काठमाडौं,जेठ १४ । भूकम्पपीडितलाई पुनर्निर्माण अनुदान रकम वितरण गर्नेबारे राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले नेपाल बैंकर्स एसोसियशन, डेभलपमेन्ट बैंकर्स एसोसियशन तथा फाइनान्सियल इन्स्टीच्यूसन एसोसियसनसँग समझदारी गरेको छ । सिंहदरबारस्थित प्राधिकरणको कार्यालयमा शुक्रबार दुई पक्षबीच समझदारी पत्रमा हस्ताक्षर भएको हो ।
समझदारी पत्रमा राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका सहसचिव रामप्रसाद थपलिया, नेपाल बैंकर्स एसोसिएशनका अध्यक्ष उपेन्द्र पौडेल, डेभलपमेन्ट बैंकर्स एसोसिएशनका अध्यक्ष कृष्णराज लामिछाने र फाइनान्सियल इन्स्टीच्युसन एसोसिएशनका अध्यक्ष सरोजकाजी तुलाधरले हस्ताक्षर गरेका छन् ।
समझदारी अनुसार क, ख र ग वर्गका बैंक तथा वित्तीय संस्थाहरुले भूकम्प प्रभावित क्षेत्रहरुमा अनुदान पाउन छनोट सूचीमा परेका घरधनीहरुलाई बैंक खातामार्फत रकम उपलब्ध गराउनेछन् । अनुदान उपलब्ध गराउँदा सदरमुकाममा रहेका बैंकले प्रत्येक शाखामा दैनिक न्यूनतम ५० वटा र सदरमुकाम बाहिर रहेका दैनिक न्यूनतम २० वटा घरधनीको कारोबार निःशुल्क गर्ने सम्झौतमा उल्लेख छ । त्यसबाहेक प्रति घरधनी २ सय २५ रुपैयाँका दरले बैंकलाई भुक्तानी पाउनेछन् ।
Friday, May 27, 2016
भूकम्पपीडितलाई घर बनाउने अनुदान दिन प्राधिकरण र बैंकबीच समझदारी
Subscribe to:
Post Comments (Atom)
Featured Post
माओवादी केन्द्रका तीन मन्त्रीमा महरालाई अर्थ, दुई नयाँ अनुहार
काठमाडौं,साउन २० । माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा पहिलो चरणमा तीन जना मन्त्री पठाउने भ...
Popular Posts
-
काठमाडौं,मंसिर १५ । एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले केन्द्रिय समितिको वैठकमा पार्टीलाई एक नम्बर बनाउने भन्दै राजनितिक प्रतिवेदन ...
-
The incredible Nepali musical group Sur Sudha will be visiting the US in August on an “Empower Nepal Tour” sponsored by the Soarway Foundat...
-
काठमाडौं,साउन १९ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको नयाँ सरकारमा नेपाली कांग्रेसका तर्फबाट नेता विमलेन्द्र न...
No comments:
Post a Comment