Wednesday, May 11, 2016

अझै चुक्ता भएन कोइराला र भट्टराईको घाटखर्च

काठमाडौं,बैशाख ३० । पूर्वप्रधानमन्त्रीद्वय गिरिजाप्रसाद कोइराला र कृष्णप्रसाद भट्टराईको निधन भएको क्रमश ७ र ६ वर्ष पूरा भयो । उनीहरुको योगदानको खातिदारी गर्दै राज्यले राजकीय सम्मानका साथ अन्त्येष्टि गरे पनि घाट एवं काजकिरिया खर्च भने अझै भुक्तान गरिएकाे छैन । तत्कालीन सरकारले यी दुवै जनाको अन्त्येष्टि राजकीय सम्मानका साथ गर्ने एवं अन्त्येष्टिसहित काजकिरियाबापत लाग्ने सम्पूर्ण खर्च बेहोर्ने निर्णय गरेका थिए । दुवै जनाको किरिया खर्च भुक्तानीसम्बन्धी फाइल गृह मन्त्रालय, मन्त्रिपरिषद्, संस्कृति मन्त्रालय लगायत ठाँउमा अड्किँदा भुक्तानीमा ढिलाइ भएको हो ।

पूर्वविशिष्टलाई दिइएको राजकीय सम्मनकै धज्जी उड्ने गरी घाटखर्चसमेत भुक्तन नगरिएको बारे मुख्यसचिव सोमलाल सुवेदीले चाल पाएपछि बल्ल यस सम्बन्धी प्रक्रिया अघि बढाइएको छ । तीन महिनाअभि निधन भएका पूर्वप्रधानमन्त्री सुशील कोइरालासहित राजकीय सम्मन पाएका यी तीनै जना पूर्वविशिष्टको अन्त्येष्टि र किरीया खर्चबापत रकम भुक्तानी प्रक्रियाको फाइल बल्ल अघि बढेको छ । आजको नागरिक दैनिकमा समाचार छ ।

No comments:

Post a Comment

Featured Post

माओवादी केन्द्रका तीन मन्त्रीमा महरालाई अर्थ, दुई नयाँ अनुहार

काठमाडौं,साउन २० । माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा पहिलो चरणमा तीन जना मन्त्री पठाउने भ...

Popular Posts