्रधान

२८. गैर–सरकारी संघसंस्था संयोजन विभाग
संयोजक – दुर्गा सोव
सहसंयोजक – लिली थापा

२९. दलित, अल्पसंख्यक तथा समाजकल्याण विभाग
संयोजक – सुशीला सिर्पाइली

३०. सदाचार आयोग
संयोजक – नाथुप्रसाद चौधरी
II. प्रादेशिक/आंगिक संगठन
१. प्रदेश नं. १
संयोजक – पासाङ शेर्पा

२. प्रदेश नं. २
संयोजक – महेन्द्र पासवान

३. प्रदेश नं. ३
संयोजक – गंगानारायण श्रेष्ठ

४. प्रदेश नं. ४
संयोजक – वलावती शर्मा

५. प्रदेश नं. ५
संयोजक – सुरेन्द्र चौधरी

६. प्रदेश नं. ६
संयोजक – भक्तबहादुर शाह

७. प्रदेश नं. ७
संयोजक – लीलादेवी भण्डारी

८. विदेश/प्रवास शाखा
संयोजक – नवराज सुवेदी

९. आंगिक संगठन तथा पेशागत संयन्त्र
संयोजक – कुमार पौडेल

१०. उपत्यका सम्पर्क संयन्त्र
संयोजक – वीरेन्द्रकुमार पोखरेल
सहसंयोजक – कृष्ण शर्मा

११. आंगिक संगठन उत्प्रेरक
क) किसान – सोनामछिरिङ शेर्पा
ख) मजदूर – कुमार पौडेल
ग) विद्यार्थी – मुमाराम खनाल
घ) महिला – कल्पना धमला
ङ) भूपू सुरक्षाकर्मी – नारायणराज पाण्डे

५. तत्कालीन कार्ययोजनाका रुपमा तीन महिने कार्ययोजना (असार १५–असोज १५) पारित गरिएको छ । जसमा देशभित्रका सात वटै प्रदेश र प्रवास समेत गरी ८ स्थानमा राष्ट्रिय भेलाको सन्देश सम्प्रेषण कार्यक्रम सम्पन्न गर्ने निर्णय गरिएको छ । यसैगरी वैचारिक तथा राजनैतिक प्रशिक्षण सञ्चालन गर्ने, सदस्य वितरण र संगठन निर्माणको विस्तृत कार्ययोजना कार्यान्वयन गर्ने, राजनीतिक ध्रुवीकरण अभियान सञ्चालन गर्ने, संगठनात्मक तयारी पूरा भएका वडाहरुमा सम्मेलन गर्दै जाने संगठनात्मक निर्णयहरु गरिएको छ । यस्तै पार्टी कार्यालयको स्थापना र सो को व्यवस्थित सञ्चालन गर्ने, सरकारी कार्यालयहरुसँग समन्वय गर्ने, आंगिक संगठनहरु, सम्पर्क संयन्त्र र सामाजिक संगठनहरुसँग समन्वय र व्यवस्थित परिचालनको कार्यायोजना कार्यान्वयन गर्ने निर्णय गरिएको छ । देशभर एक लाख वृक्षारोपण गर्ने गरी हरियो नेपाल अभियान सञ्चालन गर्ने, महंगी, कालाबजारी, अभाव र भ्रष्टाचारविरुद्ध अभियान सञ्चालन गर्ने, भूकम्पप्रभावित क्षेत्रमा पुन:निर्माण कार्यक्रम सञ्चालन गर्ने, महिला हिंसाविरुद्ध हेल्प डेस्क अभियान चलाउने, तराई–मधेश र जनजाति बहुल क्षेत्रका राष्ट्रिय आन्दोलनमा ऐक्यवद्धता सहित स्थानीय विशेषता अनुरुप जनपरिचालन अभियान सञ्चालन गर्ने ।
६. आजसम्मको पार्टीको आय–व्ययको विवरण कार्यालयबाट प्रस्तुत भई अनुमोदन गर्ने निर्णय गरियो ।
७. भूकम्पबाट भएको क्षतिको पुनर्निर्माणकालागि उत्साही युवा इन्जिनियरहरु विगतदेखि नै लागिराखेको अवस्थामा नयाँ शक्ति नेपालको अगुवाई र पहलकदमीमा एक ट्रष्ट स्थापना गरी लागिपर्ने निर्णय गरियो ।
८. पूर्णकालीन तथा अंशकालीन सदस्यहरुको व्यवस्थापन नीति पारित गरिएको छ । जसमा व्यक्ति होइन पद पूर्णकालीन हुने, पूर्णकालीनहरुलाई मासिक आधारभूत खर्चको व्यवस्थापन गर्ने, पूर्णकालीन पदमा रहेर पनि अवैतनिक सेवा उपलब्ध गराउन सक्ने उल्लेख छ । पूर्णकालीन सदस्यहरुको खर्चको व्यवस्थापन नियमित लेबी र पार्टीको आयबाट व्यहोरिने र सोको विवरण व्यवस्थित लेखा प्रणालीअनुसार राखी पारदर्शी बनाइनेछ ।
९. जिल्ला परिषद् सदस्य हिरा वि.क. र नरबहादुर बुढाको निधनप्रति श्रद्धाञ्जली व्यक्त गरियो ।
-सेतोपाटी

अमेरिकामा रामप्रसाद खनालको ‘देशहराएको मान्छे’ (फोटोफिचर)

अमेरिका । रामप्रसाद खनालको कविता सँग्रह “देशहराएको मान्छे” को अमेरिकाको वाशिङ्टन डिसी मेट्रो एरियाको भर्जिनिया मनासस शहरमा अमेरिकाका लागि नेपाली राजदूत डा. अर्जुन कुमार कार्की, अग्रज साहित्यकार एबम अनेसासका संस्थापक होमनाथ सुबेदी, महा बाणिज्यदूत एबम अग्रज लोक गायक प्रेमराजा महत, अग्रज साहित्यकार लेखक कृष्ण धराबासी, गोरखापत्र संस्थान का पूर्व महाप्रबन्धक एबम मधुपर्कका सम्पादक कपिल घिमिरे डा. गुण सुबेदी, डा. अनिल सुवाल, डा. राजेश सुबेदी, डा. रघुनाथ अर्याल, शिक्षा बिद, नेपालको प्लाटिनम पब्लिकेशनका संस्थापक, नेपाल पुस्तक तथा स्टेशनरी ब्यबसायी महा संघका महासचिब नबनिधी पन्त, साहित्यकार गीतकार अम्बिका गुरुङ, छन्द कवी सुदिप भद्र खनाल, सर्जक रामप्रसाद खनालले संयुक्त रुपमा बिमोचन गर्नुभयो ।

IMG_3464-800x600

अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज, वाशिङ्टन डिसी मेट्रो कमिटी र अन्तर्राष्ट्रिय कलाकार मँच, अमेरिकाको संयुक्त आयोजनामा सम्पन्न उक्त कार्यक्रम अग्रज साहित्यकार एबम अनेसासका संस्थापक होमनाथ सुबेदीको अध्यक्षता भएको थियो भने उपाध्यक्ष अरुण रुपाखेतीले स्वागत भासण, अर्का उपाध्यक्ष भूप नारायण घर्ति मगरले सन्चालन गर्नुभएको थियो । उक्त बिमोचन समारोह एबम साहित्यिक कार्यक्रममा कयौँ साहित्यकार र सम्बन्धित क्षेत्रका अलावा अन्य क्षेत्रबाट पनि ब्यक्तित्वहरु सहभागी हुनुहुन्थ्यो ।

IMG_3598-800x600

बिमोचन समारोह एबम साहित्यिक कार्यक्रममा अमेरिकाका लागि नेपाली राजदूत डा. अर्जुन कुमार कार्की, अग्रज साहित्यकार एबम अनेसासका संस्थापक होमनाथ सुबेदी, महाबाणिज्यदूत एबम अग्रज लोक गायक प्रेमराजा महत, अग्रज साहित्यकार लेखक कृष्ण धराबासी, गोरखापत्र संस्थान का पूर्व महाप्रबन्धक एबम मधुपर्कका सम्पादक कपिल घिमिरे, डा. गुण सुबेदी, डा. अनिल सुवाल, डा. राजेश सुबेदी, डा. रघुनाथ अर्याल, शिक्षा बिद, नेपालको प्लाटिनम पब्लिकेशनका संस्थापक, नेपाल पुस्तक तथा स्टेशनरी ब्यबसायी महा संघका महासचिब नबनिधी पन्त, साहित्यकार गीतकार अम्बिका गुरुङ, छन्द कवी सुदिप भद्र खनाल, सर्जक रामप्रसाद खनालले देश हराएको मान्छे र समसामयिक बिषयमा आ आफ्ना मन्तब्य ब्यक्त गर्नुभएको थियो ।

