काठमाडौं,जेठ १३ । ट्राफिक जरिवाना रकम बढेको बिरोधमा चक्का जामको आयोजना गरेका व्यवसायीले नेपाली सेनाको सैनिक स्कुल बसमा तोडफोड गरेको छ । बन्दकर्ताले चाबहिल चोकमा बा २ ख २२४७ नम्बरको सैनिक बसमा ढंगामुढा र तोडफोड गरेका हुन् । उनीहरुले राजधानीको सुकेधारामा बा १ ज १५९९ नम्बरको ट्याक्सी, टेकुमा ना १ ज ८४१३ नम्बरको टाटासुमो र टेकुमा बा २ ज २००० नम्बरको ट्याक्सी तोडफोड गरेको प्रहरीले जानकारी दिएको छ ।
प्रहरीले राजधानीको गौशाला, बालाजु, ललितपुरका विभिन्न स्थानमा जबर्जस्ति बन्द गराउदै हिड्ने १५७ जनालाई नियन्त्रणमा लिएको छ । नियम उल्लंघन गर्ने सवारीको कारबाहीका लागि ट्राफिक प्रहरीले बढी शुल्क लिन लागेको विरोधमा नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले गरेको बन्दले काठमाडौं उपतयका लगायत देश भरको जनजीवन प्रभावित भएको छ।
No comments:
Post a Comment