Friday, May 27, 2016

गुजरातलाई पराजित गर्दै हैदराबाद आइपिएलको फाइनलमा

काठमाडौं,जेठ १५ । सनराजर्स हैदराबाद इन्डियन प्रिमियर लिग (आइपिएल) को फाइनलमा पुगेको छ । डेभिड वार्नर चम्किएपछि दोस्रो प्ले अफमा गुजरात लायन्सलाई ४ विकेटले हराउँदै हैदराबाद उपाधि नजिक पुगेको हो । हैदराबादले आइतबार हुने फाइनलमा रोयल च्यालेन्सर्ज बैंगलोरको सामना गर्ने छ । लिग चरणमा शीर्षस्थानमा रहेको गुजरात भने प्रतियोगिताबाट बाहिरिएको छ।

टस हारेर सुरुमा ब्याटिङ्ग गरेको गुजरातले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर एक सय ६२ रन बनायो । गुजरातका आरोन फिन्चले ३२ बलमा ७ चौंका र २ छक्काको मद्दतले ५० रनको अर्धसतकिय पारी खेले पनि टिमलाई जित दिलाउन सकेनन् भने ब्रेन्डम म्याकुलम ३२ तथा दिनेश कार्तितले २६ रन बनाउनु बाहेक अरु ब्याटमेनले दोहोर अंक बनाउन सकेनन् । हैदराबादका जेम्स कटिङ्ग र भुवनेश्वर कुमारले २-२ विकेट लिए भने ट्रेन ए बुल्ट र बीपुल शर्मा १-१ विकेट हात पारे ।
कप्तान एवंम ओपन वार्नरले अविजित ९३ रन बनाएपछि १ सय ६३ रनको लक्ष्य हैदराबादले ४ बल अघिनै जित हासिल गरेको थियो । अविजित २७ रन बनाउँदै विपुल शर्माले वार्नरलाई साथ दिएका थिए । वार्नर र शर्माले सातौं विकेटका लागि ४६ रनको महत्वपूर्ण साझेदारी गरेका थिए । यी दुई बाहेक मोसिस हेन्रिक्वेजले ११ र नमन ओझाले १० रन बनाएका थिए । अन्य कुनै पनि ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन सकेनन् । ५८ बल खेल्दै म्यान अफ दी म्याच वार्नरले ११ चौका र ३ छक्का प्रहार गरेका थिए । शर्माले ११ बल खेले र ३ चौका प्रहार गरे । अर्का ओपनर शिखर धवन शून्य रनमा आउट भए भने युवराज सिंहले ८ रनमात्र जोडे । दीपक होड्डाले ४, बेन कटिङले ८ रन बनाए । गुजरातका शिवि कौशिक र ड्वान ब्राभोले समान २ तथा ड्वान स्मिथले १ विकेट लिए ।

No comments:

Post a Comment

Featured Post

माओवादी केन्द्रका तीन मन्त्रीमा महरालाई अर्थ, दुई नयाँ अनुहार

काठमाडौं,साउन २० । माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा पहिलो चरणमा तीन जना मन्त्री पठाउने भ...

Popular Posts