Sunday, May 15, 2016

सिटौलाको ट्रिपल रोलले देउवा ट्वाँ

काठमाडौं,जेठ ३ । सभापति बन्नासाथ हतारमा सातजना हरुवाहरु रामचन्द्र पौडेल, अर्जुननरसिंह केसी, चित्रलेखा यादव, कृष्ण सिटौला, गगन थापा, उमाकान्त चौधरी र नरहरी आचार्यहरुलाई केन्द्रीय समितिमा मनोनित गरेपछि नराम्रो झड्का भेटेर पार्टीभत्र चर्को विरोधको सामना गरेका शेरबहादुर देउवा प्रधानमन्त्री बन्ने चक्करमा लागेपछि अर्को नराम्रो झड्का ब्योहर्न पुगे । झड्कामाथि झड्का खाँदै आएका देउवाले ग्लोबल टेण्डर भएर अदालतमा मुद्दा विचारधिन रहेको फास्ट ट्रैकको बारेमा बोल्दा अर्को नराम्रो झड्का सहन बाध्य भएका छन् ।

माथि उल्लेखित घटनाहरुमा विना सुझबुझ हतारमा निर्णयमा पुग्दा र बोल्दा विपक्ष र आफ्नै पार्टीभित्रहरुको कारण विवादमा परेका छन् । एमाओवादीका प्रचण्डलाई प्रधानमन्त्री बनाएर सत्तारुढ हुने परिपञ्चमा पनि उनी असफल भएर झड्का भेट्न पुगे ।

देउवालाई कांग्रेसकै केही नेताहरुको अपरिपक्वता, केहीको राजनीतिक कच्चा खेल र केहीको बेइमानीका कारण अपमानजनक अवस्था ब्योहर्नपरेको बताइएको छ । साँघु साप्ताहिकमा खबर छ ।

No comments:

Post a Comment

Featured Post

माओवादी केन्द्रका तीन मन्त्रीमा महरालाई अर्थ, दुई नयाँ अनुहार

काठमाडौं,साउन २० । माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा पहिलो चरणमा तीन जना मन्त्री पठाउने भ...

Popular Posts