Thursday, May 12, 2016

बेलायतमा नेपाली बने पहिलोपटक मेयर

लण्डन । बेलायतमा एक नेपाली पहिलोपटक मेयर बन्न सफल भएका छन् । संयुक्त अधिराज्य बेलायतको स्वान्ली टाउन काउन्सिल केन्टका लागि बुधबार भएको निर्वाचनमा गुल्मी रूपाकोटका शंकर गैरे मेयर बन्न सफल भएका हुन् । गत वर्ष सत्तारूढ कन्जरभेटिभ पार्टीबाट क्राइष्ट चर्च वार्डको काउन्सिलर बनेका गैरे यो वर्ष मेयर बन्न सफल भएका हुन्।

सन् १९९४ मा बेलायत प्रवेश गरेका गैरे बिगत १३ बर्षदेखि स्वान्ली क्षेत्रमा बसोबास गरिरहेका छन् । उनी सत्तारुढ कन्भरभेटिभ पार्टीका तर्फबाट यसअघि सोही काउन्सिलमा काउन्सिलर र उपमेयर निर्वाचिन भइ काम गरिसकेका भने उनी पत्नी लक्ष्मी गैरै गत बर्ष टाउन काउन्सिलर निर्वाचित भएकी थिइन । लक्ष्मीको कार्यकाल अझै चार बर्ष बाँकी छ ।
निवर्तमान मेयर जोन वार्नेसले उनलाई मेयर पद हस्तान्तरण गरेका छन् । निर्वाचित भएपछि गैरेले गुल्मीको गाउँबाट आएर बेलायतमा मेयरसम्म बन्दा आफुलाई गर्व लागेको भन्दै समुदायको हितमा काम गर्ने बताए ।

No comments:

Post a Comment

Featured Post

माओवादी केन्द्रका तीन मन्त्रीमा महरालाई अर्थ, दुई नयाँ अनुहार

काठमाडौं,साउन २० । माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा पहिलो चरणमा तीन जना मन्त्री पठाउने भ...

Popular Posts