13516441_1048404161904106_4879393400447090922_n

बिमोचन पहिलो चरणमा र साहित्यिक कार्यक्रम दोस्रो चरणमा गरिएको उक्त समारोहमा पुस्कर पन्तको हाँस्य कविता, मन कुमारी थापा र खेम संग्रौलाको गीत, सुस्मा खनाल र बिना घर्ति मगर को नाच पनि प्रस्तुत गरिएका थिए भने प्रकाश नेपाल, होमनाथ सुबेदी, अरुण रुपाखेती, रामप्रसाद खनाल, नीरा शर्मा, कल्पना सुबेदी, गुणराज लुइँटेल, सुदीप भद्र खनाल, भूप नारायण घर्ति मगर, परशु तिमल्सिना, ईन्द्र श्रेष्ठ, निलकण्ठ सुबेदी, विश्व बन्धु कार्की, चेतन सिटौला, कपिल घिमिरे, शकुन्तला अधिकारी लगायका अन्य साहित्यकारहरुका कविता हरु प्रस्तुत गरिएका थिए ।

13510935_1048404188570770_2874334001246712021_n

समारोहमा कविता सँग्रह “देश हराएको मान्छे” का प्रकाशक तथा बितरक, हाल सम्म करिब एक हजार प्रकाशन गरिसकेका एशिया पब्लिकेशन र प्लाटिनम पब्लिकेशनका संस्थापक नबनिधी पन्तलाई अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज, वाशिङ्टन डिसी मेट्रो कमिटी र अन्तर्राष्ट्रिय कलाकार मँच, अमेरिकाको तर्फबाट बिशेष सम्मान गरिएको थियो।

यसै गरी गोरखा पत्र संस्थानका पूर्व महा प्रबन्धक, मधुपर्कका पूर्व सम्पादक कपिल घिमिरे, अनेसासका केन्द्रिय सचिब प्रकाश नेपाल, चलचित्र निर्देशक अनिल संग्रौलालाई सम्मान गरिएको थियो भने अनेसास तथा का गतिबिधिलाई जन समाछा पुर्याउने डिसी नेपाल डट कम र इनेपालीज डटकम, रामहरी सुबेदी, प्रशन्न संग्रौला सहित अनेसासका सहयोगी हातहरुलाई अध्यक्ष रामप्रसाद खनाल, राजदूत कार्की, महा बाणिज्य दुत महत, संस्थापक सुबेदीले प्रशँशा पत्र प्रदान गर्नुभएको थियो ।

कार्यक्रममा अध्यक्ष खनालले अनेसास डिसी मेट्रो कमिटीमा थप ५ जना क्रमश: चेतन सिटौला, नीरा शर्मा, विश्व बन्धु कार्की, शशी गुरुङ, निलकण्ठ सुबेदीलाई बिधान बमोजिम मनोनयन गरी प्रमाणपत्र प्रदान गर्नुभएको थियो । यसै बिच अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज, वाशिङ्टन डिसी मेट्रो कमिटी र अन्तर्राष्ट्रिय कलाकार मँच, अमेरिकाका अध्यक्ष रामप्रसाद खनालले कार्यक्रम सफल पार्न योगदान दिनुहुने प्रमुख अतिथि, अतिथिगण, साहित्यकारहरु र सहभागी सबैलाई कार्यक्रम पछी एक बिज्ञप्ती मार्फत पनि धन्यवाद प्रकट गर्नुभएको छ ।

पूर्वराजदुत भन्छन् -‘नेपालले दुई छिमेकीहरुको विश्वास लिएर अघि बढ्न पर्छ’

काठमाडौ,असार १४ । भारतकालागि निवर्तमान नेपाली राजदुत दिपकुमार उपाध्यायले प्रधानमन्त्री केपी शर्मा ओलीको भारत भ्रमणपछि नेपाल र भारतको सम्बन्ध सामान्य बन्दै गएको बताएका छन । रिपोर्टर्स क्लब नेपालले मंगलबार आयोजना गरेको साक्षात्कारमा उनले भने,‘ भारतले नेपाललाई प्राथमिकता दिएको छ । एकै वर्ष दुई पटक भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र पाँच पटक विदेशमन्त्री शुष्मा स्वराजको नेपाल भ्रमण भईसकेको छ ।

प्रशासनिक संयन्त्रहरुको बैठक पनि नियमित भईरहेको छ । दुई देशको प्रबुद्ध समूहको बैठक पनि बस्दैछ । अब हामीले नकारात्मक टिप्पणी गर्नु हुँदैन । नन ईश्यूलार्य ईश्यू बनाएर अल्झनु हुँदैन ।’ साक्षात्कारमा उपाध्यायले नेपाल र भारतले छिमेकी बदल्न नसक्ने भएकोले सम्बन्ध राम्रो बनाएर अघि बढ्नुको विकल्प नभएको तर्क गर्दै अब शान्तिपूर्ण रुपमा नेपालले दुई छिमेकीहरुको विश्वास लिएर अघि बढ्नु पर्ने आवश्यकता औल्याए ।
उनले भने,‘ सन्तुतिल रुपमा दुई छिमेकीसँग सम्बन्धलाई अगाडि बढाए नेपाललाई फाईदा छ । नेपालको भारतसँगको सम्बन्ध सुध्रिदै छ, अब नेपालले सबै दलको सहमतिमा छिटो परराष्ट्र नीति बनाएर अघि बढ्नु पर्छ ।’
उपाध्यायले चीनले समेत नेपालको आर्थिक विकास र आपूर्तिकोलागि भारतमै भरपर्नु पर्ने भएकोले दुई देशको सम्बन्ध राम्रो हुनु पर्नेमा जोड दिदै आएको उल्लेख गर्दै नेपाल भारत सम्बन्धमा एक अर्कासँग गर्व गर्न सक्नु पर्ने भएकोले यसमा शंका गर्नु आफैमा शंका गर्नु जस्तो हुने तर्क गरे ।
उनले रितिरिवाज, सस्कृति, धर्म, सामाजिक सम्बन्धले दुई मुलुक बाधिएकोले अलग हुनै नसक्ने भन्दै अब नेपालले आफ्नो आन्तरिक राजनीति मिलाएर अघि बढ्नु पर्ने आवश्यकता औल्याए ।
उपाध्यायले संविधान जारी गर्ने बेलामै आफूले सबैलाई समेटेर जाउ भन्दा नभए पनि अहिले पनि करेक्सन गरेर सच्याउने ठाँउ रहेकोले आफ्नो आन्तरिक राजनीति मिलाउन तर्फ लाग्नु पर्ने भन्दै यस विषयमा अरु लाई दोष दिएर उन्मुक्ति पाउन सक्ने अवस्था नरहेको बताए ।
उनले भने,‘ संविधानको कार्यान्वयनमा अहिले चुनौति छ । यो संसदको अवधी भित्रै अर्को चुनाव गर्न नसके मुलुक भयंकर रिक्ततामा फस्छ, मुलुक अप्ठ्यारो स्थितिमा पुग्छ । हामी संकट उन्मुख छौ । त्यसैले कमजोरी सच्याउनु पर्छ ।’
नेपाल–भारत प्रबुद्ध समूहमा नेपाली टोलीका सदस्य डा. राजन भट्टराईले दुई मुलुकको सम्बन्ध क्रमैसँग सुध्रदै गएको भन्दै यसको पछिल्लो कडिको रुपमा नेपाल र भारतका राष्ट्रपतिको एक अर्को देशमा भ्रमण गराउने गरी तयारी सुरु भईसकेको जानकारी दिए ।
उनले पछिल्लो समयमा दुई पक्षीय प्रशासनिक संयन्त्रहरुको बैठक नियमित जसो भईरहेको लगायतका कारणले हिजो सम्बन्धमा उत्पन्न दरारहरु कमैसँग कम हुँदै गएको दावी गर्दै नेपाल भारत सम्बन्ध राम्रो हुनुको विकल्प नभएको बताए ।
भट्टराईले भने,‘ संविधान जारी गरेपछिको जस्तो सम्बन्ध निरन्तर रहनु हुँदैन भनेर हामीले पहल गर्यौ । त्यसमा अहिले सुधार आईसकेको छ । अबको सम्बन्ध २१ औ शताब्दिको उचाईमा कायम हुनु पर्छ । विश्वब्यापी रुपमा एक अर्का प्रतिको र्भितरता बढेको , विज्ञान र प्रविधिका विकास र विश्वब्यापीकरण यूग अनुसारको सम्बन्ध कायम हुनु पर्छ । अब नयाँ दायरमा सम्बन्ध अघि बढाउनु पर्छ ।’
उनले नेपाल भारत सम्बन्ध सहज र सामान्य बन्दै गएकोले अब दुई देशको जनताको चेतनाको जगमा सम्बन्ध बन्नु पर्ने भन्दै दुई देशको सम्बन्धलाई मधेस आन्दोलनसँग जोड नहुने तर्क गरे । भट्टराईले भने,‘ दुई देशको सम्बन्धलाई मधेस आन्दोलनसँग जोड अप्ठ्यारो पर्छ । मधेसको समस्या आन्तरिक समस्या हो यसलाई बार्ता र संबादबाट छिटो समाधान गर्नु पर्छ र त्यसकोलागि पहल भईरहेको छ ।’
उनले भारतमा राजदुत खाली राख्न नहुने भन्दै छिट्टै राजदुत नियूक्ती गरेर सम्बन्धलाई सहज बनाउने दिशामा अघि बढाउनु पर्ने आवश्यकता समेत औल्याए । भट्टराईले नेपालमा असार २० र २१ गते प्रबुद्ध समूहको काठमाडौमा बस्ने पहिलो बैठक परिचयात्मक बैठक हुने स्पष्ट पार्दै पहिलो बैठकले समूहको दुई वर्षे कार्यकालमा के के गर्ने भन्ने विषयका योजना बनाउने जानकारी दिए ।
उनले समूहको बैठक प्रत्येक तीन तीन महिनामा बस्ने र त्यसले नेपाल भारत सम्बन्ध सुमधुर पार्न दुई देशवीचका सन्धी, सम्झौताहरुलाई समयानुकुल बनाउन आवश्यक सुझावदिने बताए ।

