Wednesday, May 25, 2016

प्रभावशाली नेताको क्षेत्रमा अर्बौं बजेट रकमान्तर

काठमाडौं,जेठ १३ । आगामी आर्थिक वर्षको बजेट निर्माण गर्न ढोका थुनेर बसेका अर्थमन्त्री र सचिवले ठूलो मात्रामा आफ्नो जिल्ला तथा क्षेत्रमा चालू आर्थिक वर्षको बजेट रकमान्तर गरेका छन् ।

बजेट पारदर्शीतामा सरकारले हरेक महिनाको अन्त्यमा रकमान्तर भएको बजेट सार्वजनिक गर्नुपर्ने भएपनि अर्थ मन्त्रालयले चैत र वैशाख महिनामा भएको रकमान्तर रकम सार्वजनिक गरेको छ । आजको अन्नपूर्णमा समाचार छ ।

‘आगामी बजेटमा आफ्नो जिल्लामा ठूलो रकम बजेट पार्ने तयारीमा रहेका मन्त्री र सचिवले चालू वर्षमै आफ्नो क्षेत्रमा रकमान्तर गरेका छन् ।’अर्थ स्रोतले भन्यो ।

रकमान्तर गरिएको विषय वेवसाइटमा राखेर सार्वजनिक गर्ने गरिए पनि विरोध हुने भएकोले यसलार्य सार्वजनिक नगरिएको स्रोतले जानकारी गरायो । स्रोतका अनुसार प्रभावशाली नेता तथा मन्त्री र नेताका जिल्लामा पछिल्लो दुई महिनामा १० अर्ब रुपैयाँ जतिको रकमान्तर भएको छ ।

No comments:

Post a Comment

Featured Post

माओवादी केन्द्रका तीन मन्त्रीमा महरालाई अर्थ, दुई नयाँ अनुहार

काठमाडौं,साउन २० । माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा पहिलो चरणमा तीन जना मन्त्री पठाउने भ...

Popular Posts