Tuesday, May 3, 2016

नेपाल लगायत एसियाका अधिकांश मुलुकमा जेठसम्मै खडेरी

काठमाडौं,बैशाख २२ । मौसम पूर्वानुमान महाशाखाले आगामी जेठ तेस्रो सातासम्म नेपाल लगायत एसियाका अधिकांश मुलुकमा खडेरी कायम रहने जनाएको छ । विभागका मौसम विद् समीर श्रेष्ठका अनुसार प्रशान्त महासागरमा बनेको निन्यो नामक मौसमी प्रणालीले गर्दा पानी कम पर्ने र तापक्रम उच्च हुन गई खडेरीको अवस्था रहनेछ।

आगामी जेठ १८ देखि २५ गतेसम्म यो अवस्थाको अन्त्य हुने अनुमान छ, श्रेष्ठले भने । गत फागनु चैतदेखि नै पूर्वमनसुन सुरु भए पनि प्रशान्त महासागरको नयाँ मौसमी प्रणालीले गर्दा पानी पर्ने कार्य सक्रिय हुन नसकेको उनले बताए । अन्नपूर्ण दैनिकमा समाचार छ।

No comments:

Post a Comment

Featured Post

माओवादी केन्द्रका तीन मन्त्रीमा महरालाई अर्थ, दुई नयाँ अनुहार

काठमाडौं,साउन २० । माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा पहिलो चरणमा तीन जना मन्त्री पठाउने भ...

Popular Posts