Wednesday, May 11, 2016

एसएसपी नै भ्रष्टाचारी ठहर : नौ महिना कैदको फैसला

काठमाडौं,बैशाख ३० । जग्गा खरिद गर्दा भ्रष्टाचार गरेको ठहर गरी तत्कालिन अञ्चल प्रहरी कार्यालय, बागमतीका प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) प्रेमबहादुर चन्दलाई विशेष अदालतले ९ महिना कैद हुने फैसला सुनाएको छ । विशेष अदालतका अध्यक्ष मोहनरमण भट्टराई तथा सदस्यहरू प्रभा बस्नेत र महेशप्रसाद पुडासैनीको इजलासले एसएसपी चन्दलाई नौ महिना कैद हुने गरी फैसला सुनाएको अदालतका उपरजिस्ट्रार लेखनाथ भट्टराईले बताए । आजको नेपाल समाचार पत्रमा खबर छ –

विशेष अदालतले खरिद गरिएका भनिएका जग्गाधनीहरू रामकुमार भालु, रामेश्वर कायस्थ र सुनिल राजवंशीलाई जनही ३ महिना कैद हुने ठहर गरेको छ। जग्गा खरिद गर्दा भ्रष्टाचार भएको दाबी गरी अख्तियारले २०७० पुस ७ गते एसएसपी चन्दसहित ३ जना जग्गाधनीहरूलाई प्रतिवादी बनाइ विशेष अदालतमा मुद्दा दायर गरेको थियो।

No comments:

Post a Comment

Featured Post

माओवादी केन्द्रका तीन मन्त्रीमा महरालाई अर्थ, दुई नयाँ अनुहार

काठमाडौं,साउन २० । माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा पहिलो चरणमा तीन जना मन्त्री पठाउने भ...

Popular Posts