एशियन लाईफ इन्स्योरेन्सद्वारा मृत्यु दाबी भुक्तानी

काठमाडौं,आसर १४ । एशियन लाईफ इन्स्योरेन्स कं.लि. काठमाडौं शाखाले मृत्युदाबी भुक्तानी गरेको छ । काठमाडौं शाखा बाट बीमा गर्नुभएका जैनाली – ०८, डोटी निवासी पद्मकन्या क्याम्पसका प्राध्यापक सावित्रा पन्तको मृत्युपश्चात उहाँको श्रीमानलाई दाबी भुक्तानी दिईएको हो । साबित्रीको २०७२ चैत ३० मा डोटी जिल्लाको जिजोडामाण्डौ मा जीप दुर्घटनामा परि मृत्यु भएको थियो ।

मृत्युपछि उहाँको श्रीमान हेरम्ब राज पन्तलाई दाबी भुक्तानी वापत् ५ लाख १९ हजार र्२ २५ पच्चीस रुपैँया चेक मार्फत दिईएको हो । निजको आफन्त , अभिकर्ता , पत्रकार तथा शाखाका कर्मचारीको उपस्थितीमा शाखा प्रबन्धक दीपक राज लेखकले असार १३ गते शाखा कार्यालय काठमाडौंमा एक कार्यक्रम गरी हस्तान्तरण गर्नुभयो ।

उक्त बीमा २०६५÷११÷०६ मा २,१५,००० बीमाङ्कको २० वर्षै अवधिको बीमा गरिएकोमा हाल सम्म वार्षिक रु १४,१४५ को दरले ८ किस्ता वापत् रु १,१३,१६० मात्र बुझाएकोमा उपरोक्त अनुसारको दावी रकम भुक्तानी गरिएको हो । उक्त अवसरमा शाखा प्रबन्धकले मृत आत्माको चिर शान्तिको कामना गर्दै परिवार जन प्रति हार्दिक समबेदना प्रकट गर्नुभयो ।

उहाँले जीवन बीमाले बचत गर्नै बानीको बिकास गर्नुका साथै यस्ता किसिमका दुर्घटना भएको अवस्थामा आश्रीत परिवार लाई आर्थिक राहत प्राप्त हुने कुरा जानकारी गराउँदै बीमाशुल्क बुझाउने मिति भित्र बीमाशुल्क बुझाएमा वा मोहलत अवधि भित्र नै बीमीतको मृत्यु भएको अवस्थामा आवश्यक कागजात प्राप्त भइसके पछि यस कम्पनीले यथासिघ्र दाबी भुक्तानी गर्ने निती रहेको समेत जानकारी गराउनु भएको थियो ।

Monday, June 27, 2016

नेपालस्थित डेनमार्कको दूतावास बन्द,अब भिसाको लागि दिल्ली जानुपर्ने

काठमाडौं,असार १४ । डेनमार्कले सन् २०१७ को अन्त्यसम्मका लागि काठमाडौंस्थित आफ्नो दूतावास बन्द गर्ने घोषणा गरेको छ । काठमाडौंमा झण्डै २५ वर्षअघिदेखि दूतावास स्थापना गरी नेपालसँग नजिक भएको डेनमार्कले दूतावास बन्द गर्ने घोषणा गरेको हो ।

काठमाडौंस्थित दूताबास बन्द गरिएपछि अब डेनमार्कको भिसाका लागि नेपालीहरु भारतको नयाँ दिल्ली जानुपर्नेछ । अब डेनमार्कको नयाँ दिल्लीस्थित दूतावासले नेपाल मामिला हेर्ने भएको छ । नेपालको विकास साझेदार मुलुक डेनमार्कले आफ्नो कार्यक्रम सकिएको भन्दै काठमाडौंस्थित दूतावास बन्द गर्ने घोषणा गर्न लागेको बताएको छ । यसअघि इटाली, इन्डोनेसिया, लिबियाले दूतावास सञ्चालनमा ल्याएको केही वर्षपछि बन्द गरेका थिए । पछिल्ला समय बेलायत र फ्रान्सले काठमाडौंबाट दिँदै आएको कन्सुलर सेवा नयाँदिल्लीमा सारेका छन् ।

विप्लब भन्छन्-‘हामीले गर्न खोजेको क्रान्ति हो, युद्ध होइन’

काठमाडौं,असार १४ । नेकपा माओवादीका अध्यक्ष नेत्रविक्रम चन्द विप्लवले आफूहरुले युद्ध नभर्इ क्रान्ति गर्न खोजेको बताएका छन् । उनले पछिल्लो समय विप्लब माओवादीले युद्ध गर्दैछ भनेर विषयलाई तोडमोड गरेको बताएका छन् । क्रान्ति नेपाली जनताको विषय भएको भन्दै विप्लवले बौद्धिक वर्गदेखि सामान्य भरियासम्म देशको स्थितिबाट कोही सन्तुष्ट नभएको भन्दै क्रान्तिको आवस्यकता रहेको बताए ।

नयाँ पत्रिकासँगको अन्तरवार्तामा उनले भने ‘हामीले आफ्ना विषयलाई व्यवस्थित ढंगले अगाडि सारेका छौंँ। संविधान सही ढंगले बनेन । राज्यमा पुनर्संरचना नभएसम्म अथवा राज्यमा माओवादीको सहभागिता नभएसम्म संविधान बन्दैन, बने पनि सफल हुँदैन, हामीले भनेका थियौँ । उहाँहरूलाई यो केही पनि होइन भन्या जस्तो परेको थियो, अहिले पनि सायद त्यही होला । उहाँहरूले नारा पनि दिनुभयो, आर्थिक समृद्धि हुन्छ आदि इत्यादि । तर, संविधान नबन्दै देश एकप्रकारले ठूलो घोषित त होइन, अघोषित द्वन्द्वमा देश पुगेको छ । ‘

विप्लबले प्रचण्डको नेतृत्वमा गरिएको जनयुद्धबाट उनी पछिहटेको आरोप लगाए । उनले आफूहरुको युद्ध पदका लागि भन्दा पनि राज्यको पुनरसंरचनाको लागि भएको भए पनि त्यसो नभएको बताए । उनले भने ‘ गाउँदेखि ठूला सहरमा समेत परास्त भइसकेको पुरानो सत्तालाई फेरि फर्काउने काम भयो । सबैभन्दा ठूलो असहमति हाम्रो यही हो । संसारभरको मान्यता पनि के हो भने जितेको ठाउँमा जित हुने भइहाल्यो, सम्झौतामा आएका ठाउँमा पनि पावर सेयरिङ हुनुपथ्र्यो । जनयुद्धले नेताहरूको सुविधाको पावर सेयरिङ मागेको होइन, मन्त्रीको पदको पनि होइन । राज्यसत्ताको संरचनामा हुनुपथ्र्यो जुन भएन’

विप्लवले भने’ माथिदेखि तलसम्म राज्यका अरू अंगमा साझेदारीसेटमा काम गर्न माओवादीले पाउनुपर्छ भन्ने थियो । तर, त्यसो हुन पाएन । प्रचण्ड कमरेडले यहाँ ठूलो कमजोरी गर्नुभयो । उहाँहरू एकदम हावामा उड्नुभयो भन्ने बुझाइ छ मेरो । कहाँ बतासिनुभयो, त्यो भनिरहन जरुरी छैन । तर, त्यसको फाइदा कांग्रेस, एमालेका साथीले उठाए । उनीहरूले हामीलाई सत्ताबाट पूरै लखेटे।’

बाबुराम भट्टराईले नयाँ पार्टी घोषणा बारे सोधिएको प्रश्नमा विप्लवले भने ‘बाबुरामजीले भयंकर कमजोरी गर्नुभयो भन्ने हाम्रो निष्कर्ष छ । उहाँ माओवादी हुनुभयो र आज विसर्जनमा जानुभयो । त्यतिवेला बाबुरामजीको एउटा तर्क थियो, प्रचण्डसँग बहस गर्दा । उहाँले प्रचण्डलाई पनि अलिकति अनुभववादी भन्नुहुन्थ्यो । ‘ विप्वबले भने ‘त्यत्रो बलिदानमा हिँडेको मान्छे, आज आएर त्यो मान्यता नै ठीक थिएन भन्दै हिँडनुभएको छ, त्यो उहाँकै लागि पनि घातक छ । तेस्रो उहाँ जहाँ पुग्नुभएको छ, त्यो राजनीति नयाँ शक्ति भनेर उहाँले भन्नुभएको छ, त्यो पुरानो सत्तासँगको आत्मसमर्पण हो ‘

