Wednesday, May 4, 2016

सरकार ढाल्न भोट हाल्ने मधेसी मोर्चाको आश्वासन

काठमाडौं,बैशाख २३ । संयुक्त लोकतान्त्रिक मेधसी मोर्चाले प्रधानमन्त्री केपी शर्मा ओली मधेस र मधेसविरोधी रहेको भन्दै सरकार ढाल्न आवश्यक परे मतदान गर्ने आश्वासन प्रमुख प्रतिपक्षी दल कांग्रेसलाई दिएको छ। कांग्रेसले मोर्चालाई नयाँ सरकारमा सहभागी हुन आग्रह गर्दै बुधवार अपराह्न आयोजना गरेको बैठकमा मोर्चाले यस्तो आश्वासन दिएका हुन्।

संसद भवनमा भएको बैठकमा मोर्चाका नेताले आफ्ना ११ बुँदे मागबारे एकदुई दिनभित्रै आधिकारिक धारणा पठाउन कांग्रेसका नेतालार्य आग्रह गरेका थिए। कांग्रेसको आधिकारिक धारणा आएपछि ओली सरकारविरुद्ध अन्य महत्वपूर्ण विषयमा मोर्चाको बैठक बसी निर्णय लिने पनि मोर्चाका नेताहरुले बताएका थिए।

कांग्रेस सभापति शेरबहादुर देउवाले बैठकमा नयाँ सरकारमा सहभागी भई आफ्ना माग पूरा गराउन मोर्चाका नेतालाई आग्रह गरेका थिए। जवाफमा मोर्चाका नेताले आफ्ना ११ बुँदे माग सम्बोधन गर्न आग्रह गरे। संविधान बहिष्कार गर्दै आएको मधेसी मोर्चाले गत असरोज २४ गते प्रधानमनत्रीको निर्वाचन हुँदा प्रधानमन्त्रीका उम्मेदवार सुशील कोइरालाका पक्षमा मतदान गरेका थिए। अन्नपूर्ण पोस्टमा समाचार छ।

No comments:

Post a Comment

Featured Post

माओवादी केन्द्रका तीन मन्त्रीमा महरालाई अर्थ, दुई नयाँ अनुहार

काठमाडौं,साउन २० । माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा पहिलो चरणमा तीन जना मन्त्री पठाउने भ...

Popular Posts