Wednesday, May 4, 2016

मन्त्रिपरिषदको बैठक स्थगित,अविश्वासको प्रस्ताव दर्ता गर्ने कांग्रेस-एमाओवादीको तयारी

काठमाडौं,बैशाख २३ । प्रधानमन्त्री केपी शर्मा ओलीले बोलाएको मन्त्रिपरिषद बैठक स्थगित भएको छ । एकीकृत माओवादीका तर्फबाट सरकारमा सहभागी मन्त्रीहरू नआएपछि मन्त्रिपरिषदको बैठक अचानक स्थगित भएको छ ।

प्रतिपक्षी नेपाली कांग्रेस लगायतले संसदमा आजै अविश्वासको प्रस्ताव दर्ता गर्ने तयारी गरेपछि प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद बैठक बोलाउनु भएको थियो । प्रधानमन्त्री केपी ओलीले मन्त्रिपरिषदको बैठक बेलुका छ बजेसम्मका लागि स्थगित गर्नुभएको हो । मन्त्रिपरिषदको बैठक अब बेलुका छ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्नेछ ।

No comments:

Post a Comment

Featured Post

माओवादी केन्द्रका तीन मन्त्रीमा महरालाई अर्थ, दुई नयाँ अनुहार

काठमाडौं,साउन २० । माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा पहिलो चरणमा तीन जना मन्त्री पठाउने भ...

Popular Posts