चेक लाखौंका, खातामा शून्य, वर्षमा १ अर्बका चेक बाउन्स

काठमाडौं,असार १४ । नेपाल इन्भेस्टमेन्ट बैंक प्रयोगकर्ता मानबहादुर थापाले खातामा पैसा नभएपनि सुशील ताम्राकारलाई ५ लाखको चेक दिए। ताम्राकारले पटक पटक बैंक धाउँदा पनि चेक साटिएन। त्यस्तै सरिता लामाले तत्कालीन ग्रान्ड बैंकमार्फत नवीनकुमार विष्टका नाममा २ लाखको चेक दिइन्। विष्टले पनि चेकमा उल्लेख भएको रकम पाएनन्। श्रीकृष्ण शाहीले पनि कुमार दाहाललाई कुमारी बैंकको ५ लाखको चेक दिए। गोविन्द सुनुवारले घनश्याम कँडेलका नाममा काटेको एसबीआई बैंकको १ लाखको चेक साटिएन।

चेक दिएर ठगी गर्ने थापा, लामा, शाही र सुनुवार प्रतिनिधि पात्र मात्रै हुन्। बैंक खातामा पैसा नभएपनि चेक जारी गर्ने तर भुक्तानी लिन जाँदा रकम शून्य हुने प्रर्वत्तिले यस्ता किसिमका उजुरी बारम्बार आउने गरेको प्रहरी अधिकारी बताउँछन्। महानगरीय प्रहरी बृत्त सोह्रखुट्टेका डीएसपी सोमेन्द्रसिंह राठौर चेक बाउन्ससम्बन्धी पीडितका उजुरी र गुनासो दैनिकजसो आउने गरेको सुनाउँछन्।

‘खातामा पैसा नभएपनि लाखौंको चेक उपलब्ध गराउनु ठगी गर्ने नियत हो,’डीएसपी राठौर भन्छन्,‘यस्ता किसिमका ठगी बारम्बार हुने गरेको अनुसन्धानले देखाउँछ।’

चेक ठगीमा सबैभन्दा बढ घरजग्गा कारोबार, हाउजिङ, वैदेशिक रोजगार, होटल, रेस्टुराँ, उद्योग, शैक्षिक परामर्श केन्द्र लगायत क्षेत्रमा आबद्ध व्यक्ति संलग्न रहेको प्रहरी अनुसन्धानले देखाउँछ। देशभर एक वर्षमा १ अर्ब हाराहारीका चेक बाउन्स हुने गरेको अनुमान छ। कारोबार दैनिकमा समाचार छ।

आइसल्याण्डलाई ऐतिहासिक सफलता,इंग्ल्याण्ड बाहिरियो

एजेन्सी,असार १४ । इंग्ल्याण्ड युरोकप फुटबलको अन्तिम १६ बाटै बाहिरिएको छ । पहिलो पटक युरोकप खेलिरहेको उत्तरी युरोपको सानो मुलुक आइसल्याण्डसँग २-१ पराजित हुदै फुटबलको महारथी टोली इंग्ल्याण्ड समुहचरणवाटै बाहिरिएको हो । आइसल्याण्डलाई ऐतिहासिक जित दिलाउन राग्नर सिगुर्डसन र कोल्बिएन सिग्थोर्सनले एक एक गोल गरे । इंग्ल्याण्डका लागि वायने रुनीले एक गोल गरे ।

चौथो मिनेटमा नै रुनीले पेनाल्टी मार्फत गोल गर्दै इंग्ल्याण्डलाई सुरुवाति अग्रता दिलाएका थिए । तर त्यो अग्रता धेरै समय टिक्न सकेन । दुई मिनेटपछि आइसल्याण्डका सिगुर्डसनले बराबरी गोल फर्काए । १८ औं मिनेटमा आइसल्याण्डले अप्रत्यासित अग्रता लियो । कोल्वेइन सिग्पोर्सनले गोल गरे र टोलीलाई दुई एकको अग्रता दिलाए ।

दोस्रो हाफमा इंग्ल्याण्डले खेलमा फर्कने प्रयास गरेपनि सफल हुन सकेन । क्वाटरफाइनलमा आइसल्याण्डको भेट आयोजक फ्रान्ससँग हुनेछ । फ्रान्सले यसअघि आयरल्याण्डलाई हराएर क्वाटरफाइनलमा पुगिसकेको छ ।

पहिलो पटक युरोकपमा छनौट भएको आइसल्याण्डको जनसङ्ख्या मात्र ३ लाख २३ हजार छ ।
क्वाटरफाइनलको पहिलो खेलमा आगामी बिहीबार राति पोल्याण्ड र पोर्चुगल, शुक्रबार राति वेल्स र बेल्जियम, शनिबार राति जर्मनी र इटली तथा आइतबार राति आयोजक फ्रान्स र आइसल्याण्डबीच प्रतिस्पर्धा हुनेछ ।

अर्जेन्टिनाका कप्तान लियोनल मेसीद्वारा सन्यासको घोषणा

एजेन्सी,असार १३ । स्टार फुटबलर लियोनल मेसीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास लिने घोषणा गरेका छन्। फुटबलको पुरानो प्रतियोगिता कोपा अमेरिकाले एक सय वर्षको शतकीय यात्रामा अर्जेन्टिना पराजित भएसँगै मेस्सीले सन्यासको घोषण गरेका हुन् । चिलीविरुद्धको खेलमा पराजित भएपछि अर्जेन्टिनी टेलिभिजनसँग कुराकानी गर्दै राष्ट्रिय टिमबाट सन्यासको घोषणा गरेका हुन्।

आँखाभरि आँशु झारेका मेसीले अर्जेन्टिनी टेलिभिजनसँग कुराकानी गर्दै आफूले राष्ट्रिय टिमबाट लिएको सन्यायको निर्णयबारे बयान गर्दै भने,‘राष्ट्रिय टिमबाट खेल्न मलाई पुग्यो।’ चिलीविरुद्धको पेनाल्टी सुटआउटमा गोल गर्न चुकेपछि मेसी मैदानमै रुदै आफ्नो यात्रा यहीसम्म भएको र अब सकिएको बताएका छन्। च्याम्पियन बन्न नसक्दा दुखी भएको मेसीले बताए।

मेसीको नेतृत्वमा अर्जेन्टिना तीन मुख्य फाइनलमा पराजित भएको छ। सन् २०१४ को विश्वकपमा जर्मनीसँग हारेको अर्जेन्टिना लगातार दुई पटक कोपा अमेरिकाको फाइनलमा चिलीसँग पराजित भएको हो।

मेसीले अर्जेन्टिनी टिमसँग कोपाको फाइनलमा हार बेहोरेको पनि यो तेस्रो पटक हो। सन् २००७ को कोपा फाइनलमा ब्राजिलसँग पराजित हुँदा पनि मेसी अर्जेन्टिनी टिमका सदस्य थिए।

अमेरिकामा भएको कोपा अमेरिका सेन्टेनारियोमा मेसीले ५ गोल गर्दै अर्जेन्टिनाका लागि सर्वाधिक गोलकर्ताको रेकर्ड कायम गरे। उनले गाब्रियल बाटिस्टिुटाको नाममा रहेको ५४ गोलको रेकर्ड तोडेका हुन्। तर अर्जेन्टिनालाई उपाधि दिलाउन नसक्दा उक्त रेकर्डले मेसीलाई कुनै खुसी दिन सकेन।

सन् २००५ मा हंगेरी विरुद्धको खेलबाट अर्जेन्टिनाका लागि डेब्यु गरेका मेसीले २००६ मा क्रोएसिया विरुद्धको खेलमा अर्जेन्टिनाका लागि पहिलो गोल गरेका थिए। त्यसपछि अर्जेन्टिनाका लागि ११२ खेल खेलेका मेसीले कुनै पनि ठुला अन्तर्राष्ट्रिय फुटबलको उपाधि जित्न सकेनन्। सोमबार बिहान भएको फाइनल जित्दै इतिहास रच्ने मेस्सीको सपना अधुरै बन्यो ।
स्पेनिस क्लब बार्सिलोनाबाट व्यवसायिक फुटबल खेल्ने मेस्सीले क्लबमा राम्रो गरे पनि राष्ट्रका लागि केही गर्न नसकेको आरोप लाग्ने गरेको छ । यो पटक कोपा अमेरिकाको उपाधि उचाल्दै मेस्सीले विरोधीको आरोप खण्डन गर्न चाहन्थे । तर त्यस्तो हुन सकेन । समूह चरणदेखि सेमिफाइनलसम्म राम्रो प्रदर्शन गरेका मेस्सी पेनाल्टीमा चुक्दा टिम हार्न बाध्य भयो । गएको वर्ष भने मेस्सीले टाइब्रेकरमा गोल गरेका थिए ।
२३ वर्षपछि राष्ट्रलाई आफ्नो कप्तानीमा कोपा अमेरिकाको उपाधि दिलाउने मेस्सीको सपना अधुरै रह्यो ।

कोपा अमेरिका फुटबलको उपाधि चिलीलाई,अर्जेन्टिना पराजित

काठमाडौं,असार १३ । चिलीले कोपा अमेरिका फुटबलको उपाधि जितेको छ। लियोनल मेसी पेनाल्टीमा चुकेपछि अर्जेन्टिना अभागी साबित भएको हो । सोमबार बिहान अमेरिकाको न्यूजर्सीमा भएको फाइनलमा पेनाल्टी सुटआउटमा अर्जेन्टीनालाई ४–२ हराउँदै उपाधिमाथि कब्जा जमाएको हो। मेसीले प्रहार गरेको पेनाल्टी गोल पोष्ट भन्दा माथिबाट बाहिरिन पुगेको थियो । ९० मिनेट र थपिएको अतिरिक्त ३० मिनेटको समयमा समेत गोल हुन नसकेपछि उपाधि पेनाल्टीबाट टुंगो लागेको हो ।

आउँदो साता देशैभरका नदीमा बाढीको सम्भावना !

काठमाडौं,असार १३ । भारी वर्षासँगै आउँदो साता देशैभरका नदीमा बाढी आउन सक्ने ‘ग्लोबल हाइड्रोलोजिकल मोडेल’ले भविष्यवाणी गरेको छ। कोसी, नारायणी, गण्डकी, कर्णाली,पश्चिम राप्ती, महाकाली, वागमतीलगायत सवै नदीमा बाढी आउन सक्ने ग्लोबल हाइड्रोलोजिकल मोडेलको प्रक्षेपण छ। जल तथा माैसम विज्ञान विभागको बाढी भविष्यवाणी शाखाले गत वर्षको मनसुनदेखि नक्सालस्थित कार्यालयबाट २४ सै घण्टा देशका मुख्य मुख्य नदीमा आउन सक्ने बाढीको अनुगमन गर्दै सर्वसाधारणलाई सतर्क गराउँदै आएको छ।

आउँदो साताको भविष्यवाणीपछि विभागले सर्वसाधारणलाई बाढीको पूर्वसूचना दिन काम थालेको छ। ‘ग्लोबल हाइड्रोलोलिजकल मोडेलहरुले घनघोर वर्षापछि बाढीको आंकलन गरेकाले हामीले पूर्वसूचना प्रणालीलाई प्रभावकारी बनाएका छौं,’ शाखाका बाढी भविष्यवाणी विज्ञ विनोद पराजुलीले भने,‘सकेसम्म सर्वसाधारण सचेत होऊन् र धनजनको क्षति नहोस भन्ने हाम्रो उदेश्य हो।’

पराजुलीका अनुसार प्रमुख नदीहरुमा स्थापना गरिएका बाढी पूर्वानुमान केन्द्रहरुबाट रियल टाइम बेसिसका आधारमा प्राप्त हुने जलसतह र वर्षाको विवरणका आधारमा गरिने बाढी पूर्वानुमान सेवा विभागको वेवसाइटमा सेत हेर्न र थाहा पाउन सकिन्छ। कान्तिपुर दैनिकमा समाचार छ ।

माओवादी केन्द्रमा नयाँ प्रस्ताव: महाधिवेशनबाट १५१ सदस्यीय केन्द्रीय कमिटी

काठमाडौं,असार १३ । नेकपा माओवादी केन्द्रले महाधिवशेनपछि संगठन चुस्त, दुरुस्त बनाउने गरी कार्यविधिमा छलफल थालेको छ। आइतबार बसेको पार्टी केन्द्रीय कार्यालयको विस्तारित बैठकले कार्यविधिमाथि छलफल गरेको हो । पार्टीको संगठनात्मक कार्यविधि बनाउन १० जेठमा वर्षमान पुनको नेतृत्वमा कार्यदल गठन भएको थियो। विभिन्न माओवादी घटकहरूसँगको एकतापछि माओवादीको संगठनात्मक संरचना भद्दा भएको भन्दै आलोचना भइरहेका वेला उसले महाधिवेशनपछि संगठनलाई प्रभावकारी बनाउने गरी कार्यविधि तयार पारेको छ। माओवादीले आगामी माघसम्ममा महाधिवेशन गर्ने तयारी थालेको नयाँ पत्रिका दैनिकमा समाचार छ।

माओवादी केन्द्रले केन्द्रीय कमिटीलाई समानुपातिक बनाउने भएको छ। केन्द्रीय कमिटी भने १ सय ५१ सदस्यीय हुनेछ। जसमा ५० प्रतिशत खुला, ४० प्रतिशत विशेष व्यवस्था र १० प्रतिशत मनोनयनको व्यवस्था गर्ने मापदण्ड माओवादीले बनाएको छ। अब माओवादीको केन्द्रीय कमिटीमा ३३ प्रतिशत महिलाको प्रतिनिधित्व हुनेछ।

सिंहदरवारभित्रैको निर्माणमा अनियमितता

काठमाडौं,असार १३ । देशकै प्रमुख प्रशासनिक केन्द्र सिंहदरबारभित्रकै निर्माणमा अनियमितता हुने गरेको पाइएको छ । संसदको सार्वजनिक लेखा समितिको प्रतिवेदनले सिंहदर।बारकै निर्माणमा गैरजिम्मेवारिपना र अनियमितता हुने गरेेको औँल्याएको हो । सांसद विकास लम्सालको संयोजकत्वमा गठन भएको उपसमितिले सिंहदरबारभित्रको सडक, भवन नाली निर्माण तथामर्मतलगायतका कार्यमा गैरजिम्मेवारीपन र अनियमितता भएको ठहरसहितको प्रतिवेदन बनाएको आजको राजधानी दैनिकमा समाचार छ ।

गैरजिम्मेवारीपनामा भएको उल्लेख गरिएको काहाँ कहाँ र कसरी अनियमितता भयो भन्ने स्पष्टसँग उल्लेख नगरिएपनि स्थलगत निरीक्षणका क्ममा सम्झौताअनुसारको काम पूरा नगरिएको, मापदण्डविपरीत कार्य गरेको, सरकारी निकायबीच समन्वय नभएको, काम अलपत्र छोडेकोलगायत अनियमितता उल्लेख भएको छ ।यो प्रतिवेदनसँगै सिंहदरबारभित्रकै निर्माणमा त उचित रुपमा काम हुँदैन भने दूरदराजको अवस्था के होला भन्ने गम्भिर प्रश्न उठाएको छ ।

छुट्टिमा आएर अफगानिस्तान फर्कन चाहनेलाई अनुमति !

काठमाडौं,असार १३ । सरकारले रोजगारीका लागि द्वन्द्वग्रस्त मुलुकमा जान प्रतिवन्ध लगाएको एक साता नबित्दै श्रम तथा रोजगार मन्त्रालयले छुट्टिमा आएर फर्कन चाहनेलाई अफगानिस्तान पठाउने तयारी गरेको छ । श्रम मन्त्रालयले सरकारले प्रतिबन्ध लगाएको स्थानमा सुरक्षा खतरा भएकोले नजान आग्रह गर्दै सर्वसाधरणलाई ट्राभल एडभाइजरी गर्ने र एडभाइजरीको समेत बेवास्ता गर्दै जान चाहनेलाई लिखित कबुलियत गराएर जान दिने तयारी गरेको आजको अन्नपूर्ण पोस्टमा समाचार छ ।

अफगानिस्तानको राजधानी काबुलमा क्याडेली दूतावासमा गार्डको काम गर्दै नेपालीमाथि लक्षित गर्दै गत सोमबार तालिबान आतंकबादी आत्मघाती बम विस्फोट गराएर १३ नेपालीको मृत्यु भएपछि बिहीबार मन्त्रिपरिषदले अफागनस्तिान, इराक, सिरिया र लिबियामा नेपालीलाई रोजगारीका लागि जान प्रतिवन्ध लागएको थियो । श्रम तथा रोजगार मन्त्री दीपक बोहोरा स्वयं छुट्टीमा आएकालाई फर्काउन पहल गर्दै विभिन्न सरोकारवालासँग छलफलमा सक्रिय भएका छन् ।

महानिरिक्षक राईले जुत्ताको तुना जवानलाई लगाउन लगाउँदा जनजातीहरु किन मौन ?

काठमाडौं,असार १३ । शसस्त्र प्रहरी महानिरिक्षक रहेका दुर्जकुमार राईले आफ्नो जुत्ताको तुना कस्न प्रहरी जवानलाई लगाएका छन् । काठमाडौं चन्द्रागिरी मन्दिर दर्शन गरेर फर्केपछि आफुले लगाएको जुत्ताको तुना कस्न लगाएपछि राईको सामाजिक सञ्जालमा व्यापक विरोध भएको छ ।

यसअघि यस्ता गल्ती गर्दा अन्य थर तथा जातका ब्राम्हण जातिको चर्को बिरोध भएपनि यसमा जनजाती र मधेशी समुदायका भने मौन छन् ।यसैलाई व्यंग्य गर्दै सामाजिक सञ्जालमा जनजातीहरुले गर्दा जे पनी सहि हुने भन्दै कथित जनजाती र तिनका नेता एवं अधिकारवादीहरुको चर्को बिरोध समेत भइरहेको छ ।

पूर्वमन्त्री रिजाल अर्काकी कान्छी श्रीमती काण्डमा मुछिए

काठमाडौं,असार १३ । नेपाल टेलिजिभनमा भएको ९ करोड रुपियाँ भ्रष्टाचारको छानविन कसरी गर्ने ? भन्ने विषयमा छलफल गर्ने क्रममा संसदको सार्वजनिक लेखा समितिमा बाझाबाझ भएको छ । नेपाल टेलिजिभनका महाप्रवन्धक लक्ष्मण हुमागाइँले ९ करोड रुपियाँको नक्कली बैंक ग्यारेन्टी बनाई भ्रष्टाचार गरेको विषयमा छलफल गर्न आइतबार लेखा समितिको बैठक बोलाइएको थियो ।

लेखा समितिमा नलसिंह गाढ जलविद्युत आयोजनामा भएको भ्रष्टाचार प्रकरण, नेपाल प्रहरीले ज्याकेट खरिद गर्दा भएको भ्रष्टाचार प्रकरण लगायत थुप्रै मुद्दा निकै पहिलादेखि थाँति रहँदै आए पनि समितिका सभापति जनार्दन शर्माले नेपाल टेलिभिनको भ्रष्टाचार प्रकरणलाई प्राथमिकता दिनुमा धेरै सांसदहरूले रहस्यय मानेका छन् ।

नेपाल टेलिभिजनको भ्रष्टाचार प्रकरणलाई प्राथमिकता मात्रै दिइएन, बैठक सुरु हुनासाथ तत्कालीन सूचना तथा सञ्चारमन्त्री मीनेन्द्र रिजाललाई कारबाही गर्नुपर्ने माग सत्तारुढ पार्टीका सांसदहरूले उठाए । यसलाई प्रतिपक्षी दलका सांसदहरूले प्रतिवाद गरे ।

संसदीय समितिमा सांसदहरू सत्तापक्ष र प्रतिपष्क्षका रुपमा ध्रुवीकृत हुनुलाई विडढम्बना मानिन्छ । छानविन समितिले बुझाएको प्रतिवेदनमा नेपाल टेलिभिजनको भ्रष्टाचार प्रकरणमा तत्कालीन मन्त्री रिजालको प्रत्यक्ष संलग्नता छैन ।

तर भ्रष्टाचारीमाथि कारबाही गर्न छानविन समितिले दिएको निर्देशन तत्कालीन सूचना तथा सञ्चारमन्त्री रिजालले पालना नगरेपछि उनीमाथि कारवाहीको माग गरिएको हो । रिजालले भ्रष्टाचारीलाई कारबाही नगरेको विषयमा छानविन गर्न लेखा समितिले छुट्टै उपसमिति गठरेको छ ।

लेखा समितिका एक सांसदले दावी गरे अनुसार नेपाल टेलिभिजनका तत्कालीन महाप्रवन्धक लक्ष्मण हुमागाइँकी कान्छी श्रीमतीको विशेष प्रभावमा परी तत्कालीन मन्त्री रिजालले भ्रष्टाचारीलाई उन्मुक्ति दिएका हुन् ।

तर, हुमागाइँकी कान्छी श्रीमती को हुन् र कहाँ काम गर्छिन् भन्नेबारे आफू अनभिज्ञ रहेको उनले बताउने गरेका छन् । तरुण साप्ताहिकमा खबर छ ।

नयाँ फिल्मका लागि अक्षयको पारिश्रमिक ९० करोड !

एजेन्सी । बलिउडको चर्चित अभिनेता अक्षयकुमारले एक नयाँ फिल्म खेल्नको लागि लागि ५६ करोड भारू (नेपाली मुद्रामा ९० करोड) लिएको खुलसा बाहिर आएको छ । पछिल्लो समय बलिउडमा सफल रहदै राज गर्दै आएको अक्षयले उक्त रकम पारिश्रमिक र नाफामा हिस्सेदारी अनुसार लिएको बुझिएको छ ।

उनले ‘यारियाँ’ तथा ‘सनम रे’ फिल्म निदेशन गरेकी दिव्या कुमार खोसलाको अगामी फिल्मका लागि यो रकम लिन लागेका कुरा बाहिर आएको छ । दिव्याको यस फिल्म अगाडि पनि अक्षयले ‘जोल एलएलबी २’ फिल्मका लागि ४२ करोड भारू लिएको खबर सार्वजनिक भएको थियो। उनका पछिल्ला रिलिजहरू हाउसफू ३, एयर लिफ्ट, बर्दर्स, सिह इज ब्लिङ आदिले वक्सअफिसमा १०० करोड भारूको कमाइगरेसँगै उनी बलिउडमा माग भएका कलाकारमा पर्छन्।

Saturday, June 25, 2016

प्रधानमन्त्रीले शिलान्यास गरेको घरको जग पुरी त्रिपालको बास !

काठमाडौं,असार १२ । भूकम्पका कारण मानवीय र भौतिक क्षति धेरै बेहोरेको सिन्धुपाल्चोकमा दुईजनाले मात्र अनुदानको पहिलो किस्ताबापत ५० हजार रुपैयाँ पाएका छन् । सदरमुकामस्थित चौतारा नगरपालिकाका सर्वे तामाङ र यदुमाया घोरासैनीबाहेक अरूले अनुदानको पहिलो किस्ता पाएका छैनन् ।

राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका अनुसार सिन्धुपाल्चोकमा दुईजना घरधनीको बैंक खातामा रकम जम्मा भएको हो। सर्वेको घर निर्माण गर्न प्रधानमन्त्री केपी ओलीले वैशाख १२ गते शिलान्यास गरेका थिए तर उनले पैसा नभएका कारण शिलान्यास गर्न खनेको जग पुरी त्रिपाल ठड्याएर बासस्थान बनाएका छन् । अनुदान रकम वितरण गर्न स्थानीय विकास मन्त्रालयले सिन्धुपाल्चोक जिल्ला विकास समितिलाई एक अर्ब ७६ करोड ५४ लाख रुपैयाँ पठाएको छ । भूकम्पले सिन्धुपाल्चोकमा ६५ हजारभन्दा बढी घर भत्काउँदा तीन हजार पाँच सयभन्दा बढीको ज्यान लिएको थियो ।

प्राधिकरणले मानवीय र भौतिक रूपमा सबैभन्दा बढी क्षति बेहोरेको सिन्धुपाल्चोकमा ७८ हजार पाँच सय ३७ घरधनीलाई अनुदान पाउने सूचीमा समावेश गरेको छ। त्यसमध्ये २० हजार ७८ घरधनीसँग अनुदान सम्झौता पनि भएको छ ।

सिन्धुपाल्चोकसहित भूकम्पबाट अति प्रभावित ११ जिल्लामा शुक्रबारसम्म पाँच हजार आठ सय ४१ घरधनीको पहिलो किस्ताबापत २४ करोड ५९ लाख ५० अनुदान रकम बैंक खातामा जम्मा भइसकेको प्राधिकरणले जनाएको छ ।

भूकम्पको केन्द्रबिन्दु परेको गोरखामा ५८ हजार पाँच सय तीन घरधनी अनुदान पाउने सूचीमा सूचीकृत भएका छन्। त्यसमध्ये ३४ हजार चार सय ५७ घरधनीसँग अनुदान सम्झौता भएको छ । अाजको अन्नपूर्णमा समाचार छ ।

किन दिइन्छ बाराम्बर नेपाललाई कालोसूचीमा राख्ने चेतावनी ?

काठमाडौं,असार १२ । सम्पत्ति शुद्धीकरणविरुद्ध प्रभावकारी कदम नचालेको भन्दै अन्तर्राष्ट्रिय समुदायले नेपाललाई कालोसूचीमा राख्ने वा सहयोग रोक्का गर्नेसम्मको चेतावनी दिएको छ । यसअघि आवश्यक कानुन नबनाएको भन्दै यस्तौ चेतावनी दिएका अन्तर्राष्ट्रिय मुद्रा कोषले ,बिश्व बैंक र अन्य निकायले यसपटक भने मनी ट्रान्सफर कम्पनीमार्फत सम्पत्ति शुद्धीकरण भएको र त्यसलाई रोक्न प्रभावकारी कदम नचालको भन्दै यस्तो चेतावनी दिएको छ ।

केही अघि आएको अन्तराष्ट्रिय मुद्रा कोष र विश्व बैकको मिसनले यस्तो चेतवनी दिएको राष्ट्र बैंकको उच्च स्रोतले जानकारी दिएको आजको राजधानी दैनिकमा खबर छ। यस्तै फइनान्सियल एक्सन टाक्स फोर्स अन्गर्ततको एसिया प्यासिफिक ग्रुप अफ एन्टी मनी लाउन्डरिङले पनि नेपाल सरकारका उच्च अधिकारीलाई भेटेर यस्तै चेतावनी दिएको स्रोतले जानकारी दियो ।

बैकिङ प्रणलीमार्फत हुने मनी ट्रान्सफरमा समस्या नभए पनिमनी ट्रान्सफर कम्पनीको नियम र अनुगमन प्रणाली कमजोर हुँदा यस्तो समस्या आएको आरोप लगाइएको छ । तरल राजनीतिक अवस्थाका कारण सरकार कमजोर भएको र चाहरेर पनि कारबाह गिर्न नसकेको गुनासो मिसन अधिकारीहरुले गरेका छन् ।

अफगानिस्तानमा नेपाली–नेपालीबीच झडप

काबुल,असार १२ । अफगानिस्तानको काबुलस्थित जिफोरएस सिक्युर सोलुसनमा कार्यरत नेपाली नेपालीबीच झडप भएको छ । गएराति स्थानीय समयअनुसार करिव साढे ९ बजे जिफोरएसमा कार्यरत सिनियर र जुनियर सुरक्षाकर्मी नेपालीबीच झडप भएको हो । शनिबार ३ सय ८५ जना नेपाली सुरक्षाकर्मीले रातिबाट ड्युटी छाड्ने घोषणा गरेको तर पछि गोराहरुले सिनियर लेभलका नेपाली सुरक्षाकर्मीलाई ‘फकाएर’ काममा लैजान लागेपछि ड्युटी जाने वा नजाने भन्ने विषयमा नेपाली नेपालीबीच विवाद हुँदा झडप भएको ९ वर्षदेखि अफगानिस्तानमा कार्यरत तनहुँका होमबहादुर थापाले बताए ।

उनका अनुसार सुपरभाइजर र सिनियर लेभलका सुरक्षाकर्मीले सुरुमा शनिबार रातिदेखि नै ड्युटी छाड्ने भनेर सहमति गरेपनि पछि आएर गोराहरुको प्रभावमा परेर ड्युटी जाने निर्णय गरेपछि हामी माथि ‘धोका’ भयो भन्दै जुनियर लेभलका सुरक्षाकर्मीले हातपात गरेका थिए । आजको कान्तिपुर दैनिकमा खबर छ ।

थापाले भने, ‘पहिले ड्युटी नजाने भन्ने, पछि जान्छौं भन्ने भन्ने ? भन्दै केही साथीहरु आक्रोशित हुनभयो र सुपरभाइजरसँगै सिनियर लेभलका सुरक्षाकर्मीमाथि जाइलाग्नुभयो ।’ नेपाली कामदारको सुरक्षाको प्रत्याभूति गर्न र तलब बढाउन नसक्ने व्यवस्थापनले अडान राखेपछि सबै नेपाली ड्युटी छाडेर स्वदेश फिर्न राजी भएको थियो । नेपाली कामदारको सवाललाई अफगानिस्तान आइपुगेका कार्यबाहक राजदूत तीर्थराज अर्यालले जिफोरएसका उच्च व्यवस्थापनसमक्ष राखेका थिए ।

त्यस कम्पनीमा कार्यरत नेपाली कामदारको अवस्था बुझ्न अर्याल स्थानीय समय अनुसार शनिबार ४ बजे अन्जुमान क्याम्पमा पुगेका थिए । उनी राती ८ बजे क्याम्पबाट बाहिर निस्केका थिए ।

‘राजदूतले हाम्रो समस्या झन्डै दुई घण्टा सुनेर व्यवस्थापन समक्ष राख्नुभयो । व्यववस्थापनले हाम्रो माग पुरा गर्न नसक्ने भयो, ‘थापाले इकान्तिपुलाई भने,‘त्यसपछि हामीले ड्युटी गर्न नसक्ने सामूहिक निर्णय सुनायौं ।’

त्यस क्याम्पबाट झन्डै दुईसय नेपाली सुरक्षाकर्मी बिहान ६ बजेबाट ड्युटी गएका थिएनन् । ‘बिहीबार राति १० बजे ड्युटी गएका एकसय २० जना साथीहरु पनि गोराहरुलाई हतियार बुझाएर क्याम्ममा फर्किए, उनले भने, ‘स्वदेश जान पाउने भएपछि हामी सबै साथीहरुले खुसीले ताली बजाएर स्वागत गर्‍यौं ।’

उनीहरुले ८ सय ५० डलरबाट बढाएर एक हजार ५० डलर पुर्‍याउन माग राखेको थिए । ‘हामी अफगानिस्तानमा इस्टाटिक ड्युटी ९जहाँ ड्युटी गर्ने हो । त्यहाँ नै बस्ने० गर्न आएका थियौं, लोकनाथ पौडेलले भने, ‘हामी सित्तैमा काम गर्न आएका होइनौं । हाम्रा मागहरु पुरा हुँदैन भने हामी यहाँ बस्नुको अर्थ पनि छैन् ।’

नेपालीले नेपाली दूतावासले खेलेको भूमिका प्रति स्वागत गरेको छ । ‘हाम्रा जे जस्तो समस्या बुझ्न क्याम्पमै राजदूत आउनुभयो । उहाँले हाम्रो पक्षमा कम्पनीसँग कुरा राख्न जुन भूमिका खेल्नुभयो । यो राम्रो पक्ष हो,ु पोखराका सत्यराज सापकोटाले भने,‘अब हामी छिट्टै फर्कनेछौं ।’

उनीहरुले छिट्टै फर्कनको लागि सरकारलाई नेपाल एयरलाइन्सको विमान पठाइदिन अनुरोध गरेको छ । ‘कम्पनीले कहिले पठाउछ थाहा छैन् । सरकारले विमान पठाइदिए हामी सबै एकैपटक आउने थियौं, उनले भने ।

उनीहरुले क्याम्पबाट कार्यस्थल जाँदा सुरक्षाको खतरा रहेको विषयलाई प्रमुख रुपमा उठाएका थिए । ‘हामी सुरक्षाको काम गर्ने सुरक्षागार्ड नै सुरक्षित भएनौं । हामीलाई एउटा थर्ड क्लासको बसमा हालेर ड्युटी स्थल लगिने गरिन्छ, सापकोटाले भने, ‘१५ देखि ४५ मिनेटसम्मको यातायात दुरीमा कार्यस्थल लगिन्छ । भेडाबाख्रा ओसारप्रसार गरे जसरी लगिरहेको छ ।’

जानेरआउने बेला अगाडि र पछाडि सुरक्षाकर्मी हुँदैनन् । ‘कार्यस्थलमा पुगेपछि मात्रै हतियार दिइन्छ । त्यहाँ पुगेपछि आफूहरु सुरक्षा गार्ड जस्तो लाग्छ, पोखराका अर्का नेपाली गार्डले भने, ‘नत्र, भेडाबाख्राभन्दा फरक छैन् ।’

हिमालयन बैंकलाई एक करोड जरिवाना

काठमाडौं,असार १२ । नेपाल राष्ट्र बैंकले तोकेको अनुपातमा विपन्न वर्ग कर्जा प्रवाह नगरेको भन्दै हिमालयन बैंकलाई १ करोड १५ लाख ६६१ रूपैयाँ जरिवाना गरेको छ। चालु आर्थिक वर्षको पहिलो र दोस्रो त्रैमासिकमा तोकिएको अनुपातमा विपन्न वर्ग कर्जा सीमा अनुसार नभउको पाइएपछि राष्ट्र बैंकले हिमालयन बैंकलाई जरिवाना गरेको खबर आजको कारोबारमा छापिएको छ।

२० हजारभन्दा धेरैलाई जागिर दिने गोल्छाका छोराछोरी अन्तै जागिरे

विराटनगर, असार १२ । नेपालमा गोल्छा परिवारले २० हजारभन्दा धेरैलाई जागिर दिएको छ। उसका ३५ भन्दा धेरै उद्योग छन्। तर औद्योगिक घराना र व्यवसायमा सफल गोल्छा परिवारका सन्तान भने अरू कसैकमा जागिर खाने गरेका छन् । अन्य जागिरेझै समयमै कार्यालय पुग्छन् र नियमअनुसार बिदामा बस्छन्। आफूभन्दा माथिल्लो हाकिमकै अरन खटनमा चल्छन्। सामान्य कर्मचारीसरहनै उनीहरू मासिक तलब बुझ्छन्।

गोल्छा अर्गनाइजेशनको जग बसाल्ने र यो औधोगिक घरानाको सुत्रपात गराउने रामलाल गोल्छाको चौथो पुस्ता अर्थात उनका पनाती अभिमन्यू गोल्छा र पनातिनी अनुज्ञा अहिले अरूकैमा जागिर खाइरहेका छन्। विदेशमा पढाइ पुरा गरेका अभिमन्यु सामसुङ कम्पनीमा र इन्फरमेसन टेक्नोलोजि अन्तर्गत एनिमेशन विधामा ग्याजुएड अनुज्ञा भारतको नयाँ दिल्लीमा जागिरे रहेका आजको अन्नपूर्णमा कुमार लुइँटेल र मनोज बस्नेतले लेखेका छन्। अनुज्ञा गोल्छा अर्गनाइजेशनका निर्देशक सुरेन्द्र गोल्छाकी छोरी हुन्। अभिमन्यु शेखर गोल्छाका छोरा र सुरेन्द्रका भतिजा हुन्। सुरेन्द्रका अर्का भतिजा पनि लण्डनमा पढ्दा त्यहाँको एक सिनेमा हलमा काम गर्थे।

Friday, June 24, 2016

प्रहरीको त्रासको कारण दोधारा चाँदनीका ६ घरधुरी विस्थापित

पप्पु गुरुङ्-दोधारा चाँदनी,असार ११ । प्रहरीको त्रासको कारण कञ्चनपुरको दोधारा चाँदनीका ४ घरधुरी बिस्तापित भएका छन् । जेठ १८ गते मंगलवार करिब ३ बजे प्रहरीले मानव तस्करीमा संलग्न अरोपितलाई पक्राउ गर्दा गाँउनै त्रसित गराउदै ६ जना बिरुद्ध सार्वजनिक मुद्धा दर्ता गरेको कारण ६ घरधुरी त्रासको कारण बिस्तापित भएका स्थानियहरुले अरोप लगाएका छन् । उनिहरु आफ्नो घरमा ताला लगाएर तथा आफ्ना बालवालिका छिमेकीको घर छाडेर भारतको बम्बई लगाएत स्थानमा पलाएन भएको स्थानियहरुले बताएका छन् । “प्रहरीको त्रास तथा धम्कीले केहि दिन आफन्तको घरमा लुकेर बसे, त्रास अझै बढेपछि भारत छिर्न बाध्य भए हुन्” एक स्थानिय महिला पार्वती चदारोले बताए । प्रहरीले गाँउमा भान्साको चुल्हालाई लात्तीले हानेर समेत भत्काईदिने गरेको बताईएको छ् ।

उनिहरु यस वर्ष प्रहरीको त्रासको कारण धान रोपाई समेत गर्न नपाउने भएका छन् । प्रहरी निरिक्षक माथी हातपात तथा अभियुक्त भगाएको भन्दै प्रहरीले अनुसन्धान पछि ६ जना बिरुद्ध सार्वजनिक मुद्धा दर्ता गरेको प्रहरीले जनाएको छ् । मंगलवार ईलाका प्रहरी कार्यालय दोधारा चाँदनीका प्रहरी निरिक्षक बिरेन्द्र बिर विश्वकर्मा र प्रहरी जवान गगन ढुङ्गाल दोधारा चाँदनी नगरपालिका वडा नं. ८, सुन्दरनगरमा सुरक्षा अवस्था जाँच गर्ने जाने क्रममा अचानक प्रहरीले चेलीबेटी बेचबिखनको मुद्धामा २०६६ साल माघ १७ गते देखि फरार रहेका दोधारा चाँदनी नगरपालिका वडा नं. ८, सुन्दरनगरका बिर बहादुर सुनारलाई देखेपछि पक्राउ गर्न थालेको हो । अभियुक्तका आफन्तजनले प्रहरी माथी हातपात गरि अभियुक्तलाई भगाउन सहयोग गरेको तथा प्रहरी माथी हातपात गरेको उनिहरुमा आरोप छ् ।

“सादा पोसाकमा आएको प्रहरीलाई हामीले चिनेनौ । हामीले चोरहरुले बिर बहादुर सुनारलाई गोली हान्यो भनेर बचाउन लागेका थियौ” प्रहरीको अनुसन्धान पछि अभियुक्त सुनार आफन्त काला सुनार, माईला भनिने बिक्रम सुनार, दिवान सुनार, गणेश चदारो, शेर बहादुर चदारो र अभियुक्त सुनारको श्रीमती ( नाउ नखुलेको ) को नाउमा सार्वजनिक मुद्धा दर्ता गरिएको हो । २०६६ साल माघ १७ गते मानव बेचविखन बिरुद्ध दोधाराका एक महिलाले बिर बहादुर सुनार लगाएत भारतिय नागरिक राजु रावल र गोपाल तिवारी बिरुद्ध अदातमा मुद्धा दायर गरे लगत्तै सुनार फरार रहेका थिए ।

उनलाई पक्राउ गर्न प्रहरी पटक पटक गएपनि सुनार भारत गएको कारण उनाई पक्राउ गर्न सकेको थिएन् । स्थानिय पार्वती चदारो अनुसार गाँउमा बेचबिखनको मुद्धा छिनोफानो गरिसकेको भएको बताएका छन् । उक्त छिनोफानोमा कुरा मिलाउन बिर बहादुर सुनारले रु. २१ हजार भारतिय रुपियाँ दिएका थिए, भने भारतिय नागरिक राजु रावल र गोपाल तिवारीले रु.४० हजार भारतिय रुपिया दिएर तत्काीन माओबादीले लिएर मुद्धा गाँउमा साम्य बनाएको बताईएको छ् । तर उक्त मुद्धा अदालतमा रहेको बारे कसैे चाँसो नदेखाएको कारण यो समस्या आएको चदारोको भनाई रहेको छ् ।

युरोकप: दोस्रो चरणका खेलहरु आजबाट,कसको भिडन्त को सँग ?(तालिका)

एजेन्सी,असार ११ । युरो २०१६ का दोस्रो चरणका खेलहरु शनिवारदेखि शुरु हुँदैछन्। नेपाली समय अनुसार शनिवार साँझ २ खेल र आईतवार बिहान एक खेल हुनेछन्। पहिलो खेलमा समूह एको उपविजेता स्वीट्जरल्याण्डले समूह सीको उपविजेता पोल्याण्डसँग प्रतिस्पर्धा गर्ने छ । यो खेला बेलुका पौने सात बजे सुरु हुने छ ।
राति पौने १० बजे समूह एको विजेता वेल्सले उत्कृष्ट तेस्रोको रुपमा अन्तिम १६ मा आएको नर्दन आयरल्याण्डसँग खेल्ने छ । यस्तै शनिबारको अन्तिम खेल राति पौने एक बजे समूह डीको विजेता क्रोएसियाले उत्कृष्ट तेस्रोको रुपमा आएको पोर्चुगलसँग खेल्ने छ ।

स्विजरल्याण्ड समुह ‘ए’को उपबिजेता हो भने पोल्याण्ड समुह ‘सी’को उपबिजेताका रुपमा दोस्रो चरण प्रवेश गरेको हो। युरोमा दुवै टोली पहिलो पटक नक आउट चरणमा पुगेका हुन्। पोल्याण्डले त यस अघी प्रतियोगितामा कुनै पनि खेल जित्न सकेको थिएन। पोल्याण्डले समुह चरणमा उत्तरी आयरल्याण्ड र युक्रेनलाई पराजित गरेको थियो भने बलियो जर्मनीसँग बराबरी खेल्दै अंक बाँडेको थियो।

त्यसैगरि स्विजरल्याण्डले समुह चरणमा फ्रान्स र रोमानियासँग बराबरी खेल्दै अंक बाँडेको थियो भने अल्बानियालाई पराजित गरेको थियो। पोल्याण्डका स्टार खेलाडी रोबर्ट लेवन्डोस्कीले अझै युरोमा गोलको खाता खोल्न सकेका छैनन्। उनले छनौट चरणमा आफ्नो टोलीकालागि १३ गोल गरेका थिए। उनको खेलले आजको नतिजामा प्रभाव पार्ने निश्चित रहेको छ। ६ समूहमा रहेका २४ देशबाट प्रत्येक समूहको शीर्ष दुईमा रहेका गरी १२ तथा उत्कृष्ट तेस्रोमा रहेका चार टिम अन्तिम १६ मा पुगेका छन् । नकआउट चरणका ८ खेल तीन दिनमा सकिने छ ।

अन्तिम १६ को खेल तालिका
पहिलो खेल: स्वीट्जरल्याण्ड भर्सेस पोल्याण्ड (असार ११ गते शनिबार बेलुका पौने सात बजे)
दोस्रो खेल: वेल्स भर्सेस नर्दन आयरल्याण्ड (असार ११ गते शनिबार राति पौने १० बजे)
तेस्रो खेल: क्रोएसिया भर्सेस पोर्चुगल (असार ११ गते शनिबार राति पौने एक बजे)
चौथो खेल: फ्रान्स भर्सेस रिपब्लिक अफ आयरल्याण्ड (असार १२ गते आइतबार बेलुका पौने सात बजे)
पाँचौं खेल: जर्मनी भर्सेस स्लोभाकिया (असार १२ गते आइतबार राति पौने १० बजे )
छैटौं खेल: हंगेरी भर्सेस बेल्जियम (असार १२ गते आइतबार राति पौने एक बजे)
सातौं खेल: इटाली भर्सेस स्पेन (असार १३ गते सोमबार राति पौने १० बजे )
आठौं खेल: इंग्ल्याण्ड भर्सेस आइसल्याण्ड (असार १३ गते सोमबार राति पौने एक बजे)

Featured Post

माओवादी केन्द्रका तीन मन्त्रीमा महरालाई अर्थ, दुई नयाँ अनुहार

काठमाडौं,साउन २० । माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा पहिलो चरणमा तीन जना मन्त्री पठाउने भ...

Popular Posts